२६ चैत्र २०८१, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

थाहा पाउनुहोस आजको राशीफल

२४ चैत्र २०७८, बिहीबार ०३:०१

आजको पात्रो: २४ चैत २०७८ विहीबार । तद्नुसार अप्रिल महिनाको ७ तारिक २०२२ । चैतशुक्लपक्ष षष्ठी, कौलव करण, मृगशिरा नक्षत्र, सौभाग्य योग, चन्द्रमा वृष राशिमा रहेको छ । आज विहान सूर्योदय ५ः४१ मा हुनेछ भने सूर्यास्त ६ः२५ मा हुनेछ । आजको देवता ब्रम्हा र ग्रहदेव शुक्र रहेको छ । विहीबारको दिन अध्ययन अध्यापनका बारेमा काम गर्दा राम्रो छ । आज विहान ११ः४२ देखि १२ः३२ अभिजित मुहूर्त रहेको छ । भनिन्छ हरेक दिनको शुभ मुहूर्त भनेको अभिजित हो ।

आजको राशिफल:

मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ)

सामाजिक र धार्मिककाममा गर्नुहुने कामबाट तपाईलाई मानसम्मान मिल्नेछ । स्वास्थ्यमा सुधार हुनेछ, आफूभन्दा उच्चब्यक्तिबाट प्राप्त हुने सम्मानले तपाईको मनमा हर्ष छाउने छ । नयाँ काम गर्न मन लाग्नेछ ।

वृष  (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो)

आकस्मिक धनलाभ हुनेछ । व्यापार ब्यबसायबाट नसोचेको आर्थिकलाभ प्राप्त हुनेछ । शत्रुमाथि विजयप्राप्त हुनेछ । दाम्पत्य जीवनमा सुख प्राप्त हुनाका साथै यात्राको अवसर प्राप्त हुनेछ । मनमा सकारात्मक सोच र खुसी हुने खबरले उत्साह थपिने छ । विहान सूर्योदयको दर्शन गर्नुहोला । आज तपाईको सोचअनुसार काम हुनेछ ।

मिथुन (क.कि.कु.घ.ङ.छ.के.को.ह)

धनलाभ र नयाँ नयाँ खबरले तपाईको मनमा खुसियाली छाउने छ । घर परिवार र आफन्तसँग केही विषयमा विवाद हुनसक्छ । त्यसैले आजको दिन कम बोल्ने र अर्काका कुरा सुन्ने गर्दा राम्रो हुनेछ । राम्रो काम गर्न खोज्दा पनि अनावश्यक आरोप लाग्न सक्छ । सत्कार्यका लागि तपाईले गरेको कामअनुसारको फल प्राप्त हुनेछ ।  

कर्कट (हि.हू.हे.हो.डा.डि.डु.डे.डो)

कर्कट राशिका जातकहरुको लागि आजको दिन यात्रा गर्न लाग्नु भएको छ भने यात्राबाट फाइदा पुग्नेछ । चन्द्रमाको साथ भएकाले आजको दिन तपाईको सोचअनुसारको काम गर्दा तपाईलाई फाइदा हुन्छ । व्यापार ब्यबसायमा नयाँ लगानी गर्नु पनि सकिन्छ । अध्ययन अध्यापनमा लागेका कर्कट राशिका जातकका लागि नयाँ अवसर प्राप्त हुनेछ ।  

सिंह (मा.मि.मु.मे.मो.टा.टि.टु.टे)

सिंह राशिका जातकले विहीबारको विहान सूर्योदयको दर्शन गर्नुहोला । तपाईलाई अनावश्यक विवाद हुनसक्छ । आजको दिन भुलेर पनि कसैसँग विवाद नगर्नुहोला । पारिवारिक समस्याका कारण मनमा अनेक समस्या उत्पन्न हुनसक्छ । त्यसैले आजको दिन मौन रहेर आफ्नो नियमित कार्य गर्नुहोला । अध्ययनमा रुचि छ भने नयाँ पुस्तक अध्ययनको थालनी तपाईको लागि शुभ हुनसक्छ ।

कन्या (टो.प.पी.पू.ष.ण.ठ पे.पो)

यात्रा गर्नुपर्ने हुनसक्छ । नयाँ मित्रमण्डलीसँगको भेटले कार्यगत उत्साह थपिने छ । आफन्त र मित्रजनबाट साथ र सहयोगको प्रस्ताव आउनसक्छ । आजको दिन नयाँ बस्त्र खरिद गरेर लगाउन राम्र्रो हुनेछ । स्त्रीजातिको साथ र सहयोग लिएर कुनै काम गर्नु थाल्नुभएको छ भने सोचअनुसारको प्रतिफल प्राप्त हुनेछ । 

तुला( रा.री.रु.रे.रो.ता.ती.तु.ते)

तुला राशिमा जातका लागि मानसिक असन्तोष र तपाईले सोच अनुसारको काम नहुँदा चिन्ता थप हुनसक्छ । त्यसैले मनमा सकारात्मक सोच राखेर काम गर्न आवश्यक छ । व्यापार ब्यबसायमा हुनुहुन्छ भने आजको दिन तपाईलाई फाइदा हुन्छ । धैर्यको आवश्यकता हुन्छ । सकारात्मक सोच राखेर अघि बढ्नु होला ।

वृश्चिक (तो.ना.नि.नु.ने.नो.या.यि.यु)

आजको दिन विहान सूर्योदयको दर्शन गरेर दिनको शुरुवात गर्नुहोला । मनमा प्रसन्नता र उत्साह बढ्ने छ । तपाईले कुनै नयाँ कामको शुरुवात समेत गर्न सक्नुहुनेछ । आज शुरुवात गरेको कामबाट सफलता प्राप्त हुनेछ । तपाईमाथि अनावश्यक आरोप लाग्नसक्छ त्यसैले आफ्नो नियमित काम गर्दा होसियारी, धैर्य आवश्यक छ ।

धनु (ये.यो.भा.भी.भु.ध.फा.ढ.भे)

परिवार तथा आफन्तजनको  साथ सहयोगले तपाईको कार्य प्रगति हुनेछ । आफ्नो स्वास्थ्यमा ध्यान दिनुहोला । आजको दिन ब्यर्थमा समय खर्च र अनावश्यक आर्थिक भार थपिने छ । आजको दिन मित्रमण्डलीबाट असहयोग हुनसक्नेछ। साथ सहयोग कसैको नहुँदा पनि तपाईको मनमा उर्जाका लागि देवालय र शिवालयको दर्शन गर्नु जानुहोला । 

मकर (भो.जा.जी.जू.जे.जो.ख.खि.खु.खे.खो.गा.गी)

आजको दिन तपाईल सोचेअनुसारको काम हुने भएकाले नयाँ काम गर्नसक्नुहनेछ ।  आफूले गरिरहेको कामबाट मानसम्मान प्राप्त हुनसक्छ । आफ्नो कर्मयात्रामा हिडिरहेकाहरुलाई नसोचेको सम्मान मिल्नसक्छ । धेरै खुसी र दुःखी नभइकन आफ्नो काम गरिरहनु होला । मनमा निकै हर्ष छाइरहने छ  विहान सूर्यनारायणलाई जल दिएर दर्शन गर्नुभयो भने दिन सफल हुनेछ ।   

कुम्भ (गु.गे.गो.सा.सी.सु.से.सो.द)

मनमा अति प्रसन्नता छाउने छ । कुम्भ राशिका जातकले आजको दिन सोचअनुसारको काम  र शत्रुमाथि विजयप्राप्ति हुनेछ । ब्यापार व्यबसायबाट बाट प्राप्तबाट धनलाई सामाजिक सेवामा खर्च गर्नुभयो भने मानसम्मान मिलनेछ । सामाजिक काममा मन जानेछ । तपाईले गरेको कार्यको परिवारका सदस्य समेत खुसी हुनेछन् । 

मीन(दी.दु.थ.झ.ञ.दे.दो.च.ची)

विहीबारका दिन मीन राशिमा जातकले विहान सूर्योदयको दर्शन गरेर नजिक वा देवालयको दर्शन गर्नु उत्तम छ । अध्ययन अध्यापनको क्षेत्रका कार्य गर्ने जातकले आजको दिन विहान सूर्यस्तोत्र पाठ गर्दा सकारात्मक सोच बढ्नेछ । तपाईले गर्न खोजेको काममा पनि सफलता मिल्नेछ । यात्रा र धार्मिक कार्यमा लाग्नु भयो भने मनमा उत्साह भरिने छ। 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नारायणी नदीमा डुबेर दुई दिदीभाइ बेपत्ता भ्रष्टाचारलाई जरैदेखि सफा गर्नुपर्छ : महामन्त्री थापा राजतन्त्र फर्कन्छ भन्ने कुरा दिउँसै देखेको सपना मात्रै हो : प्रधानमन्त्री ओली सरकारले आन्दोलनरत शिक्षकलाई वार्तामा बोलायो केपी शर्मा ओलीले एमालेलाई कसैले हल्लाउन नसक्ने बताए राप्रपाका नेता कार्यकर्ताहरुले बल्खुमा सभा सकिएपछि आफैँ सडक सफा गरे नेपाल शिक्षक महासंघ आन्दोलनको समीक्षा गर्न बैठकमा जुटे नेपाललाई ग्रे लिष्टबाट बाहिर ल्याउन कार्य योजनालाई अन्तिम रूप दिने मंगलबारदेखि बिहीबारसम्म देशका विभिन्न स्थानमा वर्षाकाको सम्भावना राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले देश यही अवस्थामा जान सक्ने अवस्था नरहेको बताए हत्यापश्चात साधुको भेषमा लुकिछिपी बसेका अपराधी १७ वर्षपछि पक्राउ सामाजिक सुरक्षा कोषले सञ्चालन गरेको औषधि उपचार र दुर्घटनासम्बन्धी सेवा लिन परिवारकै राष्ट्रिय परिचयपत्र अनिवार्य विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले नेपालमा मातृ मृत्युदर घटेको जनाए दीपकबहादुर सिंहले देश बचाउनका लागि राजा फर्काउनुबाहेक अरु विकल्प नरहेको बताए भाटभटेनीमा चोरी गर्ने र तीनकुनेमा आगो लगाउने पूर्वमाओवादी रहेको आरोप : ज्ञानबहादुर शाही राष्ट्रिय प्रजातन्त्र पार्टीले बल्खुमा आफ्नो सभास्थल नजिक रहेका घरधनीहरूलाई चनाखो रहन आग्रह गरे संयुक्त राष्ट्रसंघको आयोगमा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्रीको सम्बोधन शिक्षकहरूले मोबाइलको टर्च बालेर सरकारको विरोध गरे तीनकुने हिंसामा मारिएका सुरेश र सविनको परिवारलाई भाटभटेनीका अध्यक्ष मिनबहादुर गुरुङले नगद सहयोग गरे माधव कुमार नेपालले उपराष्ट्रपति बनिसकेका पासाङ माओवादी केन्द्रको उपाध्यक्ष बनेपछि विरोध गरे