2026-09-08 11:20 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रुस र युक्रेनसहित ७० देशका ७३८ जनाले लिए नेपालका हिमाल आरोहणको अनुमति

वैशाख ४, काठमाडौं | यसवर्ष नेपालका विभिन्न हिमाल आरोहण गर्न रुस र युक्रेनसहित विश्वका ७० देशका ७३८ जना आरोहीले अनुमति पाएका छन् । पर्यटन विभागले उनीहरुलाई आरोहणको अनुमति दिएको हो । 

विभागका अनुसार हालसम्म ९० समूहमा ७३८ जनाले २१ वटा हिमाल आरोहणका लागि अनुमति लिएका छन् । 

यसवर्ष सबैभन्दा बढीले विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि अनुमति लिएका छन् । सगरमाथा आरोहणको लागि हालसम्म २६२ जनाले अनुमति लिइसकेका छन् ।  

हिमाल आरोहणका लागि अनुमति लिनेमा सबैभन्दा बढी अमेरिकी रहेका छन् । विभागका अनुहार हालसम्म ११७ जना अमेरिकीले हिमाल आरोहणका लागि अनुमति लिइसकेका छन् । 

यस्तै, बेलायतबाट ७४, नेपालबाट ५५ जना, भारतबाट ५५ जना, फ्रान्सबाट ५० जना, क्यानडाबाट २८, रुसबाट २५, अष्ट्रेलियाबाट २४,  इरानबाट १८, जापनबाट १२, आयरल्याण्डबाट १०, नेदरल्याण्ड्सबाट १४, नर्वेबाट १२, दक्षिण कोरियाबाट १४, रोमानियाबाट ११ र युक्रेनबाट १ जनाले यसवर्ष हिमाल आरोहणको लागि अनुमति लिएका छन् । 

एन्डोरा, अर्जेन्टिना, अष्ट्रिया, बेल्जियम, ब्राजिल, बुल्गेरिया, चिली, चीन, क्रोएसिया, चेक रिपब्लिक, डेनमार्क, इक्वेडर, इजिप्ट, एल साल्भाडोर, फिनल्याण्ड, जर्जिया, जर्मनी, ग्रीस, होण्डुरस, हङकङ, इराक, आयरल्याण्ड, इजरायल, इटाली, कजाकास्तान, केन्या, लिथुवानिया, मलेसिया, मेक्सिको, मंगोलिया, मोरोक्को, न्युजल्याण्ड, न्युजल्याण्ड, ओमान, पाकिस्तान, पेरु, पोल्याण्ड, पोर्चुगल, कतार, कोसोभो, मेसेडोनिया, रोमानिया, साउदी अरब, सिंगापुर, स्लोभाकिया, दक्षिण अफ्रिका, स्पेन, स्वाजील्याण्ड, स्वीडेन, स्वीट्जरल्याण्ड, ताइवान, थाइल्याण्ड, उरुग्वे र भियतनाम लगायतका देशका नागरिकले पनि हिमाल आरोहणको लागि अनुमति लिएका छन् । 

हिमाल आरोहणको लागि अनुमति दिने क्रममा हालसम्म ३९ करोड ५१ लाख ७० हजार २३१ रुपैयाँ राजस्व उठेको विभागले जनाएको छ । सगरमाथा आरोहण गर्नेहरुबाट मात्र ३३ करोड २१ लाख १४ हजार १०० रुपैयाँ राजस्व उठेको छ । 

विभागका अनुसार यसवर्ष हिमाल आरोहण गर्न अनुमति लिनेमध्ये ५८३ जना पुरुष र १५५ जना महिला रहेका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ भोटेकोशी बाढीमा १ हजार ३५६ शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता ३९ जिल्लामा आकस्मिक बाढीको जोखिम हतारमा गरिएको पुनर्निर्माण अस्थायी हुन्छ : सभामुख अर्याल कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै सुनचाँदीको मूल्य घट्यो भोटेकोसी बाढीको १३औँ दिन राष्ट्रिय शोक, झण्डा आधा झुकाइयो