भदौ १४, काठमाडौँ । प्रमुख तीन राजनीतिक दल स्थानीय निकायको पुनःसंरचनाका विषयमा देखिएको विवाद गहन ढङ्गले समाधान गर्न तयार भएका "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ १४, काठमाडौँ । प्रमुख तीन राजनीतिक दल स्थानीय निकायको पुनःसंरचनाका विषयमा देखिएको विवाद गहन ढङ्गले समाधान गर्न तयार भएका "/>
२०८२, १ फाल्गुन शुक्रबार
काठमाडौँ - KTM

स्थानीय निकाय पुनःसंरचना विवाद समाधान गर्न तीन दल सहमत

२०७३, १४ भाद्र मंगलवार ०७:१८

भदौ १४, काठमाडौँ । प्रमुख तीन राजनीतिक दल स्थानीय निकायको पुनःसंरचनाका विषयमा देखिएको विवाद गहन ढङ्गले समाधान गर्न तयार भएका छन् । 

प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको बैठकमा स्थानीय निकाय पुनः संरचना आयोगले प्रारम्भिक प्रतिवेदन तयार पारेपछि त्यसको पक्ष र विपक्षमा देखिएको विवाद समाधान गरेर समाधान दिन दलहरु तयार भएका हुन् । 

आयोगले ५६५ गाउँपालिका र नगरपालिका हुने प्रारम्भिक प्रतिवेदन दिएपछि त्यसका पक्षमा प्रमुख प्रतिपक्षी दल नेकपाएमाले तथा विपक्षमा प्रमुख सत्तारुढ दल नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्र देखिएपछि मध्यमार्गी रुपमा विवादको निरुपण गर्ने गरी छलफल सुरु भएको हो । 

आयोगले दिएको प्रतिवेदन स्विकार्ने कि विगतमा जिविसले अगाडि सारेको इलाकालाई गाउँपालिका मान्ने कि वा हाल कायम रहेको गाविसलाई नै गाउँपालिकामा रुपान्तरण गर्ने भन्नेमा दलबीच मतैक्यता हुन सकेको छैन । 

बैठकमा सहभागी माओवादी केन्द्रका प्रवक्ता पम्फा भुसालले विभिन्न विकल्पमाथि छलफल जारी रहेको जानकारी दिँदै लगातार बैठक बसेर अन्तिम रुप दिने सहमति भएको  बताइन । उनले आगामी असोजभित्र स्थानीय निकाय पुनःसंरचनाको विषय टुङ्ग्याएर स्थानीय निकायको निर्वाचनको वातावरण तयार पार्ने विषयमा कुराकानी भएको जानकारी दिईन । यस्तै बैठकमा संविधानको कार्यान्वयन, मुलुकको पछिल्लो राजनीतिक अवस्था र दलबीचको सहमतिका बारेमा समेत छलफल भएको थियो । 

बैठकमा प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, उपप्रधानमन्त्री कृष्णबहादुर महरा र नेता नारायणकाजी श्रेष्ठ, काँग्रेसका तर्फबाट वरिष्ठ नेता रामचन्द्र पौडेल, उपप्रधानमन्त्री विमलेन्द्र निधि, नेता डा रामशरण महत, प्रकाशमान सिंह, पूर्णबहादुर खड्का र सहरी विकासमन्त्री अर्जुननरसिंह केसी सहभागी भएका थिए । 

यस्तै एमालेका तर्फबाट कावा अध्यक्ष वामदेव गौतम, महासचिव ईश्वर पोखरेल, उपमहासचिव विष्णुप्रसाद पौडेल र सचिव प्रदीपकुमार ज्ञवाली सहभागी भएका थिए । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुनचाँदीको मूल्यमा गिरावट पूर्वराजा ज्ञानेन्द्र शाह झापाबाट हेलिकप्टरमार्फत काठमाडौँ आउँदै वैदेशिक रोजगारीको प्रलोभन पारेर लाखौँ ठगेको अभियोगमा तीन जना पक्राउ नेपालविरुद्ध इटलीको १० विकेटको सहज जित नेपालले इटालीलाई दियो १२४ रनको लक्ष्य इटालीविरुद्ध ब्याटिङ गर्दै नेपाल देशलाई अस्थिरताको चक्रबाट मुक्त गर्न फागुन २१ को निर्वाचनको विकल्प छैन: प्रधानमन्त्री कार्की साँढेको जुधाइ बाच्छाको मिच्याइँ नहोस्: प्रचण्ड त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा निषेधाज्ञा जारी टी– २० विश्वकप : दोस्रो खेलमा आज इटालीसँग खेल्दै नेपाल अटोरिक्सा र टिपर एकआपसमा ठोक्किँदा एकजनाको मृत्यु सुनको मूल्य घट्दा चाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ? मलेसियाको बायोमेट्रिक मेडिकलको नाममा ठगी र सिन्डिकेटमाथि श्रम मन्त्रालयको टास्क फोर्सको छापा स्थगनमा परेका आयोजनाको रकम फुकुवा हुने क्रम जारी छ: अर्थमन्त्री खनाल राष्ट्रियसभाबाट चलचित्र विधेयक पारित तोकिएको मितिमै निर्वाचन हुन्छः प्रचण्ड बिभागमा श्रम स्वीकृति दिन ढिलासुस्तीसँगै कर्मचारी र विचौलिया बीच ‘सेटिङ’ फेरी सक्रिय निर्वाचन आचारसंहिता उल्लङ्घनमा ५१ स्पष्टीकरण, जवाफ ३० मात्र तामाकोसी बस दुर्घटनापछि क्षतिपूर्तिको माग गर्दै मन्थलीमा प्रदर्शन आयल निगमको टेकु कार्यालयबाट पनि उपभोक्ताले ग्यास खरिद गर्न पाउने