२० माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

तपाइको आज: वृषलाई आर्थिक लाभ, अरु राशीकाे कस्ताे छ आजकाे दिन ?

४ बैशाख २०७९, आईतवार ०२:५०

वैशाख ४, काठमाडौँ । 

मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ) : आजको दिन स्वास्थ्यमा समस्या हुनसक्छ ख्याल राख्नुहोला । मनमा अनेक सोच र चिन्ता छाउने छ । त्यसैले मेष राशिका जातकले सकारात्मक सोच राख्नु होला । आजको दिन आर्थिक व्यय हुनेछ । आजको दिन उत्तर दिशा तर्फ यात्रा नगर्नुहोला । बिहान सूर्योदयको दर्शन गर्नुहोला ।

वृष  (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो) : वृष राशिका जातका लागि आज अर्थलाभ हुनेछ । व्यापारबाट नसोचेको आर्थिक लाभ प्राप्त हुनेछ । दाम्पत्य जीवनमा सुख प्राप्त हुनाका साथै यात्राको अवसर प्राप्त हुनेछ । पूर्वदिशा तर्फको यात्रा फलदायी  हुनेछ । मनमा सकारात्मक सोच र खुसी हुने खबरले उत्साह थपिने छ । सकारात्मक सोचपरक काम गर्नुहोला ।  

मिथुन (क.कि.कु.घ.ङ.छ.के.को.ह) : धनलाभ र नयाँ सुखद खबरले तपाईलाई खुसियाली छाउने छ । घरपरिवार र आफन्तसँग केही विषयमा विवाद हुनसक्छ । आजको दिन कम बोल्ने र अर्काका कुरा सुन्ने गर्दा राम्रो हुनेछ । राम्रो काम गर्न खोज्दा पनि अनावश्यक आरोप लाग्न सक्छ । कम बोल्नु र आफ्नो नियमित काम गर्नु बुद्धिमानी हुनेछ । चन्द्रमाको साथ छ । शुभकार्य गर्दा शुभ दिन छ । विहान सूर्योदयको दर्शन गर्दा फलदायी दिन र सप्ताह हुनेछ । 

कर्कट (हि.हू.हे.हो.डा.डि.डु.डे.डो) : आजको दिन यात्रा गर्न लाग्नु भएको छ भने पश्चिमतर्फको यात्रा सफल हुनेछ । तपाईंले सोच र परिवारका कुरा नमिल्दा नकारात्मक सोच आउनसक्छ । त्यसैले आजको दिन सोच विचार पुर्‍याएर निर्णय गर्नु वेश हुनेछ । आइतबार बिहान सूर्योदयको दर्शन र कुमारी कन्यालाई केही उपहार र खानेकुरा दिनु वेश हुनेछ ।

सिंह (मा.मि.मु.मे.मो.टा.टि.टु.टे) : सिंह राशिका जातकले आइतबारको बिहान सूर्योदयको दर्शन गर्नुहोला । आजको दिन तपाईंको अनुकूल रहेको छ । त्यसैले केही नयाँ कामको शुरुवात गर्न सक्नुहुनेछ । तपाईले कसैलाई सहयोग गर्नुभए वापत तपाईलाई मानसम्मान मिल्नेछ । पारिवारका सदस्यहरुले समेत तपाईलाई तारिफ गर्नेछन् । कसैसँग पनि विवाद हुने काम नगर्नुहोला । कम बोल्नु बुद्धिमानी हुनेछ ।

कन्या (टो.प.पी.पू.ष.ण.ठ पे.पो) : छोटो दुरीको यात्रा हुनसक्छ । नयाँ र संत्सगी मित्रहरुहरुसँगको भेटले काममा उत्साह थपिने छ । आफन्त र मित्रजनबाट साथ र सहयोगको प्रस्ताव आउनसक्छ । आजको दिन नयाँ बस्त्र खरिद गरेर लगाउन राम्र्रो हुनेछ । कुनै कन्यालाई फल र दक्षिण दिनुभयो भने तपाईलाई उनको आशीर्वादले तपाईमा सकारात्मक सोच बढ्ने छ । बृद्ध व्यक्तिलाई खाना र नाना उपहार दिनु राम्रो हुनेछ । 

तुला ( रा.री.रु.रे.रो.ता.ती.तु.ते) :मनमा सकारात्मक सोच राखेर काम गर्न आवश्यक छ । व्यापारमा हुनुहुन्छ भने आजको दिन तपाईंलाई हानीहुनसक्छ । यस्तो अवस्थामा धैर्यको आवश्यकता हुन्छ । आत्तिनु र दुःखी हुन भन्दा पनि सकारात्मक सोच राखेर अघि बढ्नु होला । अर्थलाभ हुनेछ, कसैप्रति गलत भावना नराख्नुहोला । 

वृश्चिक (तो.ना.नि.नु.ने.नो.या.यि.यु) : बिहान सूर्योदयको दर्शन गरेर अघि बढ्नु होला । मनमा प्रसन्नता र उत्साह बढ्ने छ । तपाईले कुनै नयाँ कामको शुरुवात समेत गर्न सक्नुहुनेछ । आज शुरुवात गरेको कामबाट एक महिनाभित्र सफलता प्राप्त हुनेछ । नयाँ क्षेत्र र लगानीको काम गर्नुछ भने आज उपयुक्त समयमा काम अघि बढाउन सक्नुहुनेछ । 

धनु (ये.यो.भा.भी.भु.ध.फा.ढ.भे) : सन्तानबाट सुख र स्त्रीजातिको साथ सहयोगले राम्रो काम गर्नुहुनेछ । आफ्नो स्वास्थ्यमा ध्यान दिनुहोला । आजको दिन ब्यर्थमा समय खर्च र अनावश्यक आर्थिक भार थपिने छ । तपाईमाथि अनावश्यक आरोप लाग्नसक्छ । त्यसैले आजको दिन कुनै देवालय, शिवालयको यात्रापछि मात्र आजको दिनको शुरुवात गर्नुभयो भने ग्रहहरुको प्रभावले तपाईको कार्यकुशलता बृद्धि हुनेछ ।

मकर (भो.जा.जी.जू.जे.जो.ख.खि.खु.खे.खो.गा.गी) : व्यापारबाट लाभ हुने देखिन्छ । परिवार र आफन्तजनको साथ सहयोगबाट तपाईंले नयाँ काम शुरुवात गरौं भन्ने सल्लाह आउनसक्छ । सकारात्मक सोच र मनमा उर्जा थपिने छ । आफूले गरिरहेको कामबाट मानसम्मान प्राप्त हुनसक्छ । बृद्ध र बालकलाई मानसम्मान गर्नहोला । नयाँ कामको शुरुवात गर्दा शुभ हुनेछ । कसैसँग विवाद हुने काम र कुरा नगर्नुहोला।

कुम्भ (गु.गे.गो.सा.सी.सु.से.सो.द) : मनमा आज  प्रसन्नता छाउने छ । कुम्भ राशिका जातकले आजको दिन सोचअनुसारको काम  र शत्रुमाथि विजय प्राप्ति हुनेछ । ब्यापारबाट प्राप्तबाट धनलाई सामाजिक सेवामा खर्च गर्नुहोला । सामाजिक सेवा गर्दा मानसम्मान मिल्नेछ । सबैको हित हुने सोच र काम गर्नुभएको छ भने अप्रत्याशित फल प्राप्त हुनेछ ।

मीन(दी.दु.थ.झ.ञ.दे.दो.च.ची) : बिहान सूर्योदयको दर्शन गरेर नजिक वा देवालयको दर्शन गर्नु उत्तम छ । अध्ययन अध्यापनको क्षेत्रमा सफलता मिल्नेछ । कुनै नयाँ काम गर्न खोज्नुभएको छ भने आइतबार तपाईका लागि उत्तम दिन हो । सरकारी झमेलामा पर्नुभएको छ भने आजको दिन पहल गर्नुभयो भने साताभित्र तपाईंको काम सम्पन्न हुनसक्नेछ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कम्बोडिया पठाउने भन्दै रकम ठगी गरेको अभियोगमा एक जना पक्राउ राष्ट्रपति पौडेलद्वारा जापानका लगानीकर्तालाई नेपालमा लगानी गर्न आह्वान त्रिभुवन विमानस्थलका भन्सार अधिकृतसहित तीन कर्मचारी अख्तियारको नियन्त्रणमा रवि लामिछानेको राहदानी दुरुपयोगसम्बन्धी रिटको पेशी न्यायाधीश मल्ल र निरौलाको इजलासमा रास्वपा जुम्लाका उपसभापति तारा शाही कांग्रेसमा प्रवेश इरानसँग कूटनीतिक सम्झौता हुनेमा ट्रम्प आशावादी सुनचाँदीको मूल्यमा भारी गिरावट हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष