१३ पुष २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विजुक्छेदेखि विप्लवसम्मलाई तान्ने कसरतमा ओली

३ बैशाख २०७९, शनिबार १०:१८

वैशाख ३, काठमाडौँ | लोसपाका पार्टी अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो दुवै गठबन्धनका शीर्ष नेताहरूसँग चुनावी तालमेल तथा सिट बाँडफाँटको छलफलमा छन् । एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवासँग ठाकुर र महतो समानान्तर रूपमा छलफल गरिरहेका छन् । जुन गठबन्धनमा आफूलाई बढी फाइदा हुन्छ सोही गठबन्धनमा सहभागी हुने रणनीति लोसपाको छ ।

लोसपाको तराई मधेसमा राम्रो प्रभाव रहेको छ । यस्तै, मधेसको नयाँ तर शक्तिशाली भनिएको डा. सिके राउत नेतृत्वको जनमत पार्टी कुनै पनि गठबन्धनमा सहभागी भइसकेको छैन । जनमत पार्टीसहित हृदयेश त्रिपाठी नेतृत्वको जनता प्रगतिशील पार्टी नेपाल (जप्रपा), वृशेषचन्द्र लाल नेतृत्वको तराई मधेस लोकतान्त्रिक पार्टी (तमलोपा)लाई आफू नेतृत्वको गठबन्धनमा सहभागी गराउन एमाले अध्यक्ष ओली सक्रिय छन् । आन्तरिक रूपमा ओलीले अन्य साना कम्युनिस्ट पार्टीलाई समेत आफ्नो गठबन्धनमा सहभागी गराउन प्रयास जारी राखेका छन् । नारायणमान विजुक्छे नेतृत्वको नेपाल मजदुर किसान पार्टी, सिपी मैनाली नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (माले), नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीलगायतलाई आफू नेतृत्वको गठबन्धनमा सहभागी गराएर ओलीले सत्तारूढ गठबन्धनलाई चुनौती दिन खोजेका छन् । आजको राजधानी दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आइतबार एमाले सचिवालय बैठक निर्वाचनमा सहभागी हुने प्रमुख दलका शीर्ष नेताहरूको प्रतिबद्धता निर्वाचनलाई सफल बनाउन दलहरुसँग प्रधानमन्त्रीको आग्रह प्रधानमन्त्री कार्की र तीन शीष नेताबीच छलफल जारी जेनजी आन्दोलनमा फरार कैदीको भारतमा मृत्यु सरकारले नागरिकमा विश्वास र आशा जगाउने प्रयास गरेको छः गृहमन्त्री अर्याल जापानको टोकियो नजिकै सडक दुर्घटना, दर्जनौँ घाइते कानुनी र प्रक्रियागत अवरोध नहटाएसम्म द्रुत विकासको सपना पूरा हुँदैनः मन्त्री घिसिङ शान्ति प्रक्रियामा ६० दिनको युद्धविराम आवश्यकः जेलेन्स्की देश नयाँ शिराबाट अगाडि बढ्छः मन्त्री घिसिङ ‘पहाड भो मलाई’ बोलको गीत सार्वजनिक प्रधानमन्त्री कार्कीसँग प्रमुख दलका शीर्ष नेताबीच छलफल हुँदै शान्ति प्रयासमा कूटनीतिक समन्वय आवश्यकः ट्रम्प ७५० केजी गाँजासहित दुई जना पक्राउ लागुऔषध मुद्दामा कैद भुक्तान गरिरहेका फरार व्यक्ति पक्राउ यी स्थानमा काटिदैछ बिजुली गाडीको ठक्करबाट एक जनाको मृत्यु रोक लगाइएको २१ बर्षपछि इराकमा कार्यरत हजारौं नेपालीहरुले पाउने भए श्रम-स्वीकृति निर्वाचनको विकल्प छैन : संयोजक दाहाल राजनीतिमा धैर्यता र समर्पण आवश्यक : महासचिव पोखरेल