2026-07-24 09:56 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘अर्थतन्त्र बिग्रनुमा केपी शर्मा ओली पनि दोषी छन्’

 वैशाख ८, काठमाडौँ |अर्थविद्हरूले देशको अर्थतन्त्र बिग्रनुमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली पनि दोषी भएको बताएका छन् । नेपाल बुद्धिजीवि परिषद्ले बिहीबार आयोजना गरेको कार्यक्रममा बोल्दै पूर्वगभर्नर तिलक रावलले अर्थतन्त्र बिग्रनुमा वर्तमान प्रधानमन्त्री र अर्थमन्त्री मात्रै दोषी नरहेको बताएका हुन् ।’निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार छाड्दा अर्थतन्त्र अब्बल स्थितीमा रहेको थिएन,’ उनले भने, ‘ओलीले छाड्दा पनि देशको अर्थतन्त्रको स्थिति नकरात्मक नै थियो ।’

त्यसैले, अर्थतन्त्र बिग्रनुमा वर्तमान सरकार मात्रै दोषी नभएको रावलको भनाइ थियो । देशको अर्थतन्त्र अनियन्त्रित आयात मूख्य कारण रहेको र यसलाई घटाउनै पर्ने बाध्यता हाम्रो सामू रहेको रावलको भनाइ छ । यसैगरी, उत्पादनमूलक उद्योगलाई प्रोत्साहन गरेर निर्यात वृद्धिमा समेत जोड दिइनुपर्ने उनले बताए ।

यस्तै, पूर्व अर्थसचिव रामेश्वर खनालले एकले अर्कालाई दोष देखाउनुभन्दा पनि मिलेर समाधान खोज्नुपर्ने बताए । उनले आरोप/प्रत्यारोपणमा उत्रनुभन्दा समस्या समाधानतर्फ अघि बढ्नुपर्ने समेत बताए । कोभिड–१९ महामारीको समयमा उद्योगहरूले राखेको कच्चा पदार्थको मौज्दात सकिएको र महामारी नियन्त्रणतर्फ आएपछि आयात बढाउँदा समग्र आयात बढेको देखिएको खनालको भनाइ छ ।

यसैगरी, देशको कूल गार्हस्थ उत्पादन र सबैभन्दा बढी रोजगारी दिएको क्षेत्र कृषि प्राथमिकतामा नपर्दा आयात बढेको खनालले बताए । ‘नेपाललाई कृषि प्रधान देश भनिन्छ । तर, खर्बौं रुपैयाँको कृषि सामाग्री र खाद्यान्न आयात हुन्छ,’ खनालले भने, ‘यसबाट देशको समग्र अर्थतन्त्र नै धरासायी बनेको छ ।’ यही गतिमा आयात भइरहे र पर्यटन तथा रेमिट्यान्स नसुध्रिएमा देशको अर्थतन्त्र श्रीलंकाकै जस्तो बन्ने सम्भावना समेत रहेको खनालले बताए ।

परिषद्का अध्यक्ष दिनेशचन्द्र देवकोटाले पेट्रोलियम पदार्थको आयात ह्वात्तै बढ्दा र अन्तर्राष्ट्रिय बजारमा यसको मूल्य बढ्दा भुक्तानी सन्तुलनमा चाप परेको जानकारी दिए । यसका साथै, खाद्यान्नको आयात समेत निरन्तर उकालो लाग्दा तथा विदेशी पर्यटक नआउँदा विदेशी मुद्रा आर्जनको स्रोत रोकिएपछि डलरको सञ्चितीमा चाप परेको देवकोटाले बताए । योजना आयोगका पूर्व उपाध्यक्ष समेत रहेका देवकोटाले आयात नियन्त्रण गर्नु र उत्पादन बढाउनु नै अर्थतन्त्रमा देखिएको समस्याको समाधान भएको बताए |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक