भदौ १४, काठमाडौँ । उपप्रधानमन्त्री तथा अर्थमन्त्री कृष्णबहादुर महराले बजेटसँग सम्बन्धित विधेयकलाई पारित गरेर अगाडि बढ्ने बताए"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ १४, काठमाडौँ । उपप्रधानमन्त्री तथा अर्थमन्त्री कृष्णबहादुर महराले बजेटसँग सम्बन्धित विधेयकलाई पारित गरेर अगाडि बढ्ने बताए"/>
२१ मंसिर २०८२, शनिबार
काठमाडौँ - KTM

बजेटसँग सम्बन्धित विधेयकलाई पारित गरिन्छ: र्अर्थमन्त्री

१४ भाद्र २०७३, मंगलवार १२:०५

भदौ १४, काठमाडौँ । उपप्रधानमन्त्री तथा अर्थमन्त्री कृष्णबहादुर महराले बजेटसँग सम्बन्धित विधेयकलाई पारित गरेर अगाडि बढ्ने बताएका छन् । 

मंगलबार अर्थमन्त्री महराले आयोजना गरेको पत्रकार सम्मेलनमा राष्ट्रिय ऋण उठाउने विधेयक र ऋण तथा जमानत विधेयकलाई पारित गरेर अगाडि बढ्ने तयारी भएको  बताए । 

राजनीतिक अविश्वासका कारण बजेटका आश्रित विधयेक असफल भएको बताउँदै उनले भने-, “अविश्वासका कारण विधेयक असफल भएको हो, गल्ती भएर होइन । अब राजनीतिक पूर्वाग्रह राखिन्न ।” 

सरकारको मुख्य काम संविधान कार्यान्वयन भएको स्पष्ट गर्दै अर्थमन्त्री महराले संविधानमा अधिकतम सहमति गरेर अगाडि बढ्ने बताए । उनले भूकम्पपछिको पुनःनिर्माणलाई द्रुतगतिमा अगाडि बढाउने विश्वास दिलाए । 

अर्थमन्त्री महराले आर्थिक क्षेत्रसँग सम्बन्धित सबै ऐन तथा कानुनलाई अगाडि बढाउन आफूले पहल गर्ने बताउँदै अभिसन्धि ऐन, बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐनलाई अगाडि बढाउने जानकारी दिए । 

उनले आफू मन्त्री भएपछि युवा उद्यमी छान्ने कार्य, बजेट कार्यान्वयनका लागि योजना र राजस्वको आधुनिकीकरणसम्बन्धी निर्णय गरेको जानकारी दिए । अर्थमन्त्री महराले स्थानीय निकाय, प्रान्त र केन्द्रको निर्वाचन गरेपछिमात्र संविधान कार्यान्वयन तथा शान्ति प्रक्रियाका बाँकी काम सापेक्षित रुपमा अन्त्यतिर पुग्ने भएकाले सरकारले त्यसलाई प्राथमिकता दिएको बिचारव्यक्त गरे । उनले भने-, “सङ्क्रमणकालको अन्तिम अवस्थामा छौँ तीन वटा निर्वाचन गरेपछिमात्र केही स्थिरता आउँछ, यो नै यथार्थ हो ।” रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य