१९ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

मुख्यमन्त्री शाहीले सुनाए प्रगतिको पोको

७ बैशाख २०७९, बुधबार १२:१०

 वैशाख ७, सुर्खेत | कर्णालीका मुख्यमन्त्री जीवनबहादुर शाहीले प्रगति विवरण सुनाएका छन् । उनले १७० किलोमिटर सडकको ट्याक ओपन गरिएको बताए । त्यस्तै ३० किलोमिटर सडकको स्तरउन्नति र ११ किलोमिटर कालोपत्रे गरिएको शाहीले बताएका छन् ।

एक सय घरधुरीलाई विद्युतीय ऊर्जामा पहुँच पुर्‍याई वस्ती उज्यालो बनाइएको उनको प्रगति विवरणमा उल्लेख छ । जडीबुटी विकासमार्फत ५०० हेक्टर जमिनमा जडीबुटी खेती सुरु गरिएको शाहीले बताए ।

पर्यटन प्रवर्द्धन गर्नका लागि चिनिया र अंग्रेजी भाषाको  वेबसाइट निर्माण गरिएको मुख्यमन्त्री शाहीले बताए । अन्य प्रदेशले बढाएको तलब, भत्ताभन्दा आफ्नो प्रदेशमा बढाएको तलब भत्ता कम भएको भन्दै मुख्यमन्त्री शाहीले संघ सरकारको अनुमतिले बढाउने काम भएको बताए । रुकुम पश्चिम, डोल्पा, सल्यान, हुम्ला र दैलेखमा जिल्ला अस्पताल निर्माण कार्य जारी रहेको समेत उनले जानकारी दिए । 

कर्णालीमा ८१ वटा खेलमैदान निर्माण गरिनुका साथै ७९ वटा पालिकामा ४०० कक्षा कोठा निर्माण गरिएको बताएको छ । १ हजार २ सय ३९ हेक्टर जमिनमा सिँचाइ सुविधा पुगेको उनले जानकारी दिए । ६६ वटा सामुदायिक इकाई पुनर्स्थापना भएर स्थानीय तह मार्फत काम भइरहेको बताएको छ । 

चिकित्सक, स्वास्थ्यकर्मी तथा मेडिकल अधिकृतहरू गरी ७३ जनालाई परिचालन गरिएको छ । ४०० घरधुरी विपन्न परिवारको घर निर्माणको काम चलिरहेको बताए । डोल्पामा अस्पतालमा नयाँ जेनेरेटर खरिद गरेर काम सुरु भएको अन्य कुराको कुनै पनि जानकारी नगराएको मुख्यमन्त्री शाहीले बताए ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार