भदौ १४, भक्तपुर । नेकपा एमालेका सचिव प्रदीप ज्ञवालीले मधेसवादी मोर्चाको जायज मागका बारेमा संविधान संशोधन भइसकेकाले अब संविधान"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ १४, भक्तपुर । नेकपा एमालेका सचिव प्रदीप ज्ञवालीले मधेसवादी मोर्चाको जायज मागका बारेमा संविधान संशोधन भइसकेकाले अब संविधान"/>
२३ चैत्र २०८१, शनिबार
काठमाडौँ - KTM

नाजायज मागमा संविधान संशोधन हुँदैन: सचिव ज्ञवाली

१४ भाद्र २०७३, मंगलवार १०:३२

भदौ १४, भक्तपुर । नेकपा एमालेका सचिव प्रदीप ज्ञवालीले मधेसवादी मोर्चाको जायज मागका बारेमा संविधान संशोधन भइसकेकाले अब संविधान संशोधन गर्न आवश्यक नरहेको बताएका छन् । 

रफत सञ्चार क्लबले आज  आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै उनले जायज माग बाहेक केही नेताहरुको स्वार्थ पूरा गर्न संविधान संशोधनका लागि एमाले कदापि तयार नहुने बताए । 

मधेसी मोर्चाले राखेको संविधान संशोधनको माग मधेसी जनताको माग नभएको जिकिर गर्दै उनले अब फेरि संविधान संशोधन गर्नु गलत रहेको बताए । संविधान संशोधनका लागि नेपाली भूमिमा नभएर अन्य मुलुकमा छलफल हुनुले समेत मधेसी जनताको माग नभई केही नेताकै माग भएको उनको तर्क थियो । 

विगतमै तीनै निर्वाचनको मिति तय भए पनि वर्तमान सरकारमा रहेको गठबन्धन विभिन्न बहानाबाजी गरी निर्वाचन नगर्ने खेलमा लागेको उनको आरोप थियो । निर्वाचन पर धकेल्दै संविधान कार्यान्यवन समेत नगर्ने षड्यन्त्र भइरहेको आशङ्का उनले प्रकट गरे । 

ओली नेतृत्वको सरकारले गरेका काम र निर्णयलाई वर्तमान सरकारले उल्टाउँदा राजनीतिक दलबीचको दूरी बढ्ने र राजनीतिक द्वन्द्व चर्कने उनले बताए । राजनीतिक दलहरु बाह्य हस्तक्षेप रोक्न एक हुनुपर्ने उनको भनाइ थियो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आज चैत्र शुक्ल अष्टमी: चैते दसैँ तीनकुने घटनाको छानबिन जारी छ: आयोग मध्यरातमा रास्वपाको बैठकले गर्यो बिभिन्न चार निर्णय रवि लामिछानेलाई पक्राउ गर्न गएका डिएसपीले अन्तिम इच्छा भनेपछि… रास्वपाको चितवनमा हुने ‘जनयात्रा उद्घाटन’ नरोकिने, नेताहरु चितवन जाँदै तनहुँको भानुमा बस दुर्घटना ट्रकको ठक्करबाट एक बालिकाको मृत्यु अफर ल्याउँदा अनियन्त्रित भिड जम्मा भएपछि अल्टिमाको साइनबोर्ड प्रहरीले हटायो प्रधानमन्त्री ओलीले भेटे बैँककमा भारतीय प्रधानमन्त्री मोदीलाई आइतबार सार्वजनिक बिदा म्याद नाघेका अश्रुग्यास प्रहार नभएको आईजीपी थापाको दावी तीनकुने घटनामा सरकारको पूर्वतयारी के थियो ? माओवादी सांसद पाण्डेको प्रश्न जनमोर्चाका अध्यक्ष चित्रबहादुरले गणतन्त्र र लोकतन्त्र सुरक्षित छैन, सबै चनाखो हुनुपर्ने बताए कुलमानले म हतोत्साहित र उत्तेजित भएको छैन भने नवलपुरका किशोरीहरुले मुख्यमन्त्रीलाई बुझाए ध्यानाकर्षण पत्र आज काठमाडौँमा वायु प्रदूषण घट्यो सुनचाँदीको मूल्य एकैदिन धेरै अन्तरले घट्यो अमेरिकामा छोराले गोली हानेर मारे आफ्नै आमा आज सागसब्जी र फलफूलको मूल्य कति छ ? सरकार निजी क्षेत्रलाई सहज हुने गरी कानुन निर्माणमा लागेको छ: मन्त्री खड्का