२०८३, ५ जेष्ठ मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘जनताले विकल्प चाहेका छन्’

२०७८, २९ चैत्र मंगलवार ११:५०

चैत्र २९, काठमाडौँ | राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रवक्ता सगुन सुन्दर लावतीले स्थानीय तहको निर्वाचनमा मतदाताको छनौटमा परिवर्तन आउने जिकिर गरेका छन् । जनताले फरक दल र फरक प्रतिनिधिलाई चुन्ने उनले दावी गरे ।

'नेपाली जनता विकल्प चाहन्छन् । त्यसकारण जनताले विगतभन्दा फरक रुपमा मतदान गर्नेछन् । जनताले फरक पार्टी र फरक उम्मेदवारलाई मत दिने छन्, जनताको प्राथमिकता र चाहनामा परिवर्तन आउने छ,’ प्रवक्ता लावतीले भने । भारतको आवधिक निर्वाचनहरूमा कांग्रेस आईको घट्दो लोकप्रियता र भाजपाको उदय चित्रण गर्दै लावतीले आगामी निर्वाचनमा मतदाताको प्राथमिकता परिवर्तन हुने दावी गरे ।

पाथीभरा याङवरक गाउँपालिकास्तरीय चुनावी भेलालाई सम्बोधन गर्दै लावतीले सो विचार व्यक्त गरेका हुन् । ‘सबैभन्दा बढी भ्रष्टाचार स्थानीय तहमा हुने गरेको अवस्था विद्यमान छ । यस्तो कहालीलाग्दो अवस्थालाई चिरेर राप्रपाले भ्रष्टाचारमुक्त प्रशासन कायम गर्ने छ । राप्रपाका कुनै पनि प्रतिनिधिले भ्रष्टाचार गर्ने छैन, गर्न दिने छैन । समाजको यो महारोग पूर्ण नियन्त्रण गर्नेछ,' उनले भने ।

लावतीले राप्रपाले जितेका स्थानमा १२ कक्षासम्म निशुल्क शिक्षा उपलब्ध गर्ने बताए ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अब अनलाइन माध्यमबाटै प्रहरीमा उजुरी तथा गुनासो दर्ता गर्न सकिने यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु प्रधानन्यायाधीशको शपथ ६:१० बजे दुर्गा प्रसाईंविरुद्ध विद्युतीय कारोबार ऐन र राज्यविरुद्धको कसुरमा मुद्दा दर्ता मन्त्रीपरिषद बैठक सुरु नक्कली लालपुर्जा बनाएर जग्गा पास गराउन खोज्ने तीन जना पक्राउ विद्यार्थी संगठन खारेज गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्चमा रिट भगवानको रक्षा गर्नुपर्ने बेला भएको छ : सांसद खरेल सरकारको नीति गरिब होइन, गरिबी भगाउने हुनुपर्छ: विष्णुमाया बिक प्रतिनिधिसभाको बैठक सुरु प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक सुन-चाँदीको मूल्य बढ्यो विद्यादेवी भण्डारीलाई पार्टी सदस्यता दिने एमालेको निर्णय घुस लिएको अभियोगमा नायब सुब्बाविरुद्ध मुद्दा दायर नेप्सेमा सामान्य गिरावट स्कटल्यान्डविरुद्ध नेपाल ६ विकेटले विजयी एमाले सचिवालय बैठक जारी सुनको मूल्य बढ्यो नेपाललाई स्कटल्याण्डले दियो १९५ रनको सामान्य लक्ष्य वायु प्रदर्शनका कारण धेरैजना क्यान्सर पीडित भएका छन् : इन्दिरा राना मगर