2026-08-30 11:01 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

जाजरकोट, सुर्खेत र डोल्पाका अधिकांश स्थानमा दोहोरिने रणनीतिमा जनप्रतिनिधि

चैत्र २९, सुर्खेत | जाजरकोट नलगाड नगरपालिकाका नगरप्रमुख टेकबहादुर रावल फेरि पनि दोहोरिने रणनीतिमा छन् । नेकपा एमालेबाट प्रतिनिधित्व गदै भेरीको नगरप्रमुख रहेका चन्द्रप्रकास घर्ती पनि नगरप्रमुखमो उम्मेदवारी घोषणा गरिसकेका छन् । 

शिवालय गाउँपालिकाका अध्यक्ष नरेन्द्र शाही पनि आफू उम्मेदवार बन्नुपर्ने भन्दै तीव्र लविङमा छन् । जुनिचाँदे गाउँपालिकाकी कावा अध्यक्ष शिवा आचार्यले पनि अध्यक्षमा उम्मेदवारी दिने तयारीमा आफ्नो पार्टी माओवादी केन्द्रका नेताहरूसँग छलफलमा छिन् । 

बारेकोट गाउँपालिका अध्यक्ष महेन्द्र शाह आफू नै फेरि अध्यक्षमा दोहोरिने भन्दै छलफल गरिरहेका छन् । कुशे गाउँपालिका अध्यक्ष हरिचन्द्र बस्नेत आफू अध्यक्षमा दोहोरिने भन्दै प्रचार नै सुरु गरिसकेक छन् । उनी कांग्रेबाट प्रतिनिधित्व गर्दछन् । उपाध्यक्षहरू समेत अध्यक्षमा पदोन्नति हुनुपर्ने भन्दै पार्टीका ठुला नेतासँग टिकटका लागि छलफल जारी राखेका छन् । 

जाजरकोटमा दुई स्थानीय तहमा मात्र नेकपा एमालले उम्मेदवारको टंगो लगाएको छ भने अन्य दलहरूले उम्मेदवार टुंगो लगाउन सकेका छैनन् । 

यत्ता सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाकी उपमेयर मोहनमाया ढकाल अब मेयरको उम्मेदवार हुनुपर्ने आकांक्षा राखेकी छिन । २०७४ को चुनावमा नेपाली कांग्रेसकी जानकी सिंहलाई पराजित गर्दै १६ हजार ६८ मतका साथ मोहनमाया ढकाल वीरेन्द्रनगर नगरपालिकाको उपमेयरमा विजयी भइन् । एमालेबाट उम्मेदवार बनेकी ढकालले कांग्रेसकी सिंहलाई दुई हजार ४२ मतअन्तरले पराजित गरिन् ।

कांग्रेस पार्टी उपसभापति पूर्णबहादुर खड्काको गृह जिल्लासमेत रहेको सुर्खेत त्यो बेला कांग्रेसको पकटक्षेत्र मानिन्थ्यो । मेयरमा कांग्रेसकै देवकुमार सुवेदीले जिते । त्यो बेला मेयरको टिकट मागेकी ढकाललाई पार्टीले पत्याएन । उनले उपमेयरमा पनि राम्रो मत ल्यायर विजयी भइन् ।

पाँच वर्ष वीरेन्द्रनगरको उपमेयर पद सम्होलेकी ढकालले आगामी स्थानीय चुनावमा आफू मेयरको दाबेदार भएको बताइन् । ‘मसँग उपमेयर भएर काम गरेको अनुभव छ । आफँैले सुरुवात गरेका धेरै कामहरू अधुरा छन्, ती कामलाई पूरा गर्न पनि मेरो उम्मेदवारी रहन्छ,’ ढकालले भनिन् । 

निमित्त प्रमुखको जिम्मा लिएर काम गरिसकेको हुँदा प्रमुखको भूमिका उत्कृष्ट रुपमा सञ्चालन गर्न सक्ने उनको दाबी छ । ‘विशेष परिस्थितिमा मैले कार्यबाहक नगरप्रमुखको भूमिका निर्वाह गरेको थिएँ, जसले गर्दा मेयर भएर नगरको विकास र समृद्धिमा आफ्नो भूमिका सहज रुपमा निर्वाह गर्न सक्छु भन्ने आत्मविश्वास बढेको छ,’ उनले भनिन् । 

आठबीस नगरपालिका दैलेखकी उपमेयर दीपा बोहरा पनि यसपटकको स्थानीय चुनावमा मेयरमा आकांक्षी छन् । डोल्पाको मड्केचुला गाउँपालिकाका अध्यक्ष दत्तबहादुर शाही फेरि आफूलाइ अध्यक्षको उम्मेदवार भन्दै प्रचारमा लागेका छन् । उपल्लो डोल्पाको काइके गाउँपालिका ७ का वडाध्यक्ष रामचन्द्र रोकायले आफूलाई जनताले सर्वसहमत अध्यक्ष बनाइसकेको भन्दै उम्मेदवारी घोषण गरेका छन् । 

डोल्पाकै ठुलिभेरी नगरपालिकाका मेयर गणेशबहादुर शाही फेरि आफुले टिकट पाउनुपर्ने भन्दै छलफलमा छन् । 

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शिक्षकलाई कुटपिट गरी हत्या गरेको आरोपमा ११ जना पक्राउ भोटेकोशी बाढीपछि उद्धारमा खटिएका हेलिकप्टरका लागि निगमले पठायो ४० हजार ८४० लिटर हवाई इन्धन रसुवा बाढी–पहिरोमा मृत्यु हुनेको संख्या ६६९ पुग्यो, चितवनमा मात्रै २४८ शव फेला त्रिशूली जलविद्युत् आयोजनाको सुरुङबाट २०८ जनाको उद्धार टनेलमा फसेकाको उद्धार गर्न नेपालले भारत र चीनसँग माग्यो सहयोग बाढी–पहिरोले मुख्य सडक अवरुद्ध भएपछि धादिङबेसी जोड्ने वैकल्पिक मार्ग सञ्चालनमा भोटेकोशी बाढी प्रभावितको उद्धार–राहत तीव्र बनाउन प्रधानमन्त्रीलाई आङ्देम्बेको ९ बुँदे माग त्रिशूली बाढीले नुवाकोटमा ठूलो क्षति, ५१ शव फेला, ४०५ अझै बेपत्ता दुर्गन्ध र संक्रमणको जोखिमपछि चितवनमा २२९ शव जमिनमा व्यवस्थापन गरिँदै रसुवाको बाढीले नारायणीमा बढ्यो बहाव, पश्चिम चितवनका बस्ती उच्च जोखिममा भोटेकोशी बाढीले अवरुद्ध काठमाडौँ–मुग्लिन सडक खुल्यो भोटेकोशीमा फेरि बाढीको जोखिम, नदी थुनिएर बनेको ताल फुट्ने सम्भावना धादिङमा बाढीले बगाएर ल्याएको सेफ फोडेर रकम निकाल्ने २९ जना पक्राउ रसुवाको भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या ६२६ पुग्यो, २ हजार ४२६ अझै बेपत्ता बाढीपहिरोमा मृत्यु हुनेको संख्या ५५३ पुग्यो न्युजिल्याण्डका खेलाडीलाई हराउँदै रवीन्द्र ढाँट ‘रोड टू यूएफसी’को फाइनलमा त्रिशूली–नारायणीमा भेटिएका शवमध्ये दुईको पहिचान भोटेकोशी बाढीको कहर : २८ प्रहरी सम्पर्कविहीन, ४८९ शव बरामद विपद्को सामना गर्न सबै पक्ष एकजुट हुनुपर्छ : कुलमान घिसिङ बाढीपहिरो प्रभावितका लागि प्रधानमन्त्रीसहित मन्त्रीहरूले एक महिनाको तलब दिने