पढ्न करिब 1 मिनेट लाग्छ
<p>चैत्र २१, काठमाडौं | नेपालमा पछिल्लो २४ घण्टामा देशभर ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पिसिआर र एन्टिजेन गरी ५ हजार ५९ जनाको नमुना परीक्षण गर्दा ३३ जनामा संक्रमण पुष्टि भएको हो ।<br>स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कसैको मृत्यु भने भएको छैन ।<br>नेपालमा कोरोनाका कारण हालसम्म ११ हजार ९५१ जनाको मृत्यु भएको छ । हाल नेपालमा ८ सय ४२ सक्रिय संक्रमित आइसोलेसनमा रहेका छन् ।</p>

