२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मानव बेचबिखन मुद्दामा आफ्नो संलग्नता नरहेको माइती नेपालको स्पष्टोक्ति

२०७८, २७ चैत्र आईतवार ०९:४९

चैत्र २७, काठमाडौँ | विवाह गरेर भारत लैजाँदा गर्दै सीमानाकामा पक्राउ परेकी महिलाले आफ्नै श्रीमानलाई जेल पठाउन दिएको जाहेरी र अदालतको फैसलामा आफ्नो कुनै संलग्नता नरहेको माइती नेपालले जनाएको छ । सीमानाकामा काम गर्ने हुनाले सोधपुछ गर्ने कुरा सामान्य भएपनि अहिले चर्चामा रहेका बम बहादुर सार्कीको मुद्दामा आफूहरुले कुनै कानूनी सहायता नदिएको माइती नेपालले दाबी गरेको छ । 

शुक्रबार एक ध्यानाकर्षण पत्र पठाउँदै माइती नेपालका कार्यकारी निर्देशक विश्वराम खड्काले आफूहरुले बम कुमार सार्की र निजको श्रीमती भनिएकी युवतीलाई पक्राउ गरेको नभई कञ्चनपुरको गड्डाचौकी प्रहरीले युवती मात्रै जिम्मा लगाएको बताए । युवतीलाई आफूहरुले कुनै परामर्श नदिएको र जठ १५ गते बुझाइएकी युवतीलाई जेठ १८ गते नजिकै आमाको जिम्मा लगाइएको बताएका छन् । 

२०६५ साल जेठमा भएको घटनामा एक महिलाले आफ्नै श्रीमानले बेच्न लगेको भन्दै प्रहरीमा जाहेरी थिइन् । उक्त जाहेरी बनाउने लगायतको काममा माइती नेपालको संलग्नता रहेको आरोप लागेको थियो । 

विवाह गरेर भारत जाँदै गर्दा सीमानाकामा माइती नेपालका कर्मचारीले सोधपुछ गरी नियन्त्रणमा लिएको र पछि सोही संस्थाका कर्मचारीको उक्साहटमा मानव बेचबिखनको मुद्दा दायर भएको भन्दै सर्वोच्चमा पुनरावेदनको निवेदनको परेपछि यो विषय बाहिर आएको थियो । कैलालीको साविक बेलादेवीपुर वडा नम्बर ३ का बमबहादुर सार्कीले आफूले नगरेको अपराधको सजाय भोग्नु परेको भन्दै सर्वोच्चमा फैसला पुनरावलोकनका लागि निवेदन दिएका थिए । उक्त रिटमाथि सुनुवाई गरी सर्वोच्च अदालतले सार्कीलाई सफाई समेत दिइसकेको छ । 

भएको के थियो ?

कैलालीकी एक महिला सोही स्थानका बम बहादुर सार्कीसँग भागी विवाह गरी दुई दिन युवकको आफन्तको घरमा बसी भारतको हल्दानीमा रहेको आफन्तको घरमा जाँदै थिए । सोही समयमा बनबासामा चेकजाँच हुने क्रममा आफूहरु श्रीमान–श्रीमती हो भनेपनि उनीहरुलाई माइती नेपालको जिम्मा लगाइयो र अनुसन्धान गर्न भनियो । त्यसपछि दुई दिन माइती नेपालको संरक्षणमा रहेकी महिलाले जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा जाहेरी दिँदै बम बहादुरले आफूलाई ‘बेचबिखन गर्न लगेको थाहा भएकाले’ भन्दै जाहेरी दिएकी थिइन् । सोही जाहेरीका आधारमा कञ्चनपुर जिल्ला अदालतमा चलेको मुद्दामा युवकलाई यौन शोषण गरेको अभियोगमा एक वर्ष ६ महिना कैद सजाय सुनाएको थियो । 

तर उक्त फैसलामा चित्त नबुझाएर सरकारी वकिल पक्ष उच्च अदालत गएपछि उच्च अदालतले युवकलाई १० वर्ष कैद सजाय सुनाएको थियो । तर उक्त सजायको बारेमा बेखबर रहेका युवक २०७७ सालमा घर आउँदा मात्रै पक्राउ परेका थिए । जिल्ला अदालतले गरेको फैसला स्वीकार गरेर डेढ वर्ष जेल बसेका युवक जेलबाट छुटेलगत्तै आफैविरुद्ध जाहेरी दिने युवती (श्रीमती)सँगै कामका लागि भारत गएका थिए । भारतमै बस्दा उनीहरुबाट तीनजना छोराछोरीको जायजन्म समेत भइसकेको थियो । 

युवतीले प्रहरीमा दिएको जाहेरीभन्दा फरक पर्ने गरी जिल्ला अदालतमा दिएको बयानमा आफूहरुले विवाह गरेको र कामका लागि भारततर्फ जाँदै गर्दा माइती नेपाल नामक संस्थालाई शंका लागि उनीहरुले सोधपुछ गरेको र पछि जाहेरी दिएको बताएकी छिन् । युवकले सुरुदेखि नै आफूहरुले विवाह गरेको तर माइती नेपाल नामक संस्थाले गलत सरसल्लाह दिएर श्रीमतीले आफूविरुद्ध जाहेरी दिएको बताएका थिए । सोही ब्यहोरालाई समर्थन हुने गरी युवतीले पनि जिल्ला अदालतमा बकपत्र गरेकी थिइन् । 

तर आफूहरुमाथि उच्च अदालतमा पनि पुनरावेदनको रिट परेको र उक्त रिटकै कारण फेरि जेल बस्नुपर्ने भएपछि बम बहादुर सार्कीले कारागारमार्फत् श्रीमतीलाई पनि सँगै पठाएर सर्वोच्चमा रिट दिएका थिए । सर्वोच्चमा फैसला उल्टी गरिपाउन दिएको रिट निवेदनमा पनि बम बहादुरले ‘माइती नेपालका कर्मचारीका गलत बुझाई र परामर्शका कारण मुद्दाको उठान भएको’ जिकिर लिएका थिए । सोही तथ्य, प्रमाण, डेढ वर्ष जेल बसेर पनि तिनै युवतीसँगै विवाह, हाल तीनजना छोराछोरीको जायजन्म आदि कारणबाट सर्वोच्चले युवकलाई पूर्ण सफाई दिएको थियो । सो सम्बन्धमा रातोपाटीले चैत १४ गते ‘जब आफ्नै श्रीमतीलाई बेच्न लागेको आरोपमा जेल हालियो …’ शीर्षकमा समाचार सम्प्रेषण गरेको थियो ।

सोही समाचारका कारण माइती नेपालको भूमिकाप्रति भ्रम उत्पन्न भएको भन्दै चैत २५ गते माइती नेपालको तर्फबाट ध्यानाकर्षण भएको हो । ध्यानाकर्षणमा ती युवतीलाई आफूहरुले नियन्त्रणमा लिएको नभई गड्डाचौकी प्रहरी कार्यालयले जिम्मा लगाएको बताएको छ । उक्त घटनाका सम्बनधमा आफूहरुले मुद्दाको उठान नगरेको र गलत परामर्श नदिएको स्पष्टोक्ति माइती नेपालले दिएको छ । माइती नेपालले महिलालाई संरक्षण मात्रै दिएको तर मुद्दा मामिलाका सन्दर्भमा आफूहरुको कुनै संलग्नता नभएको संस्थाले जनाएको छ । 



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट नेकपा संसदीय दलको नेतामा प्रचण्ड कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन