भदौ १४, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले वैदेशिक रोजगारीलाई व्यवस्थित, मर्यादित र सुरक्षित बनाउने गरी कार्ययोजना पेस"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ १४, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले वैदेशिक रोजगारीलाई व्यवस्थित, मर्यादित र सुरक्षित बनाउने गरी कार्ययोजना पेस"/>
2026-07-04 11:32 PM
काठमाडौँ - KTM

वैदेशिक रोजगारी मर्यादित र व्यवस्थित बनाउने कार्ययोजना पेस गर्न प्रधानमन्त्रीको निर्देशन

भदौ १४, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले वैदेशिक रोजगारीलाई व्यवस्थित, मर्यादित र सुरक्षित बनाउने गरी कार्ययोजना पेस गर्न परराष्ट्र र श्रम तथा रोजगार मन्त्रालयलाई निर्देशन दिएका छन् । 

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आयोजित छलफलका क्रममा प्रधानमन्त्रीले नेपालीले दुःख पाउने, उनीहरुको जीवन रक्षा नहुने र ठगीमा पर्ने अवस्थाको अन्त्यका लागि प्रभावकारी कार्ययोजना ल्याउन निर्देशन दिएका हुन् । 

मलेसिया र खाडीका विभिन्न देशमा सयौँ नेपाली कारागारमा रहेका, तीमध्ये केही गम्भीर अपराधमा संलग्न रहेको पाइएको तथा केही कामदार ‘ब्लड मनी’ तिर्न नसक्दा आजीवन काराबास बस्न बाध्य भएको जनाउँदै प्रधानमन्त्रीले उनीहरुलाई कसरी उद्धार गर्न सकिन्छ भन्ने बारेमा समेत तत्काल पहल गर्न आग्रह गरे । 

प्रधानमन्त्रीले भने– “खाडी क्षेत्रमा कामदारका रुपमा गएका नेपालीको समस्या समाधानका लागि पहल गर्न यसअघि नै मैले सम्बन्धित मन्त्रालयलाई भनेको छु । अब वैदेशिक रोजगारीलाई कसरी मर्यादित, सुरक्षित र व्यवस्थित बनाउन सकिन्छ, त्यसमा परराष्ट्र र श्रम तथा रोजगार मन्त्रालय मिलेर योजना र कार्यक्रम बनाउनुस् । सो कार्यक्रम पूर्ण रुपमा लागू गरिन्छ ।” 

सरकारले आफ्नातर्फबाट गर्ने काम पूर्ण लगनशीलताका साथ गर्ने उल्लेख गर्दै प्रधानमन्त्रीले कुनै पनि कारणले नेपाली समस्या छन् भने त्यहाँ आवश्यक सहयोग पु¥याउनु सरकारको दायित्व भएको बताए । नेपालीलाई देशभित्रै सम्मानजनक श्रम गर्ने र उचित पारिश्रमिक पाउने अवस्था सिर्जना गराउन सरकारले विशेष ध्यान दिएको र केही महत्वपूर्ण कार्ययोजना ल्याउने समेत प्रधानमन्त्रीले जानकारी गराए । 

छलफलमा सहभागी परराष्ट्र मन्त्रालयका सहसचिव दीपक अधिकारीले विशेष गरी खाडी क्षेत्रमा कार्यरत नेपालीले भोग्नुपरेको समस्या समाधान कसरी गर्न सकिन्छ भन्नेबारेमा प्रधानमन्त्रीले चासो राख्नुभएको जानकारी दिए । कारागारमा परेका, उद्धारगृहमा रहेका र ठूलो दुर्घटनामा परी अस्पतालमा उपचाररत कामदारलाई गरिने उद्धार, अवैध रुपमा कामदारको स्वदेश फिर्ती तथा प्रक्रियाका सम्बन्धमा समेत आफूहरुले प्रधानमन्त्रीलाई जानकारी गराएको उनको भनाइ छ । 

यस्तै नेपाली कामदार बढी रहेका मुलुकमा रहेका नेपाली राजदूतावासको क्रियाशीलता बढाउनुपर्ने, उनीहरुलाई साधन स्रोतसम्पन्न बनाउनुपर्ने र श्रम सहचारीलाई प्रभावकारी बनाउने विषयमा समेत छलफल केन्द्रित थियो । 

घरेलु कामदारका रुपमा विश्वका विभिन्न मुलुकमा रहेका महिला कामदारको सुरक्षा, उचित पारिश्रमिक, घाइतेको उपचार, भाषा लगायत समस्याका कारण खेप्नुपरेको समस्या समाधान गर्न अपनाइने विधि तथा कार्ययोजना पेस भएको र त्यसलाई थप समृद्ध पारिने सहसचिव अधिकारीले जानकारी दिए । 

छलफलमा नेपाली कामदार स्वदेशमा नै ठगिएको, रोजगारदाता मुलुकमा पुग्दा पुनः अर्को ठगीमा परेको, सम्झौता भएअनुसारको काममा नलगाइएको र गुनासो सुनुवाइ गर्ने निकायले समेत सुनुवाइ नगरेको सन्दर्भमा आगामी दिनमा यस्ता समस्या नआउने गरी काम गर्नुपर्नेमा जोड दिइएको थियो । 

श्रम मन्त्रालयका सचिव विष्णुप्रसाद लम्सालले रोजगारीका खोजीमा विश्वका विभिन्न मुलुकमा रहेका नेपालीको समस्याबारे मन्त्रालयले सूक्ष्म रुपमा नै अध्ययन गरिरहेको जानकारी प्रधानमन्त्रीलाई गराइएको राससलाई  जानकारी दिए । उनले भने– “प्रचारमा आए जस्तो भयावह अवस्था कुनै पनि मुलुकमा छैन तर पनि समस्या पर्नेबित्तिकै नेपाली दूतावास र सम्बन्धित सरोकार भएका पक्षलाई मन्त्रालयले ‘हाइ अलर्ट’मा राखेको छ ।” 

स्वदेशमा नै हुने ठगी नियन्त्रणका लागि वैदेशिक रोजगार प्रवद्र्धन बोर्ड र वैदेशिक रोजगार विभागलाई पनि क्रियाशील बनाउने विषयमा मन्त्रालयले पहल गरेको जानकारी आफूले प्रधानमन्त्रीलाई गराएको सचिव लम्सालले बताए । 

परराष्ट्र मन्त्रालयका प्रवक्ता भरतराज पौडेलले खाडीमा रहेका कामदारको अवस्था, समस्यामा परेका कामदारलाई उद्धार गर्ने विधि तथा के कति नागरिक विदेशका कारागारमा छन् र उनीहरुलाई कसरी स्वदेश ल्याउन सकिन्छ भन्नेबारेमा छलफल केन्द्रित रहेको  बताए । 

छलफलमा उपप्रधानमन्त्री विमलेन्द्र निधि र कृष्णबहादुर महरा, श्रममन्त्री सूर्यमान गुरुङ, मुख्य सचिव डा सोमलाल सुवेदी र सम्बन्धित मन्त्रालयका सचिव तथा उच्च अधिकारीको सहभागिता थियो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बालेन र सुदनप्रति नेकपा एमालेले एक–एक हिसाब राखेको छ: महेश बस्नेत नेपाल एफएटीएफको ग्रे लिस्टबाट कालो सूचीमा झर्ने जोखिममा छ: अर्थमन्त्री वाग्ले सरकारले पूर्वाधार निर्माण क्षेत्रमा देखिएका गाँठो फुकाउने प्रयास गरेको छ : सोविता गौतम हेटौंडामा यात्रुबाहक बस दुर्घटना हुँदा ९ जना घाइते यसपटक हाम्रो पार्टीमाथि सबैभन्दा बढी भयानक हमला भयो: केपी शर्मा ओली राष्ट्रिय सभाको बैठक सुरु जे आश्वासन र भ्रम दिएर सरकार बनेको थियो, त्यसअनुसार सरकार पूर्ण असफल भएको देख्छु: प्रचण्ड जुवातास खेलिरहेका ११ जना पक्राउ सुशासन र विधिको शासन दिन नसके त्यस्तो सरकारको आयु र प्रभाव क्षणिक मात्र हुन्छ: शंकर पोखरेल दैलेख दुर्घटना : पाँच जनाको सनाखत ट्राफिक प्रहरीद्वारा पछिल्लो २४ घण्टामा २० लाख बढी राजस्व सङ्कलन नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सवालमा सरकार सफल भएको छ : रवि लामिछाने राज्यले संवैधानिक अधिकार मिच्ने गरी कानुन ल्यायो भने राष्ट्रवादी, संघीयता र गणतन्त्रका विरोधीहरू जेल भर्ने आन्दोलन गर्छौं: धवलशम्शेर राणा प्रदेश संरचनालाई बोझिलो होइन, प्रभावकारी बनाउन जरुरी छ: रवि लामिछाने बैतडीमा यात्रुवाहक बस दुर्घटना आज नेप्से परिसूचक घट्यो शिक्षामा राजनीति भयो भन्छौँ, त्यो राजनीति होइन, दलीयकरण थियो: गगन थापा राष्ट्रियसभाको लाइभमा अडियो समस्या भएपछि बैठक २० मिनेटका लागि स्थगित संवैधानिक परिषद्को बैठक बस्दै आज २५ अर्बको ऋणपत्र जारी हुँदै