२०८२, १७ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेकपा समाजवादी र गौरवशाली पार्टीबीच एकता घोषणा (तश्वीर सहित)

२०७९, ६ बैशाख मंगलवार १४:५७

वैशाख ६, काठमाडौँ । माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टी र भविसोर पराजुली नेतृत्व रहेको नेकपा गौरवशाली पार्टीबीच एकीकरण भएको छ । मंगलबार काठमाडौमा आयोजित कार्यक्रममा दुई पार्टीबीच एकता गरिएको हो ।


पार्टी एकता घोषणा कार्यक्रममा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, महासचिव डा. बेदुराम भुसालसहित शीर्ष नेता सहभागी थिए भने गौरवशाली पार्टीका अध्यक्ष भविसोर पराजुली लगायत उक्त घटकका नेताहरु सहभागी थिए । कार्यक्रममा अध्यक्ष पराजुलीले नेपालको कम्युनिस्ट आन्दोलनलाई अघि बढाउन सच्चा कम्युनिस्ट पार्टीबीच एकता हुन आवस्यक रहेकाले आफ्नो नेतृत्वको पार्टी समाजवादीमा एकीकरण गरेको बताए । 


नेता पराजुलीले सच्चा र इमान्दार कम्युनिष्ट बिचारधारा भएका अन्य धेरै पार्टीलाई समाजवादीमा आउन अपिल गरे । २०७० सालमा माओवादीले चुनाव हारेपछि १० वटा माओवादी पार्टीबीच एकता प्रयास गरे पनि एकाएक एमालेसँग एकता गरेपछि ओली नेतृत्वलाई अस्विकार गरेर आफूहरू अलग भएको पराजुलीले बताए । उनले नेकपा एमालेसँगको एकता सैद्धान्तिक वैचारिक नभएको र केपी ओली कम्युनिस्ट पनि नभएकाले आफूहरू तात्कालिन समयमा एकतामा सहभागी नभई माओवादीमै रहेको बताए । 


पराजुलीले माधव नेपालको नेतृत्वमा कम्युनिस्ट क्रान्ति सफल हुने ठहर गर्दै नेकपा एससँग एकता गरिएको बताएका छन् ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
संसद् सचिवालयद्वारा सर्वदलीय बैठक आह्वान सुनचाँदीको मूल्य बढ्यो मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो