५ बैशाख २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

महोत्तरी - MHT

बर्दिबासका पाँच वडा अध्यक्षमा कांग्रेसले छान्यो उम्मेदवार

२७ चैत्र २०७८, आईतवार १०:२२

चैत्र २७, महोत्तरी | राजनीति दलहरू चुनावी तालमेल र गठबन्धनका बिषयमा स्पष्ट बन्न नसक्दा महोत्तरीका स्थानीय तहमा उम्मेदवार छनोट प्रक्रिया अन्योल बनेको छ । 

गठबन्धन गर्ने वा नगर्ने भन्ने विषयले स्थानीय राजनीति दलका नेता कार्यकर्ताहरूबीचमा व्यापक मतभेद हुँदा प्रचारप्रचार अभियान समेत अघि बढ्न सकेको छैन ।

विशेषगरी नेपाली कांग्रेसभित्र महोत्तरीमा गठबन्धन गर्ने र नगर्ने भन्ने बिषयमा पक्ष र विपक्षमा बहस चलिरहेको छ । कतिपय पालिकाले त गठबन्धन नगर्ने निर्णय गर्दै प्रदेश र केन्द्रलाई पत्र समेत पठाइसकेका छन् । 

सनिवार नेपाली कांग्रेस बर्दिबास नगरपालिकाले गठबन्धन गर्न नसकिने निर्णय गरेको थियो । गठबन्धन गर्दा सिङ्गो नेपाली कांग्रेसका नेता कार्यकर्ताको मनोबल घट्ने भन्दै गठबन्धन अस्वीकार गर्ने उनीहरूको निर्णय थियो ।

यसैबीच बर्दिबास नगरपालिकाका पाँच वडामा कांग्रेसले वडा अध्यक्षमा उम्मेदवारको छानेको जनाएको छ । 

बर्दिबास–३ बाट यज्ञप्रसाद ढुङ्गेल, वडा नम्बर १ बाट भोला खड्का, वडा नम्बर ७ बाट भोरिल यादव, वडा नम्बर ८ बाट जीवन लामा र वडा नम्बर २ बाट चोलाराज प्याकुरेल सर्वसम्मतबाट छानिएका छन् ।

माओवादी केन्द्र र नेकपा एस स्पष्टरूपमा गठबन्धनको पक्षमा देखिए पनि कांग्रेसभित्र देखिएको विवादले उम्मेदवार छान्न समस्या बनेको छ । माओवादी केन्द्रले पनि उम्मेदवार छान्ने प्रक्रियालाई जसरी अगाडि बढाउनुपर्ने हो त्यसरी हुन सकेको छैन । अहिलेसम्म बर्दिबास वडा नम्बर १० र ११ मा मात्र उम्मेदवार टुंग्याइएको जिल्ला इन्चार्ज राजु खड्काले जानकारी दिए ।

वडा नम्बर १० बिनोद श्रेष्ठ र ११ मा गोपाल लामा छानिएको माओवादी केन्द्रले जनाएको छ ।

नेकपा एस र माओवादी केन्द्र चुनावी गठबन्धनमा अडिग रहे पनि नेकपा एमाले, नेपाली कांग्रेस र मधेशवादी दलहरू भने अझै  आन्तरिक गृहकार्यमा व्यस्त छन् ।

अघिल्लो निर्वाचनमा मधेशवादी दलहरू यहाँका स्थानीय तहमा बलिया देखिएका थिए । १५ पालिकामध्ये नौ पालिकामा मधेशवादी दलले बर्चस्व कायम गरेका थिए ।

तर, पछिल्लो राजनैतिक घटनाक्रमले मधेशवादी दलहरू छिन्नभिन्न भएका छन् । अहिले मदेशवादी कुनै पनि दल एक्लै चुनाव लड्न सक्ने अवस्थामा छैनन् । 

माओवादी केन्द्र भने तालमेल गर्नैपर्ने मनस्थितिमा छ । सत्ता गठबन्धनमा समीकरण भएअनुसार नै कांग्रेस, नेकपा एस र माओवादी केन्द्र चुनावी तालमेल पछिसम्मै रहने बताउँदै आएका छन् ।

बर्दिबास नगरपालिकामा कांग्रेसका नेता चिरन्जीवी हमाल र प्रल्हाद क्षेत्रीबीच कसले टिकट लिने भन्ने बिषयले चर्चा पाएको छ । नेता हमाल र क्षेत्रीको पक्षमा लविङ्ग गर्ने नेता कार्यकर्ता यतिबेला पक्ष विपक्षमा बिभाजन भएका छन् । नेता क्षेत्रीले टिकट नपाए कतिपय कार्यकर्ताले पार्टी नै छाड्नेसम्मको चेतावनी दिएका छन् भने हमाल पक्षधरहरूको लबिङ्ग पनि नेता क्षेत्री पक्षको भन्दा कम छैन ।

महोत्तरीका नेता चिरन्जीवी हमाल, जिल्ला सभपति नागेश्वर यादवलगायत नेताहरू भने गठबन्धनको पक्षमा छन् । 

नेता क्षेत्रीले त बर्दिबास नगरपालिकामा गठबन्धनको कुनै औचित्य नभएको प्रष्ट बताइसकेका छन् । चुनावी तालमेल गर्दा पनि नेताहरूमा मत बिभाजन हुँदा गठबन्धनको विषयमा कतिपय पालिकामा अन्योल सिर्जना भएको छ ।

उम्मेदवार छान्नमै विवाद भएकाले जिल्लामा चुनावी प्रचारप्रसार समेत सुस्त बनेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शिक्षकहरूको सडक आन्दोलनले गर्दा सर्वसाधारणलाई सास्ती नेपाल सरकारका मुख्य सचिव अर्यालले भावनामा बगेर निजामती ऐन बनाउन नहुने बताए हेटौँडा सिमेन्ट उद्योग ६ महिनापछि पुनः सञ्चालनमा माओवादी केन्द्रका प्रमुख सचेतक पाण्डेले अतिरिक्त सचीव अनावश्यक रहेको बताए नेपाल राष्ट्र बैङ्कका कार्यकारी निर्देशक डा. गुणाकर भट्टले पदबाट राजीनामा दिए नेपोनको अध्यक्षमा विनोद पाण्डे चयन गृहमन्त्री लेखकले संविधान विरोधी गतिविधि स्वीकार्य नहुने बताए निजामती कर्मचारीहरूले सिंहदरबारस्थित राज्य व्यवस्था समिति बैठक कक्षको अगाडि धर्ना दिए बारामा ३६७ किलो १४० ग्राम लागू औषध गाँजा सहित ५ जना तस्कर पक्राउ काठमाडौँबाट हेटौंडा आउँदै गरेको गाडी दुर्घटना हुँदा २ जनाको मृत्यु र १४ जना घाइते दाउन्ने क्षेत्रमा वर्षाका कारण सडक चिप्लो हुँदा यातायात आवागमनमा अवरुद्ध गृहमन्त्रीद्वारा गण्डकी प्रदेशलाई आपतकालीन गोदाम हस्तान्तरण शंकर अधिकारीले शिक्षक आन्दोलनप्रति कुण्ठा राखेर भ्रम नछर्न पूर्वशिक्षक नेताहरूलाई आग्रह गरे धवलशमशेर राणालाई क्यान्सरको फलोअप उपचारमा भारत जान नदिने षडयन्त्रमा सरकार लागेको आरोप सुनसरीमा आगलागी हुँदा १० वटा घर जलेर नष्ट, ६० लाख बराबरको क्षति काभ्रेको रोशीमा आगलागी हुँदा २ बालबालिका घाइते शुक्रबार सुनको भाउ ८ सय रुपैयाँले घट्यो दुवै हात गुमाएका प्यालेस्टिनी बालकको तस्बिर २०२५ को विश्व प्रेस फोटो अफ द इयर देशमा केही भएन भन्ने भ्रामक प्रचार बढी भयो : मन्त्री राणा रास्वपाको महाधिवेशन आगामी फागुनमा