१९ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेकपा समाजवादी र गौरवशाली पार्टीबीच एकता घोषणा (तश्वीर सहित)

६ बैशाख २०७९, मंगलवार १४:५७

वैशाख ६, काठमाडौँ । माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टी र भविसोर पराजुली नेतृत्व रहेको नेकपा गौरवशाली पार्टीबीच एकीकरण भएको छ । मंगलबार काठमाडौमा आयोजित कार्यक्रममा दुई पार्टीबीच एकता गरिएको हो ।


पार्टी एकता घोषणा कार्यक्रममा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, महासचिव डा. बेदुराम भुसालसहित शीर्ष नेता सहभागी थिए भने गौरवशाली पार्टीका अध्यक्ष भविसोर पराजुली लगायत उक्त घटकका नेताहरु सहभागी थिए । कार्यक्रममा अध्यक्ष पराजुलीले नेपालको कम्युनिस्ट आन्दोलनलाई अघि बढाउन सच्चा कम्युनिस्ट पार्टीबीच एकता हुन आवस्यक रहेकाले आफ्नो नेतृत्वको पार्टी समाजवादीमा एकीकरण गरेको बताए । 


नेता पराजुलीले सच्चा र इमान्दार कम्युनिष्ट बिचारधारा भएका अन्य धेरै पार्टीलाई समाजवादीमा आउन अपिल गरे । २०७० सालमा माओवादीले चुनाव हारेपछि १० वटा माओवादी पार्टीबीच एकता प्रयास गरे पनि एकाएक एमालेसँग एकता गरेपछि ओली नेतृत्वलाई अस्विकार गरेर आफूहरू अलग भएको पराजुलीले बताए । उनले नेकपा एमालेसँगको एकता सैद्धान्तिक वैचारिक नभएको र केपी ओली कम्युनिस्ट पनि नभएकाले आफूहरू तात्कालिन समयमा एकतामा सहभागी नभई माओवादीमै रहेको बताए । 


पराजुलीले माधव नेपालको नेतृत्वमा कम्युनिस्ट क्रान्ति सफल हुने ठहर गर्दै नेकपा एससँग एकता गरिएको बताएका छन् ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार