२०८३, ७ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मछिन्द्रको लक्ष्य समूह चरण

२०७८, २१ चैत्र सोमबार ०७:४९

 चैत्र २१, काठमाडौं | दुई पटक शीर्ष डिभिजन लिग जितेको मछिन्द्र फुटबल क्लबले पहिलो पटक एसियाली फुटबल महासंघ (एएफसी) को प्रतियोगिता खेल्ने मौका पाएको छ । 

७६ सालमा लिग जितेर पनि एएफसी क्लब लाईसेन्स नभएका कारण एएफसी कप-२०२१ खेल्ने मौका गुमाएको मछिन्द्रले लाइसेन्स प्राप्त गरेसँगै पहिलो पटक नेपालको प्रतिनिधित्व गर्दै प्रतियोगिताका लागि छनोट भएको हो । 

सहिद स्मारक ए डिभिजन लिगको पाँचौ चरणमा कीर्तिमानी आठौँ पटक लिग च्याम्पियन मनाङ मर्स्या‌ङ्दी क्लबलाई १–० अन्तरले पराजित गर्दै मछिन्द्रले लिगमा तीन अंकको अग्रता बनायो । 

अखिल नेपाल फुटबल संघ (एन्फा)को नियमअनुसार उसले सातौँ चरणमा शीर्षस्थानमा मनाङमाथि एक अंकको अग्रता बनाउँदै प्रतियोगितामा नेपालको प्रतिनिधित्व जनाउने पक्का भयो । यसपछि पनि आफ्नो जितको यात्रालाई निरन्तरता दिँदै उसले लिगको उपाधि नै जित्यो । 

पहिलो पटक एएफसी कप खेल्न लागेको मछिन्द्रले एएफसी ‘ड्र’ अनुसार श्रीलंकाको सुपर लिग च्याम्पियन ब्लु स्टार क्लब प्रतिद्वन्दी पायो । सुपर लिगमा नाै खेल खेलेको उसले सात खेलमा जित, एक बराबर र एक हारका साथ २२ अंक बनाएर एएफसी कप–२०२२ को प्रारम्भिक छनोटमा स्थान बनायो । 

फिफा वरीयतामा श्रीलंकाभन्दा माथि रहेका कारण मछिन्द्रले घरेलु मैदान दशरथ रंगशालामा खेल खेलाउने अवसर पायो । खेल भोलि (मंगलबार) अपराह्न ५ बजे सुरु हुनेछ । खेलअघि कन्सर्ट पनि हुने आयोजकले जनाएको छ । 

प्रतियोगिताका लागि मछिन्द्रले लिग समाप्तिलगत्तै तयारी बढायो र केहि मोफसल प्रतियोगितामा समेत सहभागी भयो । तयारीकै लागि मछिन्द्रले आफ्नो आधा दर्जनभन्दा बढी खेलाडीलाई राष्ट्रिय टिमको प्रशिक्षणमा दिएन । 

"लिग च्याम्पियन भएपछि एएफसी कप खेल्ने भनेर योजना बनाएअनुसार कात्तिकदेखि प्रशिक्षण गरिरहेको छौं ।" मछिन्द्रका प्रशिक्षक प्रवेश कटुवालले भने । 

प्रशिक्षक कटुवालले विपक्षी टिम समेत "सेट"रहेको र खेल निकै नै प्रतिस्पर्धात्मक हुने जनाए । "श्रीलंकाको सुपर लिग टिम राम्रो छ । सेट टिम रहेको छ । खेल निकै नै प्रतिस्पर्धात्मक हुनेछ ।"

यस्तै, उनले टिमको लक्ष्य समूह चरणमा स्थान बनाउने र सोहीअनुसार दबाब खेपेर खेल जित्नेमा आशावादी रहेको बताए । "क्लबको पहिलो अन्तराष्ट्रिय स्तरको खेल रहेको छ । हाम्रो लक्ष्य समूह चरणमा पुग्ने हो । सफल हुनेमा आशाबादी पनि छौं ।"उनले भने । 

क्लबमा हाल राष्ट्रिय टोलीका विमल घर्ती मगर, सुजल श्रेष्ठ, देवेन्द्र तामाङ, सुनिल बल, मनिष डांगी, विशाल राई लगायताका खेलाडी छन् । यस्तै, विदेशी खेलाडीको हकमा चार खेलाडी रहेका छन् । 

आन्द्रे निया, नुर्लान जाहिद नोभ्रुजोभ, ओमोलाजा नुरैन करिम र सोनम जाङपो भुटियाले टोलीमा छन् । निया क्यामरुनका हुन् भने नुर्लान अजरबैजानका हुन् । करिम नाईजेरियाबाट मछिन्द्रको प्रतिनिधित्व गर्दा भुटिया भारतीय खेलाडी हुन् । 

मछिन्द्रका कप्तान सुजल श्रेष्ठले समेत क्लबको लक्ष्य लिग जित्दै एएफसी कप खेल्ने रहेको र टोली प्रतियोगिता खेल्न तयार भएको बताए । 

"लिग सुरु भएदेखि नै टार्गेट एएफसी कप खेल्ने रहेका थियो । त्यसमा हामी सफल भएको छौं । लिग सकिएपछि पनि एकसाथ तयारी गरेका छौं । हाम्रो लक्ष्य दोस्रो राउन्ड मात्रै नभई त्यो भन्दा माथि (समूह चरण) रहेको छ ।"१२औँ दक्षिण एसियाली खेलकुद (साग) मा आफ्नो कप्तानीमा नेपाललाई स्वर्ण जिताएका सुजलले भने । 

यता, ब्लु स्टारका प्रशिक्षक राजमनी देवसागयामले घरेलु टोली मछिन्द्र बलियो रहेको र खेल प्रतिस्पर्धात्मक हुने बताए । "मछिन्द्र नेपालको लिग च्याम्पियन हो र उ निकै बलियो छ । खेल निकै प्रतिस्पर्धात्मक हुनेछ ।"राजमनीले भने । 

यस्तै, उनले श्रीलंकाका जारी आर्थिक मन्दिले टोलीको प्रशिक्षणमा कुनै असर नगरेको र खेलमा टोलीले बलियो प्रस्तुति दिने बताए । 

भोलिको खेलको विजेताले २९ चैतमा भारतको आईएसएल च्याम्पियन एटिके मोहन बंगानको सामना गर्नेछ । यस खेलको विजेताले समूह चरणमा स्थान बनाउनेछ । 

मछिन्द्रबाट लिग खेलेका खेलाडीः

गोलरक्षकः विशाल श्रेष्ठ, सूर्य अधिकारी

डिफेन्डरः रन्जित धिमाल, देवेन्द्र तामाङ, छिरिङ गुरुङ, ओमोलाजा नुरैन करिम, विजय धिमाल, सोनम जाङपो भुटिया, प्रमोद चौधरी, दिनेल मोक्तान,

मिडफिल्डरः सुजल श्रेष्ठ (कप्तान), विशाल राई, आन्द्रे निया, अभिषेक गुरुङ, अभियान प्रधान, उत्सव राई, सुनिल बल, मनिष डांगी

स्ट्राइकरः विमल घर्तीमगर, अभिषेक रिजाल, रेजिन सुब्बा, मिलन धिमाल, बुद्ध चेम्जोङ,

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रतिनिधिसभाको बैठक जेठ १२ गतेसम्म स्थगित ठमेलबाट नौ विदेशी नागरिक पक्राउ संसदमा विपक्षीको चर्को नाराबाजी संसदमा विपक्षी दलले खोजेपछि प्रधानमन्त्री भेट्न पुगे सभामुख अर्याल प्रतिनिधि सभाको बैठक १५ मिनेटका लागि स्थगित प्रतिनिधिसभामा विपक्षी दलहरूको उठेर विरोध नेपाली जनताले यो सरकारबाट, हामीबाट ठूलो आशा गरेका छन्: सांसद कार्की बरु रकेट बनाउन सजिलो छ, बाँदर आतंक कम गर्ने प्रविधि छैन: महावीर पुन पूर्वन्यायाधीश प्रधानको निधन, आज इजलास सञ्चालन नहुने सुनचाँदीको मुल्य बढ्यो यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक युवकको मृत्यु कक्षा ११ को पठनपाठन आगामी असार १ देखि दुर्गा प्रसाईलाई पक्राउ गर्नुको कारण पेस गर्न सर्वोच्चको आदेश विमानस्थलबाट ३७ थान राहदानीसहित एक जना पक्राउ हामी विरोध गरिरहन्छौँ, पाँचै वर्ष गर्छौँ: हर्कराज राई नेप्सेमा ३०.०८ अंकको वृद्धि निर्वाचनसम्बन्धी दुई विधेयक प्रस्तुत वैदेशिक रोजगारीको ठगी रोक्न प्रभावकारी रुपमा काम हुँदैछ : श्रममन्त्री यादव संसद्‌मा मर्यादित भएर प्रस्तुत हुन सभामुखको आग्रह