१९ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

जुम्ला - JML

जुम्लामा सत्ता गठबन्धनबीच चुनावी छलफल तीव्र

२२ चैत्र २०७८, मंगलवार ०८:५४

 चैत्र २२, जुम्ला | स्थानीय तह निर्वाचन नजिकिँदै गएपछि जिल्लास्तरमा राजनीतिक दलहरूको चुनाव केन्द्रीत गतिविधि तीव्र बनेको छ । चुनावलाई केन्द्रमा राखेर दलहरूले गाउँमा आमसभादेखि मतदाता भेटघाट र घरदैलो जस्ता कार्यक्रमलाई तीव्र गतिमा  गर्दै आएका हुन् ।

स्थानीय तहको निर्वाचन केन्द्रित भएर सत्ता गठबन्धनका जिल्लास्तरका नेताहरू समेत छलफलमा जुटेका छन् । सत्ता साझेदार नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका नेताहरूले स्थानीय तहको निर्वाचन केन्द्रित छलफल गरेको माओवादी केन्द्र जुम्लाका संयोजक वीरबहादुर कुँवरले बताए । उनले भने, 'नेपाली कांग्रेस सभापति कर्णबहादुर शाहीको संयोजकत्वमा सरकार गठबन्धन दल नेकपा माओवादी केन्द्र जुम्लाका संयोजक वीरबहादुर कुँवर र नेकपा एकिकृत समाजवादीका उपाध्यक्ष नन्दराम रोकायाबीच छलफल भएको हो ।' 

उम्देवार छनोटमा दललाई सकस

जुम्लामा एक नगरपालिका र सात गाउँपालिका छन् । नगरपालिका र गाउँपालिका प्रमुख उपप्रमुखको उम्मेदवार छनाेट गर्न गठबन्धनका दलहरूलाई निकै सकस पर्ने देखिएको छ । गठबन्धनभित्रका दलहरूभित्र प्रमुख उपप्रमुखका आकांक्षी धेरै देखिएपछि उनीहरूलाई छनाेटमा सकस भएको हो ।

माओवादी केन्द्र र कांग्रेस अगाडि 

२०७४ सालको निर्वाचनमा जुम्लामा आठ वटा स्थानीय तहमध्ये नगरपालिकासहित चार पालिकामा प्रमुख तथा दुई तहमा उपप्रमुख नेपाली कांग्रेस, तीन तहमा प्रमुख, पाँच तहमा उपाध्यक्षसहित नेकपा माओवादी केन्द्र, एक तहमा अध्यक्ष र एक तहमा उपाध्यक्ष नेकपा एमालेले विजय भएका थिए । यसैगरी नेकपा माओवादी केन्द्रले जिल्ला समन्वय समिति प्रमुख र नेपाली कांग्रेसको उपप्रमुखमा विजय हात पारेका थिए । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार