२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

हेर्नुहोस्आजको राशिफल :

२०७८, २८ चैत्र सोमबार ०२:५४

चैत्र २८, काठमाडौँ |  २०७८, सोमबार । तद्नुसार अप्रिल महिनाको ११ तारिक २०२२ । चैतशुक्ल दशमी तिथि, तैतिल करण, पुष्य नक्षत्र, धृति योग, चन्द्रमा कर्कट राशिमा रहेको छ । आज विहान ७:२० देखि ८:५५ सम्म राहुकाल रहेको छ । आजको देवता जलदेवी, ग्रहदेव राहु रहेको छ । सोमबारको दिन शिवालयमा गएर जलअभिषेक गर्नु उत्तम मानिन्छ । आज विहान ११:४० देखि १२:३० सम्मको समय अभिजित महूर्त रहेको छ ।

यो मुहूर्तका समयमा शुभकार्य गर्दा राम्रो हुनेछ ।

आजको राशिफल :

मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ)

तपाईको लागि सोमबारको दिन रोजगारीको क्षेत्रमा सफलता हात लाग्नेछ । सोमबार भएकाले मेष राशिका जातकले नजिकको शिवालयको यात्रा गरी काम गर्दा शुभ हुनेछ । आजको दिन घरका जेष्ठ सदस्य र कन्यालाई खानेकुरा र बस्त्र दिनुभयो भने परिवारमा खुसीयाली छाउनेछ ।

वृष  (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो)

आजको दिन व्यापार ब्यबसायमा सोचेअनुसार नहुनसक्छ । त्यसैले आजको दिन ब्यापारको कामबाट फाइदा नहुँदा पनि त्यति निराश नहुनुहोला । तपाईको मन, वचन र कर्म सकारात्मक हुन जरुरी छ आज । सकारात्मक सोचले मात्र तपाईले आफ्नो दैनिककाम सम्पादन गर्नसक्नुहुन्छ । कसैसँग विवाद हुने काम र कुरा नगर्नुहोला ।  

मिथुन (क.कि.कु.घ.ङ.छ.के.को.ह)

तपाईको मनभित्र अनेक कुरा खेल्नेछ । परिवार र आफन्तजनहरुले तपाईमाथि अनेक आरोप लगाउन सक्नेछन् । आजको दिन कष्टकर हुनेछ, मनमा पनि निराशा उत्पन्न हुनसक्छ । त्यसैले आज हरेककुराका सकारात्मक सोच राख्न सक्नुभयो भने मात्र तपाईमा खुसीयाली छाउने छ ।

कर्कट (हि.हू.हे.हो.डा.डि.डु.डे.डो)

मनमा अशान्त र निराशा उत्पन्न हुनसक्छ । पारिवारिक तनावका कारण मनमा अनेकखालका समस्या आउनसक्छ । आजको दिन कर्कट राशिका जातकले कसैसँग विवाद र झगडा नगर्नुहोला । कसैसँग विवाद भयो भने तपाई र तपाइँसग विवाद गर्ने दुवै व्यक्तिको हानी हुनसक्छ । आजको दिन विहान सूर्योदयको दर्शन गर्नुहोला ।  

सिंह (मा.मि.मु.मे.मो.टा.टि.टु.टे)

आज यात्रा गर्नुभन्दा पहिले राहुकाल छलेर शुभ साइतमा यात्रा गर्नुहोला । । मित्रमण्डलीको र परिवारको साथ पाउने योग रहेको छ । परिवारका सदस्यहरुसँग विवाद हुनसक्छ त्यसैले आजको दिन सिंह राशिका जातकले कम बोल्नु नैं बुद्धिमानी हुनेछ । नियमित काम बाहेक अन्य नयाँ काममा चासो नदिनुहोला ।  

कन्या (टो.प.पी.पू.ष.ण.ठ पे.पो)

मनमा चिन्ता र भय उत्पन्न हुनेछ । तपाईको कारण आफन्तसँग सम्बन्ध विग्रन सक्छ । स्वास्थ्यमा प्रतिकुल असर पर्ने देखिन्छ । अध्ययन अध्यापनबाट सफलताप्राप्त हुनेछ । कन्या राशिका जातकले आज स्त्रीजातिको साथ सहयोगबाट कार्य गर्दा सफलता प्राप्त हुन्छ । कन्या राशिका पुरुषले घरमा आमा, दिदीबहिनीहरुलाई उपहार दिनु, महिलाहरुले भने बा, दाजुभाइलाई उपहार दिनु राम्रो हुनेछ । 

तुला( रा.री.रु.रे.रो.ता.ती.तु.ते)

तपाईले आजको दिन शुरु गरेको काम सफलता मिल्नेछ । तपाईको कार्यमूलक यात्रा हुनेछ । कुनै कामको शुरुवात गर्नुभएको छ भने त्यो कामको सम्पादन पूरा गर्नका लागि मेहनतपूर्वक लाग्नु होला । तपाईलाई सफलता हात लाग्नेछ । कुनै काम बीचमा छोडेको छ भने त्यो कामका पुरा नहुँदा मनमा चिन्ता भइरहन्छ ।

वृश्चिक (तो.ना.नि.नु.ने.नो.या.यि.यु)

वृश्चिक राशिका जातकले सोचअनुसार काम हुनेछ । तपाईले आफ्नो ग्रह बलियो भएको बेला कार्यायोजनाअनुसार काम गर्नुभयो भने सफलता मिल्नेछ । आजको दिन तपाईले शिवालयमा गएर जल अर्पण गर्नुभयो भने शान्ति मिल्नेछ । आजको दिन शिवालयको नाम स्मरण मात्रले पनि मनमा शान्ति मिल्नेछ ।

धनु (ये.यो.भा.भी.भु.ध.फा.ढ.भे)

ग्रहहरु बलिया भएका छन् । त्यसैले आजको दिन तपाईले सोचअनुसारको काम हुनेछ । सन्तानबाट सुख र स्त्रीजातिको साथ सहयोगले तपाईले राम्रो काम गर्नुहुनेछ । यात्रामा सफलता मिल्नेछ । यात्रा गर्दा प्रयोजनमूलक यात्रा मात्र गर्नुहोला । आज विहान सूर्योदयको दर्शन गर्नुभयो भने मनमा खुसियाली छाउनेछ ।   

मकर (भो.जा.जी.जू.जे.जो.ख.खि.खु.खे.खो.गा.गी)

तपाईले गरेको कामबाट मानसम्मान मिल्नेछ । तपाईलाई आफन्तजनको सहयोगले मनमा हर्ष प्राप्त हुनेछ । आजको दिन देवालयको दर्शन र यात्राले तपाईलाई मनमा प्रसन्नता छाउनेछ । विगतदेखि गर्दै आएका कामको मूल्याकन हुनेछ । समाज र परिवारबाट मानसम्मान मिल्नसक्नेछ ।   

कुम्भ (गु.गे.गो.सा.सी.सु.से.सो.द)

कुम्भ राशिका जातकले आजको दिन सोचअनुसारको काम  र शत्रुमाथि विजयप्राप्ति हुनेछ । ब्यापारबाट प्राप्तबाट धनलाई सामाजिक सेवामा खर्च गर्नुहोला । सामाजिक सेवा गर्दा मानसम्मान मिल्नेछ । आजको दिन घर नजिकको मन्दिरमा दर्शन गर्नुभयो भने तपाईमा थप उर्जा मिल्नेछ । देवालयमा जानुभयो भने केही फलफूल वितरण गर्नुहोला ।  

मीन(दी.दु.थ.झ.ञ.दे.दो.च.ची)

मनमा प्रसन्नता छाउने छ । लामो दुरीको यात्रा गर्दै हुनुहुन्छ भने सूर्योदयको दर्शन गरेर यात्रा शुरुवात गर्नुहोला । सकारात्मक सोच र अध्ययन अध्यापनमा मन लाग्नेछ । साँझपख शिवालयमा जाँदा मीन राशिका जातकका लागि अध्यापन, लेखनमा रुचि बढ्नेछ । आजको दिन अध्यापनमा समय दिनुहोला । लेखन र सिर्जनात्नमक कार्यको शुरुवात गर्दा पनि सफलता मिल्नेछ ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट नेकपा संसदीय दलको नेतामा प्रचण्ड कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस