२९ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रसुवा - RSW

रसुवामा माटो परीक्षण कार्य तीब्र

१४ मंसिर २०७२, सोमबार ०२:५८

प्रेमप्रसाद
पौडेल/मङ्सिर १४, रसुवा ।
जिल्ला कृषि विकास कार्यालयले रसुवाका विभिन्न १६ गाविसको माटो
परीक्षण गरेको छ ।

माटोको उर्वराशक्ति कम भइरहेको बेलामा माटोको
पिएच मापन गरी माटो सुहाउँदो खेती प्रणाली अबलम्बन गर्नका लागि उक्त परीक्षण कार्यलाई तीब्रता दिइएको
जिल्ला कृषि विकास कार्यालयले जनाएको छ ।

कार्यालयले विभिन्न १६
गाविसका सबै वडामा गरिएको माटो परीक्षण तथा त्यसको नतिजा समावेश गरी स्वायल प्रोफाइल नामक पुस्तिका
प्रकाशन गरेको छ । उक्त पुस्तिकामा माटो परीक्षण गर्ने तरीका तथा माटोको उर्वराशक्ति कायम गर्ने तरिका
समेत् उल्लेख गरिएको छ ।

पुस्तिकाको माध्यमबाट विभिन्न गाविसको
माटोको पिएच मानलगायत त्यसमा रहेका मुख्य खाद्य तत्वहरु तथा माटोमा रहेका कमी कमजोरीका बारेमा जानकारी
प्राप्त गर्न सकिने पुस्तिकामा जनाइएको छ ।

पुस्तिकाको
माध्यमबाट जिल्ला कृषि विकास कार्यालयका प्रमुख रमेश हुमागाईले माटो परीक्षण कार्यले कृषिको यथार्थ
योजना तर्जुमा र उपयुक्त बाली प्रणाली छनोट गर्न सहयोग पु¥याउने बताउनु भएको छ । जिल्लामा रहेका सबै
सेवा केन्द्रबाट माटोको परीक्षण नियमित गर्न सकिने गरी दक्ष तथा तालिमप्राप्त कर्मचारीको पनि व्यवस्था
गरिएको बताइएको छ ।

परीक्षण गरिएका १४४ वडा तथा विभिन्न ५ सय
माटो परीक्षणको नतिजा अनुसार परीक्षण गएिको माटोमध्ये ४३ प्रतिशत बलौटे दोमट, ३९ प्रतिशत दोमट र १५
प्रतिशत चिम्टे माटो रहेको पुस्तिकामा जनाइको छ । त्यसैगरी २३ प्रतिशत माटोको पीएच मान तटस्थ रहेको छ
भने ५६ प्रतिशत माटोमा कम अम्लियपन तथा २० प्रतिशत माटोमा धेरै नै अम्लियपन रहेको छ । परीक्षण गरिएका
माटोमध्ये १ प्रतिशत माटो क्षारिय प्रकृतिको रहेको छ ।

माटो
मापन नतिजा अनुसार जिल्लाको ६९ प्रतिशत माटोमा नाइट्रोजन तत्व कमी रहेको र ४ प्रतिशत माटोमा मात्र
नाइट्रोजन तत्वको पर्याप्तता रहेको बताइएको छ । त्यस्तै २१ प्रतिशत माटोमा फस्फोरस तत्व पर्याप्त रहको र
७७ प्रतिशत माटोमा उक्त तत्व कमी रहको उल्लेख गरिएको छ ।

आठ
प्रतिशत माटोमा मात्र पोटास तत्वको पर्यात्तता रहेको छ भने ७६ र १६ प्रतिशत माटोमा पोटास तत्व न्यून र
मध्यम रहेको छ । उन्नत उत्पादनका लागि आवश्यक पर्ने नाइट्रोजन, फस्फोरस र पोटास तत्वको उल्लेखित
अवस्थालाई मध्येनजर गर्दै सुधारका लागि आवश्यक कार्ययोजना तय तथा कार्यान्वन गर्ने पनि जिल्ला कृषि
विकास कार्यायले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली