२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पल प्रकरण : नाबालिगपछि बुवाले पनि फेरे बयान, भोलि नवलपुरमा बकपत्र हुने

६ बैशाख २०७९, मंगलवार १४:१७

वैशाख ६, तनहुँ । नायक पल शाह बलात्कार प्रकाणमा नाबालिगपछि उनका बुवाले पनि बयान फेरेका छन् । मंगलबार जिल्ला अदालत तनहुँमा पीडित भनिएकी बालिकाका वुबाले बयान फेर्दै जर्बजस्ती करणी नभएको बताएका छन् । उनले उजुरीमा बलात्कार भने पनि अदालतमा बयान दिने क्रममा बलात्कार नभएको बताएका छन् । 

‘बयान पूरै फेरिएको होइन। उजुरी मैले नै दिएको हो, हस्ताक्षर पनि मेरै हो भन्ने भो । करणीको व्यहोराको जाहेरी दिए पनि पल शाहले करणी गरेको रहेनछ भन्ने बयान दिनुभयो’, जिल्ला न्याधिवक्ता रामचन्द्र शर्माले बताए । 

नाबालिग गायिकाले आइतबार बकपत्रमा जर्बजस्ती करणी नभएको बयान दिएकी थिइन् । ‘बालिकाले पनि सम्बन्ध हैन भनेर दिएकी छन् । अरु सबै स्विकार गरेकी छन् ।

शारीरिक सम्बन्ध भएको हैन भनेकी थिइन्’, उनले भने । शर्माका अनुसार अदालतमा ८ जनाको बकपत्र भएको छ । गायक दुर्गेश थापा, कमल थापा लगायत केही पलका साथीहरुको बकपत्र गरेको तनहुँ अदालतले जनाएको छ । स्वास्थ्य परीक्षणमा संलग्न डाक्टर लगायत कम्तिमा अझै १० जनाको बत्रपत्र हुने जिल्ला न्यायधिवक्ता शर्माले जानकारी दिए । बकपत्रमा बयान फेरिए पनि मिसिलमा संग्लन प्रमाणले सत्य बोल्ने उनले बताए ।

१९ गतेलाई जिल्ला अदालतले पेसी तोकिएको स्रेस्तेदार मिनबहादुर कुवँरले जानकारी दिए । सरकारी साक्षी र आउन बाँकी भएकाले झिकाउन आदेश हुने उनले बताए । 

नेपाली सांगीतिक क्षेत्रमा उदयमान गायिकालाई  सुटिङको क्रममा चिनजान भएपछि विवाह गर्ने भन्दै प्रेमको झुठो नाटक देखाएर पटक पटक करणी गर्दै आएको भन्दै ११ फागुनमा नाबालिग गायिकाको वुबाले जिल्ला प्रहरी कार्यालय तनहुँमा पल विरुद्ध जाहेरी दिएका थिए ।

अन्तिम पटक शुक्लागण्डकी नगरपालिका–४ दुलेगौँडास्थित प्रदिप थापाको घरमा राती १२ बजेतिर ति बालिकाको कोठामा प्रवेश गरेर शाहले ललाइफकाइ जबरजस्ती करणी गरेको उनका अभिभावकले दिएको उजुरीमा उल्लेख गरिएको थियो । उजुरी परेपछि शाहले १५ फागुनमा तनहुँ प्रहरी समक्ष आत्मासमर्पण गरेका थिए ।

जिल्ला अदालत तनहुँले शाहलाई १० चैतमा पुर्पक्षका लागि थुनामा पठाउने थुनछेक आदेश दिएको थियो । पल पुर्पक्षका लागि जिल्ला कारागार तनहुँमा थुनामा छन् । पीडित र उनका बुवाले बयान फेरेपछि मुद्दा कमजोर हुने आँकलन गरिएको छ ।

पल प्रकरणमा बुधबार जिल्ला अदालत नवलपुरमा पनि बकपत्र हुदैँछ । पललाई उपस्थित गराइदिन नवलपुर अदालतले पत्रचार गरेको जिल्ला कारागार तनहुँका निमित्त प्रमुख नारायण अधिकारीले जानकारी दिए । 

‘साक्षीहरु र स्वास्थ्य परिक्षण गर्ने चिकित्सकको बकपत्र हुने भएकाले उपस्थित गराउनू भनेर पत्राचार भएको छ’, उनले भने ।

पीडितका अभिभावले नवलपुरमा पनि उजुरी दिएका थिए ।   

गैँडाकोटमा सुटिङको क्रममा मादक पदार्थ खुवाएर जर्बजस्ती करणी गरेको उजुरी परेपछि मुद्धा दर्ता भएको हो । २३ चैतमा जिल्ला अदालत नवलपुर थुनछेक आदेश जारी गर्दै पललाई थुनामा राख्ने आदेश दिएको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ