२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

कर्णालीमा गठबन्धनलाई उम्मेदवार टुंगाे लगाउन सकस, एमाले धमाधम सिफारिस गर्दै

४ बैशाख २०७९, आईतवार ०६:०८

 वैशाख ४, सुर्खेत | कर्णाली प्रदेशमा पाँचदलीय गठबन्धनलाई उम्मेदवार छनोट गर्न समस्या भइरहेको छ । तर, प्रमुख प्रतिपक्ष एमालेले भने धमाधम स्थानीय तहमा उम्मेदवार सिफारिस गरिरहेको छ । 

माओवादी केन्द्रका कर्णाली प्रदेश इन्चार्ज कालीबहादुर मल्लले १० जिल्लामा भएको छलफलमा कुनै सहमति नजुटेको जानकारी दिए । ‘सबै जिल्लाबाट रिपोर्ट आएको छ, तर सहमतिभन्दा विमतिकै रिपोर्ट बढी आएकाले पार्टीका प्रदेश अध्यक्ष विमला केसी  छलफल हुँदैछ,’ उनले भने, ‘रिपोर्ट जे आए पनि प्रदेशबाट सहमति गरेर केन्द्रमा ५ वैशाखसम्म रिपोर्ट पठाइने छ ।’ 

आइतबार एकीकृत समाजवादीसँग माओवादीले छलफल गर्न लागेको छ । आफ्नो हैसियातभन्दा ठूलो भाग खोजेपछि सहमति हुन नसकेको नेताहरुले बताएका छन् ।

रुकुम पश्चिममा कुनै पालिका नजितेको कांग्रेसले तीन ६ मध्ये तीन पालिकासहित जिल्ला समन्वय प्रमुख मागेपछि सहमपत हुन नसकेको माओवादीका एक नेताले बताए । सदरमुकाम मुसीकोटलाई कांग्रेसले बटमलाइन बनाएकाले समस्या भइरहेको उनको भनाइ छ । 

डोल्पामा एउटा पालिका पनि नजितेको कांग्रेसले सदरमुकामसहित तीन पालिका मागेपछि सहमति हुन नसकेको भन्दै प्रदेशमा जानकारी गराएको छ । जाजरकोटबाट सत्तासीन दलहरुले जितेको ठाउँमा सुरक्षित गर्दै एमालले जितेको ठाउँमा मात्र भागबन्डा गर्ने सहमतिसहितको पत्र प्रदेशमा पठाएको जिल्ला माओवादी जिल्ला इन्चार्ज गगनबहादुर खड्काले बताए । उनका अनुसार सदरमुकाम नै सबैको प्रतिष्ठाको विषयबन्दा सहमति ठोस सहमति हुन सकेको छैन । सदरमुकाममा एमालेले जितेका कारण त्यहाँ आफूले पाउनुपर्ने माग एकीकृत समाजवादीको छ ।

सल्यानमा पनि सदरमुकाम नै प्रतिष्ठाको विषय बनेको छ । केन्द्रबाट गरिएको सर्कुलरभन्दा बाहिर गएर छलफल गर्न थालेपछि सहमति हुन नसकेको नेताहरू बताउँछन् । सहमतिका लागि हुने गरेको वार्तामा उम्मेदवारका आकांक्षी नै बस्ने भएकाले सहमति हुन नसकेको स्रोतको दाबी छ । 

कालीकोटमा पूर्वमुख्यमन्त्री महेन्द्रबहादुर शाहीको जिल्लामा समेत भागबन्डा मिलेको छैन । पूर्वमन्त्री नरेश भण्डारीको क्षेत्र जुम्लामा पनि अहिलेसम्म कुरा मिल्न सकेको छैन ।

जिल्लाबाट आएको रिपोर्टको विषयमा आइतबार प्रदेशमा बसेर निर्णयक छलफल गर्न लागेको माओवादी केन्द्रकी प्रदेश अध्यक्ष विमला केसीले बताइन् ।  









प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह