भदौ १५, काठमाडौं । नेपाली सेनाले अधिकृत क्याडेट पदमा दरखास्त आहृ"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

भदौ १५, काठमाडौं । नेपाली सेनाले अधिकृत क्याडेट पदमा दरखास्त आहृ"/>

२० माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

नेपाली सेनामा जागिर खुल्यो

१५ भाद्र २०७३, बुधबार ०५:५२


भदौ १५, काठमाडौं । नेपाली सेनाले अधिकृत क्याडेट पदमा दरखास्त आहृवान गरेको छ । पाली सेना भर्ना छनौट निर्देशनालय कार्यरथी विभाग, जंगी अड्डाले १५० जना क्याडेटका लागि दरखास्त आहृवान गरेको छ ।

यस्तै महिलातर्फ १३, आदिवासी जनजातितर्फ २२, मधेसी १९, दलित १०, पिछडिएको क्षेत्र ३ र खुलातर्फ ८३  पदका लागि विज्ञापन खोलिएको छ । भदौ १५ गते बुधबारदेखि असोज १३ गतेसम्म  दरखास्त दिन सकिनेछ । छुटेकाहरुले भने दोब्बर दस्तुर तिरेर समय सकिएको एकहप्ता पछि सम्म दरखास्त दिन सक्नेछन् । 

आवेदनका लागि जंगी अड्डढा, भद्रकाली, पूर्वी पृतना हेडक्वाटर इटहरी, मध्य पृतना हेडक्वाटर हेटौडा, पश्चिम पृतना पोखरा, मध्य पश्चिम पृतना सुर्खेत, सुदूर पश्चिम पृतना दिपायमा तोकिएको सेनाले जनाएको छ । दरखास्त सेनाको वेब साइट http://www.nepalarmy.mil.np/ मार्फत अनलाइन फर्म भर्न सकिनेछ ।

यस्तै विभागका अनुसार सबै उम्मेद्वारले खुलातर्फ अनिवार्य रुपले फारम भर्नु पर्नेछ भने फारमको दस्तुर एक हजार रुपैयाँ बुझाउनुपर्नेछ । यदी कुनै उम्मेदवारले समावेशीतर्फ दरखास्त दिन ईच्छुक भए त्यस बापत हरेक समूहको लागि थप २० प्रतिशतका दरले दस्तुर बुझाउनुपर्नेछ । 

यस्तै दरखास्त दिने उम्मेद्वारको शैक्षिक योग्यताको हकमा मान्यता प्राप्त शिक्षण संस्थाबाट प्रमाणपत्र तह वा सो सरह स्नातक तह वा सो सरह उत्तीर्ण गरेको हुनुपर्ने छ भने बिदेशमा एसएलसी वा प्रमाणपत्र तहको परीक्षा उत्तीर्ण गर्नेको हकमा अनिवार्य गणित विषय लिएको हुनुपर्नेछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नक्कली शैक्षिक प्रमाणपत्र बनाई ठगी गर्ने कार्यमा संलग्न रहेको आरोपमा ७ जना पक्राउ नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार कम्बोडिया पठाउने भन्दै रकम ठगी गरेको अभियोगमा एक जना पक्राउ राष्ट्रपति पौडेलद्वारा जापानका लगानीकर्तालाई नेपालमा लगानी गर्न आह्वान त्रिभुवन विमानस्थलका भन्सार अधिकृतसहित तीन कर्मचारी अख्तियारको नियन्त्रणमा रवि लामिछानेको राहदानी दुरुपयोगसम्बन्धी रिटको पेशी न्यायाधीश मल्ल र निरौलाको इजलासमा रास्वपा जुम्लाका उपसभापति तारा शाही कांग्रेसमा प्रवेश इरानसँग कूटनीतिक सम्झौता हुनेमा ट्रम्प आशावादी सुनचाँदीको मूल्यमा भारी गिरावट हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या