२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

तपाइको आजको दिन शुभ कि अशुभ ? हेर्नुहोस् आजकाे राशीफल

११ बैशाख २०७९, आईतवार ००:५४

वैशाख ११, काठमाडौँ । 

११ वैशाख २०७९, आइतबार । तद्नुसार अप्रिल महिनको २४ तारिक, २०२२ । आज लोकतन्त्र दिवस पनि हो ।

वैशाखकृष्ण पक्ष अष्टमी तिथि, तैतिल करण, श्रवण नक्षत्र, शुभ योग, चन्द्रमा मकर राशिमा रहेको छ । आज बिहान सूर्योदय ५ः३० मा भएकाे छ भने सूर्यास्त ६ः३३ मा हुनेछ । आजको देवता लक्ष्मी र ग्रहदेव सूर्य हुन् ।

आइतबारलाई सूर्यबार पनि भनिन्छ । सूर्य नारायणलाई प्रत्यक्ष देवता भनिन्छ सनातन धर्मशास्त्रमा । आज विहान ११ः३६ देखि १२ः२८ सम्मको समय अभिजित महूर्त रहेको छ । यो समय निकै शुभ समय मानिछ । आइतबार बिहान शुरुवात गरिएको काम साताभित्र सम्पन गर्ने योजना बनाउनु पर्दछ । हरेक साताको आइतबार महत्वपूर्ण दिन मानिन्छ ।


मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ) : व्यापारव्यवसायमा हुनुहुन्छ भने आजको दिन विहानको सूर्योदयको दर्शनपछि कार्य शुभारम्भ गर्दा अर्थ लाभ हुनेछ । परिवार र मित्रमण्डमलीबाट साथ सहयोग हुनेछ । बिहानको उदाँउदो सूर्यको र देवालयको दर्शन  गरेर काम शुरु गर्दा साताभर तपाईको कार्यसिद्ध हुनेछ ।

वृष  (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो) : तपाईंका लागि आजको दिन त्यति अनुकुल देखिदैन । यात्राको लागि अवसर आउनसक्छ ।  धार्मिक क्षेत्रको यात्रा गर्नु वेश हुनेछ । तपाईले सोचअनुसारको कार्य सफलता मिल्नेछ । आफूले विगतदेखि गर्दै आएको काममा सफलता मिल्नेछ । आजको दिन मौन रहेर व्रत गर्दा फलदायी हुनेछ ।  

मिथुन (क.कि.कु.घ.ङ.छ.के.को.ह) : मिथन राशिका जातका लागि आजको दिन परिवार र आफन्तजनमा आर्थिक विवाद हुनसक्छ । त्यसैले आजको दिन विवाद हुनसक्ने कम नगर्नुहोला । परिवारमा अनावश्यक विवाद हुन खोज्दा विवाद बढ्नसक्छ ।  आर्थिक समस्याको कारण मनमा अनेक चिन्ता र विवादका कारण तपाईले सोचअनुसार काम नहुँदा हुने चिन्ताको बीचमा सकारात्मक सोचको आवश्यकता रहेको छ ।

कर्कट (हि.हू.हे.हो.डा.डि.डु.डे.डो) : आजको दिन कर्कट राशि भएका जातकको  दाम्पत्यजीवनमा विवाद हुनसक्छ । त्यसैले आजको दिन कुनै पनि काम गर्दा धैर्यको आवश्यक छ । व्यापार ब्यबसाय र कामबाट तपाईलाई हानी हुनसक्छ । धैर्यपूर्वक सोचविचार गरेर मात्र काम गर्नुभयो भने संकट हटाउन सक्नुहुनेछ । आफ्नो नियमित काम बाहेक अन्य काम नगर्दा वेश हुनेछ ।   

सिंह (मा.मि.मु.मे.मो.टा.टि.टु.टे) : आज तपाईको मनमा प्रसन्नता छाउने छ । धनलाभ र स्वास्थ्यले पनि साथ दिने भएकाले तपाईले सोचअनुसारका काम हुँदा हुने खुसीले तपाईको मनमा विजयप्राप्तिको खुसी छाउने छ । आफूले गरेको कार्य सफलताले मनमा उत्साह छाउने छ । आजको दिन विहान सूर्योदयको दर्शन अवस्य गर्नुहोला । विवाद हुने काम र कुरा दुवै बर्जित गर्नुहोला ।   

कन्या (टो.प.पी.पू.ष.ण.ठ पे.पो) : तपाईको दाम्पत्य जीवनमा सुख, समृद्धिका लागि आजको  दिन अर्थ लाभ हुनसक्छ । कन्या राशिका जातका लागि यात्राको लागि अवसर प्राप्त हुनेछ । आजको दिन शुरु गरेको यात्राले तपाईलाई नयाँ योजना बनाउनका लागि सहयोग गर्नेछ । रचनात्मक र कलाकारितामा मन जानेछ । कमारीको फलाहार दिने र बस्त्र दान गर्नु राम्रो हुनेछ ।  

तुला( रा.री.रु.रे.रो.ता.ती.तु.ते) : तपाईको चाहना र इच्छाअनुसारको काम नहुँदा पारिवारिक तनावले गर्दा मनमा चिन्ता हुनसक्छ । आफ्नो नियमित काम बाहेक नयाँ काम  नगर्नुहोला ।  पनि विवाद हुने काम बाट टाडा रहनुहोला । विवाद गर्दा तपाईमाथि अनेक आरोप लगाउन सक्छन भने तपाईलाई हानी हुनसक्ने संभावना पनि रहन्छ ।

वृश्चिक (तो.ना.नि.नु.ने.नो.या.यि.यु)  : तपाइको आजको दिन व्यापारव्यवसायबाट सोचेभन्दा बढी धन लाभ हुने देखिन्छ । कसैबाट आर्थिक साथ सहयोग मिल्नेछ । छोटो यात्राले मनमा खुसी छाउने छ । शत्रुहरुले समेत तपाईको कार्यप्रशसा गर्ने छन् । आर्थिक कारोबार गर्दा भने अलिकति सोच, होस र विचार गर्नुहोला

धनु (ये.यो.भा.भी.भु.ध.फा.ढ.भे)  : आफन्तलाई आजको दिन भेट गर्दा तपाईलाई साथ सहयोग हुनुसक्छ । परिवारजनबाट प्राप्त हुने सहयोगले नयाँ कामको थालनी गर्नका लागि उत्साह थपिने छ । अध्ययन अध्यापन क्षेत्रमा हुनुहुन्छ भने सरस्वती र आदित्यहद्यस्तोत्र पाठ गर्दा फलप्राप्त हुनेछ । आजको दिन शुरु गरेको कार्य फलदायी हुनेछ ।   

मकर (भो.जा.जी.जू.जे.जो.ख.खि.खु.खे.खो.गा.गी) : मकर राशिको जातकको लागि अध्ययन अध्यापनमा सफलता मिल्नेछ । तपाईले विगतदेखि गर्दै आएको जे काम भएपनि त्यसको सफलताका लागि एककदम अगाडि बढ्दा तपाईलाई लाभ हुनेछ । सकारात्मक सोच र नयाँ काम गर्नका लागि हौसला प्राप्त हुनेछ । मित्र र घर परिवारको समेत साथ सहयोग रहने छ । चन्द्रमाको साथ रहेको छ । त्यसैले आजको दिन शुरुवात गरेको काम शुभ हुनेछ ।  

कुम्भ (गु.गे.गो.सा.सी.सु.से.सो.द) : कुम्भ राशिका जातकले हरेक साताको आइतबार विहान पहिले सूर्यनारायणको दर्शन गर्नुभयो भने दिन उत्तम वित्नेछ । स्वास्थ्यमा ध्यान दिनुपर्ने र यात्रा गर्नुभन्दा पहिले पूवै तयारी गर्नुहोला । अर्थलाभ, मित्रहरुको साथ सहयोग र सोचअनुसार काम हुनेछ । सामाजिक कार्यले तपाईलाई मनमा शान्ति मिल्नेछ । कसैसँग विवाद हुने काम नगर्नुहोला।

मीन(दी.दु.थ.झ.ञ.दे.दो.च.ची) : अध्ययन अध्यापनमा नयाँ सफलता प्राप्त हुनेछ । लेखक, अध्यापकको लागि नयाँ बाटो खुल्नेछ । साँझको समयका शिवालय यात्रा गर्दा फलदायी हुनेछ । सूयोदयको दर्शन उत्तम मानिन्छ । रचनात्मक कार्यमा मन जानेछ । आजको दिन बनेका कार्ययोजना पुरा गर्नुभयो भने साताका दिन फलदायी हुने योग रहेको छ । आजको दिन मौन रहनु उत्तम हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह