Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २० जेष्ठ बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रोफेसनल फाइटमा नवराज र विद्या च्याम्पियन

२०७८, २० चैत्र आईतवार १४:५६


चैत्र २०, काठमाडौं | गोकर्णेश्वर मुवाँथाई क्लबका नवराज पराजुली अल नेपाल राष्ट्रव्यापी मुवाँथाई प्रतियोगिताको प्रोफेसनल फाइटतर्फ पुरुष ७५ केजीमा पहिलो भएका छन् । उनले फाइनलमा केन्द्रीय मुवाँथाई क्लबका रसिब जारीलाई पराजित गरे ।

प्रोफेसनलकै पुरुष ६३ केजीमा गोकर्णेश्वरका अब्राहम राईले काठमाडौं नेसनल सुकेधाराका प्रवेग घिसिङ, ६० केजीमा गोकर्णेश्वरका कृतन श्रेष्ठले केन्द्रीयका दिनेश जिमी र ५८ केजीमा गोकर्णेश्वरका लाक्पा तामाङले काठमाडौं सुकेधाराका प्रताप घिसिङलाई हराउँदै स्वर्ण जिते ।

नेपाल राष्ट्रिय मुवाँथाई संघद्वारा आयोजित प्रतियोगिताको महिला प्रोफेसनलको ६० केजीमा नेपाल एपीएफ क्लबकी विद्या गुरुङले बनेपाकी चन्दा भुजेललाई पाखा लगाउँदै पहिलो भइन् ।

फर्पिङमा भएको प्रतियोगिताको एमेच्योरतर्फ महिला ५१ केजीमा स्ट्रोङगेस्ट क्लब, पोखराकी सुरक्षा केसी र ५३ केजीमा जिमखाना मुवाँथाईकी प्राप्ति बतास पहिलो बने । फाइनलमा सुरक्षाले काठमाडौं सुकेधाराकी सन्जाली घिसिङ तथा प्राप्तिले स्ट्रोङगेस्टकी सुष्मा चौधरीलाई पाखा लगाए ।

सेमी प्रो फाइटको पुरुष ५०–५३ केजीमा नेपाल आर्मीका कृष्ण पुन मगरले काठमाडौं सुकेधाराका थोमन मोक्तान तथा ६९–७३ केजीमा आर्मीका पदमसिंह थापाले आर्मीकै प्रकाशकुमार बरुवाललाई पन्छ्याउँदै पहिलो भए ।

एमेच्योरतर्फ पुरुष ५३–५५ केजीमा सगरमाथा क्लब, बेलवारीका अरिक राईले केन्द्रीयका योगेन्द्र खड्का, ५६–६० केजीमा वज्रवराही क्लबका सुजन स्याङतानले काठमाडौं सुकेधाराका सविर श्रेष्ठ, ६३–६५ केजीमा स्ट्रोङगेस्टका रोहित कायातले हिमालयन ब्लड दमकका युकेश धिमाल तथा ६७–७० केजीमा स्ट्रोङगेस्टका सन्दिपसिंह गुरुङले काठमाडौं सुकेधाराका छिरिङ फुन्जो शेर्पालाई फाइनलमा निराश पार्दै स्वर्ण जिते ।

विजेतालाई दक्षिणकाली नगरपालिकाका मेयर मोहन बस्नेत, आयोजक नेपाल राष्ट्रिय मुवाँथाई संघका अध्यक्ष गणेशलाल कक्षपतिलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । त्यसअघि प्रतियोगिताको पूर्व युवा तथा खेलकुद मन्त्री राजेन्द्र केसीले उद्घाटन गरेका थिए । दुईदिने प्रतियोगिताको पुरुषमा १० र महिलामा ३ गरी १३ स्पर्धामा ४६ खेलाडीले प्रतिस्पर्धा गरेको आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेसले छायाँ सरकार गठन गरेको छैन: भीष्मराज आङ्देम्बे सुनचाँदीको मूल्य बढ्यो कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश