२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आजको राशिफल: धनुलाई सफलता मिल्ने, मीनलाई अध्ययन-अध्यापनमा मन लाग्ने

२५ चैत्र २०७८, शुक्रबार ०२:४०

चैत २५, काठमाडौँ । २५ चैत २०७८ शुक्रबार । तद्नुसार अप्रिल महिनाको ८ तारिक २०२२ । चैतशुक्लपक्ष सप्तमी तिथि, गर करण, आद्रा नक्षत्र, शोभन योग, चन्द्रमा मिथुन राशिमा छ ।

आज बिहान सूर्योदय ५ः४७ मा भएकाे छ भने सूर्यास्त ६ः२५ मिनेटमा हुनेछ । शुक्रबारको दिन मनोरञ्जनात्मक काममा समय छुट्याउ सकिन्छ ।

विदेश यात्रा गर्नेहरुले पनि शुक्रबारको दिन यात्रा गर्न सक्नेछन् । आजको देवता बृहस्पति र ग्रहदेव सूर्य रहेको छ । आज बिहान सूर्योदयको दर्शन गर्दा शुभ हुनेछ । आज बिहान १०ः३२ देखि १२ः३१ सम्मको समय राहुकाल रहेको छ । राहुकाल भएको समयमा शुभकर्म गर्नुहुँदैन ।

मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ) : तपाईलाई रोजगारीको क्षेत्रमा तपाईलाई नयाँ सफलता हात लाग्नेछ । शुक्रबार भएकाले मेष राशिका जातकले नजिकको देवालयको यात्रा गर्दा मनमा खसियाली छाउने छ । विहानैं देवालयको दर्शन गरेर काम शुरु गर्दा दिनभर गरिने कार्यमा सफलता प्राप्त हुनेछ ।

वृष  (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो) : व्यापारमा सोचेअनुसार नाफा प्राप्त हुँदा खुसियाली हुनसक्छ । आजको दिन ब्यापारको कामबाट फाइदा नहुँदा पनि त्यति निराश नहुनु होला । तपाईको मन, वचन र कर्म सकारात्मक हुन जरुरी छ । सकारात्मक सोचले मात्र तपाईले आफ्नो दैनिककाम गर्दा मनमा हर्ष उत्पन्न हुनसक्छ ।

मिथुन (क.कि.कु.घ.ङ.छ.के.को.ह) : परिवार र आफन्तजनहरुले तपाईमाथि अनेक आरोप लगाउन सक्नेछन् ।  आजको सदन दिन कष्टहरु आउनेछन् । मनमा पनि निराशा उत्पन्न हुनसक्छ । त्यसैले आज सकारात्मक सोच मात्र राखेर काम गर्नुभयो भने तपाईको मनमा खुसीयाली छाउने छ । कसैलाई पनि बैरभाव हुने काम नगर्नुहोला । चन्द्रमाको साथ रहेको छ । आज विहान सूर्योदयको दर्शन गर्नुहोला ।   

कर्कट (हि.हू.हे.हो.डा.डि.डु.डे.डो) : पारिवारिक तनावका कारण मनमा अनेकखालका समस्या आउनसक्छ । आजको दिन कर्कट राशिका जातकले कसैसँग विवाद र झगडा नगर्नुहोला । कसैसँग विवाद भयो भने तपाई र तपाइँसग विवाद गर्ने दुवै व्यक्तिको हानी हुनसक्छ । त्यसैले एकाग्र चित्तले आफ्नो दैनिक काम सम्पादन मात्र गर्नुभयो भने सफलता प्राप्त हुनेछ ।  

सिंह (मा.मि.मु.मे.मो.टा.टि.टु.टे) : परिवारका सदस्यबाट आर्थिक सहयोग प्राप्त हुनेछ । यात्राका समस्या हुनसक्छ । त्यसैले यात्रा गर्नुभन्दा पहिले राहुकाल छलेर मात्र शुभ साइतको समयमा  यात्रा गर्नुहोला । ।  परिवारको साथ पाउने योग रहेको छ । परिवारका सदस्यहरुले तपाईलाई अनावश्यक लान्छना लगाउनसक्नेछ । आजको दिन सिंह राशिका जातकले कम बोल्नु नैं बुद्धिमानी हुनेछ ।

कन्या (टो.प.पी.पू.ष.ण.ठ पे.पो) : आजको दिन  तपाईकै कारण आफन्तसँग सम्बन्ध विग्रन सक्छ । स्वास्थ्यमा प्रतिकुल असर पर्ने देखिन्छ । अध्ययन अध्यापनबाट सफलता हात  लाग्नेछ । कन्या राशिका जातकले  स्त्रीजातिबाट सहयोग प्राप्त हुँदा निराशा हुनुपर्नेछ । आज आम्दानीको  धनीराशिबाट घरमा महिलालाई केही उपहार दिनु राम्रो हुन्छ ।

तुला( रा.री.रु.रे.रो.ता.ती.तु.ते) : आजको दिन शुरु गरेको काम सफल हुनेछ । तपाईको कार्यमूलक यात्रा हुनेछ । कुनै कामको शुरुवात गर्नुभएको छ भने त्यो कामको सम्पादन पूरा गर्नका लागि मेहनतपूर्वक लाग्नुहोला । तपाईलाई सफलता हात लाग्नेछ । कुनै काम बीचमा छोडेको छ भने त्यो कामका पुरा नहुँदा मनमा चिन्ता भइरहन्छ ।

वृश्चिक (तो.ना.नि.नु.ने.नो.या.यि.यु) : तपाईले आफ्नो ग्रह बलियो भएको बेला कार्यायोजनाअनुसार काम गर्नुभयो भने सफलता मिल्नेछ । आजको दिन तपाईले शिवालयमा गएर जल अर्पण गर्नुभ यो सोचे अनुसार काम बन्नेछ । शिवालयको नाम स्मरण मात्रले पनि मनमा शान्ति मिल्नेछ । अध्यात्मिक कार्यमा केही समय दिनुभयो भने तपाईको कार्यमा सफलता मिल्नेछ । आज विहान सूर्योदयको दर्शन गर्नुहोला । 

धनु (ये.यो.भा.भी.भु.ध.फा.ढ.भे) : आजको दिन सफलता मिल्नेछ । त्यसैले आजको दिन तपाईले सोचअनुसारको काम हुनेछ । सन्ताबाट सुख र स्त्रीजातिको साथ सहयोगले तपाईले राम्रो काम गर्नुहुनेछ । यात्रामा सफलता मिल्नेछ । यात्रा गर्दा प्रयोजनमूलक यात्रा मात्र गर्नुहोला । 

मकर (भो.जा.जी.जू.जे.जो.ख.खि.खु.खे.खो.गा.गी) : तपाईले गरेको कामबाट मान सम्मान मिल्नेछ । तपाईलाई आफन्तजनको सहयोगले मनमा हर्ष प्राप्त हुनेछ । आजको दिन लक्ष्मीको आरधनाले तपाईलाई मनमा प्रसन्नता छाउनेछ । विगतदेखि गर्दै आएका कामको मूल्याकन हुनेछ । विहान सूर्योदयको दर्शन अवस्य गर्नुहोला ।  

कुम्भ (गु.गे.गो.सा.सी.सु.से.सो.द) : कुम्भ राशिका जातकले आजको दिन सोचअनुसारको काम  हुनेछ । शत्रुमाथि विजय प्राप्ति हुनेछ । ब्यापारबाट प्राप्तबाट धनलाई सामाजिक सेवामा खर्च गर्नुहोला । सामाजिक सेवा गर्दा मानसम्मान मिल्नेछ । आजको दिन घर नजिकको देवालय दर्शन गर्नुभयो भने तपाईमा थप शक्ति मिल्नेछ ।

 मीन(दी.दु.थ.झ.ञ.दे.दो.च.ची) : आजको दिन मनमा प्रसन्नता छाउने छ । लामो दुरीको यात्रा गर्दै हुनुहुन्छ भने विहान सूर्योदयको दर्शन गरेर मात्र यात्रा शुरुवात गर्नुहोला । सकारात्मक सोच र अध्ययन अध्यापनमा मन लाग्नेछ । साँझपख शिवालयमा जाँदा मीन राशिका जातकका लागि अध्यापन, लेखनमा रुचि बढ्नेछ । व्यापार ब्यबसायमा हुनुहुन्छ भने केही हानी हुनसक्ने छ । परिवारमा विवाद हुनसक्छ । मौन रहनु उत्तम हुनेछ ।   

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह