२५ मंसिर २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अबको कोरोना संक्रमण तेस्रो लहरकै रूपमा आउने, के भन्छन बिज्ञहरु ?

९ बैशाख २०७९, शुक्रबार ०३:०३

वैशाख ९, काठमाडौँ । भारतमा कुनै पनि संक्रामक रोग फैलिएसँगै नेपालमा समेत फैलिने गरेको अनुभवबाट नेपालमा पनि पुनः कोरोना संक्रमण फैलिने सरुवा रोग विशेषज्ञहरूले औँल्याएका छन् । भारतमा फैलिएपछि नेपालमा सम्भावित संक्रमणको जोेखिमलाई नियन्त्रण गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सीमा नाका र अन्तर्राष्ट्रिय विमानास्थलको हेल्थ डेस्कलाई उच्च सर्तकता अनपाउन निर्देशन दिएको जनाइएको छ।

बिहीबार राष्ट्रिय इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले बिहीबार विज्ञप्तिमार्फत भारतमा कोरोना संक्रमण बढ्न थालेपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र छिमेकी सीमा नाकाका सबै हेल्थ डेस्कमा उच्च सतर्कता अपनाउन निर्देशन दिइएको जनाएको हो। ‘हामीले प्रत्येक नाकालाई निर्देशन दिइसकेका छौं। भारतबाट आउनेमा संक्रमण फेला परे जिन सिक्वेन्सिङ गर्छौैं,’ राष्ट्रिय इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा। चुमनलाल दासले भने।

महाशाखाका अनुसार सीमा नाकाहरू सुनौली, पशुपतिनगर, काँकडभिट्टा, रानी, इनरुवा, गौर, माडर, रसुवागढी, तातोपानी, जमुनाह, बेलहिया, कृष्णनगर, त्रिनगर, गड्डाचौकी, भिट्टामोड, झुलाघाट, पुलघाट, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका हेल्थ डेस्कलाई स्क्रिनिङ र परीक्षण कार्यलाई उच्च प्राथमिकता दिन सरकारले निर्देशन दिएको छ।

भारतमा देखिएको संक्रमण नेपालमा आउने सम्भावना रहेको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका अनुसन्धानका शाखाका संयोजक डा. शेरबहादुर पुनले बताए। चौथोपटक फैलिने अबको कोरोना संक्रमणको स्वरूप भने तेस्रो लहरकै रूपमा आउने उनको भनाइ छ। 

- यो समाचार नागरिक दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्धारित समयमा निर्वाचन सम्पन्न गराउन सहयोगका लागि प्रधानमन्त्रीको अनुरोध प्रतिनिधिसभा निर्वाचनलाई अझ मितव्ययी, पारदर्शी र प्रविधिमैत्री बनाउन सरकार लागिरहेको छ :प्रधानमन्त्री कार्की चीनको आवासीय भवनमा आगलागी, १२ जनाको मृत्यु भन्सार एजेन्टको आन्दोलनले जाँच‘पास’ रोकियो बढ्दो भ्रष्टाचारले मानव अधिकार सुनिश्चित गर्ने मार्गमा गम्भीर चुनौती थपेको छः उपसभामुख राना सुनचाँदीको मूल्य बढ्यो एनपिएलः एलिमिनेटरमा काठमाडौँ र लुम्बिनी भिड्दै प्रधानमन्त्रीसँग जेनजी आन्दोलनका अगुवा सुधन गुरुङद्वारा भेटवार्ता सुदूरपश्चिमद्वारा विराटनगरलाई १ सय ५६ रनको लक्ष्य सञ्चारमन्त्री खरेलद्वारा एनपिएल अवलोकन भन्सार एजेन्ट आन्दोलित नयाँ समझदारीका लागि सरकारले नेतृत्व लिनुपर्छ : राप्रपा एनपिएलः सुदूरपश्चिविरुद्धको खेलमा विराटनगरले टस जितेर पहिले बलिङ गर्दै नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार ओमानमा जोडिएको प्रेम सम्बन्ध बानेश्वरमा गोलीले टुट्यो… भ्रष्टाचारविरुद्धको लडाइँ एक दिनको अभियान होइन निरन्तरको सङ्घर्ष होः संयोजक दाहाल चार वटा फर्मलाई जरिवानासहित कारबाही प्रधानमन्त्री कार्कीसँग भारतीय विदेश अतिरिक्त सचिव महावरको भेट रङ्गशाला निर्माणको भुक्तानी सहजीकरणका लागि महानगरको टोली सिंहदरबारमा ठेक्का प्रणालीको उचित व्यवस्थापन नहुँदा अर्थतन्त्र र रोजगारीमा असर परेको छः मन्त्री घिसिङ