Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

छोराको मिर्गौला आमालाई

By साझासवाल 2 मिनेट पढाइ

<p><b>वैशाख ८, काठमाडौँ </b>| ललितपुर, महालक्ष्मी नगरपालिका-५ टिकाथलीका दुवै मिर्गौला फेल भएका ५९ वर्षीया सावित्रीमहर्जनको बुधबार सफलतापूर्वक मिर्गौला प्रत्यारोपण गरिएको छ। उनलाई उनकै २२ वर्षे छोरा जर्ज महर्जनले आफ्नो एउटा मिर्गौला प्रदान गरेका हुन् ।</p><p>ललितपुरको किस्ट मेडिकल कलेज शिक्षण अस्पतालमा बुधबार बिहान मानव अंग प्रत्यारोपण विभागका सर्जन डा.नारायण भुषालको नेतृत्वमा चिकित्सक टोलीले मिर्गौला प्रत्यारोपण गरेको हो। प्रत्यारोपण टोलीमा किस्ट अस्पतालका मिर्गौला प्रत्यारोपण नेफ्रोलोजिस्ट डा.सन्तोष क्षेत्री, इन्टरनल मेडिसिनका डा.निकेश बज्राचार्य, एनेस्थेसिया विभागका प्राडा रामभक्त कोज, डा.महालक्ष्मीदेउजा रडा.स्मृति कोइरालाको साथै नर्सहरू, एनेस्थेसिया विज्ञका साथ मुटुरोग विशेषज्ञको टोली खटिएको थियो। आजको नेपाल समाचारपत्र दैनिकमा समाचार छ ।</p><p><br></p>