२४ मंसिर २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

युक्रेनबारे मोदी र बाइडेनबीच वार्ता

२९ चैत्र २०७८, मंगलवार ०४:०५

चैत २९, नयाँ दिल्ली । एजेन्सी । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र अमेरिकी राष्ट्रपति जो बाइडेनबीच वार्ता भएको छ । भर्चुल माध्यमबाट भएको वार्ता रुस र युक्रेन युद्धको विषयमा केन्द्रित रहेको प्रधानमन्त्री मोदीले बताएका छन् ।

वार्तापछि मोदीले भनेका छन्, ‘आज हाम्रो अन्तरक्रिया यस्तो समयमा भइरहेको छ जुन अवस्थामा युक्रेनप्रति सर्वत्र चासो छ ।  केही साताअघि  २० हजारभन्दा बढी भारतीयहरू युक्रेनमा फसेका थिए । तीमध्ये अधिकांश युवा विद्यार्थी थिए ।’

रुसी युक्रेन संकट अन्त्यको आवह्वान र शान्तिको मार्गतर्फ अगाडि बढ्न आग्रह गर्दै मोदीले भने, ‘मैले युक्रेन र रुसका राष्ट्रपतिहरूसँग धेरै पटक टेलिफोनमा कुरा गरेको छु । मैले उनीहरूलाई शान्तिको अपील मात्र गरिन बरु राष्ट्रपति पुटिनलाई युक्रेनी राष्ट्रपतिसँग प्रत्यक्ष वार्ताका लागि सुझावसमेत दिएको छु ।’

भारतले युक्रेन र अन्य छिमेकी देशहरूमा औषधि र अन्य राहत सामग्री पठाएको प्रधानमन्त्री मोदीले बताए । भारतले युक्रेनमा अर्को औषधिको खेप पठाउने भएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्रीसँग जेनजी आन्दोलनका अगुवा सुधन गुरुङद्वारा भेटवार्ता सुदूरपश्चिमद्वारा विराटनगरलाई १ सय ५६ रनको लक्ष्य सञ्चारमन्त्री खरेलद्वारा एनपिएल अवलोकन भन्सार एजेन्ट आन्दोलित नयाँ समझदारीका लागि सरकारले नेतृत्व लिनुपर्छ : राप्रपा एनपिएलः सुदूरपश्चिविरुद्धको खेलमा विराटनगरले टस जितेर पहिले बलिङ गर्दै नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार ओमानमा जोडिएको प्रेम सम्बन्ध बानेश्वरमा गोलीले टुट्यो… भ्रष्टाचारविरुद्धको लडाइँ एक दिनको अभियान होइन निरन्तरको सङ्घर्ष होः संयोजक दाहाल चार वटा फर्मलाई जरिवानासहित कारबाही प्रधानमन्त्री कार्कीसँग भारतीय विदेश अतिरिक्त सचिव महावरको भेट रङ्गशाला निर्माणको भुक्तानी सहजीकरणका लागि महानगरको टोली सिंहदरबारमा ठेक्का प्रणालीको उचित व्यवस्थापन नहुँदा अर्थतन्त्र र रोजगारीमा असर परेको छः मन्त्री घिसिङ निर्वाचनका लागि सहयोग गर्ने भारतको प्रतिबद्धता सरकार सुशासनका लागि तीव्र गतिमा कार्यरत छः प्रधानमन्त्री कार्की चीनले १५६ करोड डलर घुस लिएको आरोपमा पूर्व वरिष्ठ ‘बैङ्कर’लाई मृत्युदण्ड चलचित्र परानले गर्‍यो करिब १७ करोडको व्यापार, अरुको कति ? समृद्ध र जिम्मेवार राज्य निर्माणका लागि भ्रष्टाचार नियन्त्रण अपरिहार्य : मुख्यमन्त्री आचार्य सुनको मूल्य घट्यो सार्कलाई थप गतिशील बनाउने नयाँ संकल्प आवश्यक छ : प्रधानमन्त्री कार्की