भदौ १५, कञ्चनपुर । भौतिक पूर्वाधार तथा यातयातमन्त्री रमेश लेखकले संविधान कार्यान्वयनका लागि स्थानीय निकायको चुनाव आवश्यक रहेको बताउनुभएको छ । 

कञ्चनपुरको बेदकोट नगरपालिकामा आज आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा उहाँले स्थानीय निकाय नि"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ १५, कञ्चनपुर । भौतिक पूर्वाधार तथा यातयातमन्त्री रमेश लेखकले संविधान कार्यान्वयनका लागि स्थानीय निकायको चुनाव आवश्यक रहेको बताउनुभएको छ । 

कञ्चनपुरको बेदकोट नगरपालिकामा आज आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा उहाँले स्थानीय निकाय नि"/>

२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

संविधान कार्यान्वयनका लागि स्थानीय निकायको चुनाव आवश्यक : मन्त्री लेखक

१५ भाद्र २०७३, बुधबार ०७:५१

भदौ १५, कञ्चनपुर । भौतिक पूर्वाधार तथा यातयातमन्त्री रमेश लेखकले संविधान कार्यान्वयनका लागि स्थानीय निकायको चुनाव आवश्यक रहेको बताउनुभएको छ । 

कञ्चनपुरको बेदकोट नगरपालिकामा आज आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा उहाँले स्थानीय निकाय निर्वाचन सम्बन्धी कार्य सरकारले चाडैं अगाडि बढाउने तयारी गरेकाले यसका लागि तयार रहन कार्यकर्तालाई आह्वान गर्नुभयो ।

मन्त्री लेखकले स्थानीय निकायको चुनाव लामो समयदेखि नहुँदा विकास निर्माणको कार्यसमेत प्रभावित भइरहेकाले सक्दो चाडो चुनाव गराउनु अनिवार्य छ भन्दै अगामी चैतभित्रमा स्थानीय निकायको निर्वाचन गराउने तयारी सरकारले गरेको बताउनुभयो । 

सरकार गठनका लागि भएको कार्यगत एकता चैतसम्ममात्रै नभएर तीनवटै निकायका निर्वाचन गराउनसम्म भएकोमा जोडदिदैं उहाँले बाढीपीडित, सुकुम्वासी र आरक्ष विस्थापित परिवारलाई पुनःस्थापन गराउनका लागि सरकाले पहल गर्ने बिचार व्यक्त गर्नुभयो । 

मन्त्री लेखकले बेदकोट नगरपालिकाको दैजी हुँदै पर्यटकीय क्षेत्र लिपनासम्मको सडक चालु आवभित्रै कालोपत्रे गर्नका लागि कार्य अगाडि बढाउने बताउँदै दैजी बेलडाँडी सडक कालोपत्रेका लागि कार्य भइरहेको जानकारी दिनुभयो । 

महाकाली नदीमाथि नेपाली भू–भागमै चार लेनको पक्की पुल निर्माणका लागि कार्यअगाडि बढिसकेको पनि उहाँले उल्लेख गर्नुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट