२० माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पेट्रोलियम पदार्थको मूल्यवृद्धि जारी राखे आन्दोलनमा जाने विद्यार्थी संगठनको चेतावनी

२७ चैत्र २०७८, आईतवार १५:१३

चैत्र २७, काठमाडौँ | देशका प्रमुख विद्यार्थी संघ सङ्गठनहरूले अन्तर्राष्ट्रिय बजारको कारण देखाएर पेट्रोलियम पदार्थको मूल्यवृद्धि जारी राखे निर्णायक सङ्घर्षमा जान बाध्य हुने चेतावनी दिएको छ । विद्यार्थी सङ्गठनहरूको आइतबार सम्पन्न संयुक्त बैठकले पटक पटक र बेलगाम रूपमा भइरहेको पेट्रोलियम पदार्थको मुल्यवृद्धिको सन्दर्भमा सरकारको ध्यानाकर्षण गर्न गराएको हो ।

पेट्रोलियम पदार्थको मूल्यवृद्धिबाट सृजित महँगी र यातायात एवम् माल बस्तुको ढुवानीमा हुने महँगी अनियन्त्रित हुँदै जाँदा  गरिब, किसान, विद्यार्थी मजदुर लगायत आम जनसमुदायमा जनजीवन धान्नै नसक्ने गरी कष्टकर बन्नु अघि नै समाधान निकाल्न तथा विद्युत् लगायत वैकल्पिक ऊर्जा प्रयोगमा जोड दिन उनीहरूले माग गरेका छन् ।

त्यस्तै आर्थिक सङ्कट र रकम अभावको निमित्त कारण देखाएर शिक्षामा घट्दै गएको बजेट आफूहरूलाई हामीलाई कदापि मान्य नहुने उनीहरूको भनाइ छ । आउने बजेटमा शिक्षा  एवं विज्ञान प्रविधि जस्ता क्षेत्रलाई विशेष प्राथमिकतामा राख्न विद्यार्थी सङ्गठनहरुले सरकारसँग माग गरेको छ । यसको साथै निकट रहेको स्थानीय तहको निर्वाचनमा गठबन्धनका साझा उम्मेदवारहरू बनाउँदा युवालाई प्राथमिकतामा राख्न गठबन्धन सम्बद्ध दलहरूलाई  संयुक्त विद्यार्थी सङ्गठनले अपिलसमेत गरेको छ । बैठकमा ने.वि.संघ, अनेरास्ववियू (क्रान्तिकारी), अनेरास्ववियु, समाजवादी विद्यार्थी यूनियन, अखिल (क्रान्तिकारी) र अखिल छैटौँ रहेका थिए ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
१० केजी गाँजासहित तीन भारतीय नागरिक पक्राउ आयाल निगमले भन्यो– बजारमा ग्यासको अभाव छैन निपाह भाइरसका विषयमा आतंकित नहुन मन्त्रालयको आग्रह निर्वाचन आयोगले बालेनलाई सोध्यो दोस्रो पटक स्पष्टीकरण नक्कली शैक्षिक प्रमाणपत्र बनाई ठगी गर्ने कार्यमा संलग्न रहेको आरोपमा ७ जना पक्राउ नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार कम्बोडिया पठाउने भन्दै रकम ठगी गरेको अभियोगमा एक जना पक्राउ राष्ट्रपति पौडेलद्वारा जापानका लगानीकर्तालाई नेपालमा लगानी गर्न आह्वान त्रिभुवन विमानस्थलका भन्सार अधिकृतसहित तीन कर्मचारी अख्तियारको नियन्त्रणमा रवि लामिछानेको राहदानी दुरुपयोगसम्बन्धी रिटको पेशी न्यायाधीश मल्ल र निरौलाको इजलासमा रास्वपा जुम्लाका उपसभापति तारा शाही कांग्रेसमा प्रवेश इरानसँग कूटनीतिक सम्झौता हुनेमा ट्रम्प आशावादी सुनचाँदीको मूल्यमा भारी गिरावट हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा