भदौ १५, काठमाडौँ । नेपाल र जापानबीच कूटनीतिक सम्बन्ध स्थापनाको ६० औँ वार्षिकोत्सवको समारोहमा सहभागी हुन नेपालको औपचारिक भ्रमणमा रहनुभएका जापानका विदेश राज्यमन्त्री नोबु किसाइले परराष्ट्रमन्त्री प्रकासशरण महतसँग आज उनकै कार्यकक्षमा शिष्टाचार भेट गरेका छन्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ १५, काठमाडौँ । नेपाल र जापानबीच कूटनीतिक सम्बन्ध स्थापनाको ६० औँ वार्षिकोत्सवको समारोहमा सहभागी हुन नेपालको औपचारिक भ्रमणमा रहनुभएका जापानका विदेश राज्यमन्त्री नोबु किसाइले परराष्ट्रमन्त्री प्रकासशरण महतसँग आज उनकै कार्यकक्षमा शिष्टाचार भेट गरेका छन्"/>
२०८३, ६ बैशाख आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

परराष्ट्रमन्त्री महतसँग राज्यमन्त्री किसाइको भेट

२०७३, १५ भाद्र बुधबार ०७:५३

भदौ १५, काठमाडौँ । नेपाल र जापानबीच कूटनीतिक सम्बन्ध स्थापनाको ६० औँ वार्षिकोत्सवको समारोहमा सहभागी हुन नेपालको औपचारिक भ्रमणमा रहनुभएका जापानका विदेश राज्यमन्त्री नोबु किसाइले परराष्ट्रमन्त्री प्रकासशरण महतसँग आज उनकै कार्यकक्षमा शिष्टाचार भेट गरेका छन् । 

त्यस अवसरमा उहाँहरूबीच नेपाल–जापान सम्बन्धका साथै पारस्परिक हित र चासोका विविध विषयमा विचारविमर्श भएको थियो । दुवै मन्त्रीले आपसी सम्बन्धलाई अझ सुदृढ तुल्याउने तथा क्षेत्रीय एवम् अन्तर्राष्ट्रिय चासोका विषयमा सहकार्य अभिवृद्धि गर्ने प्रतिबद्धता व्यक्त गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ । 

मन्त्री महतले संविधान कार्यान्वयन तथा आर्थिक विकासलाई उच्च प्राथमिकतामा राखेर तदनुरुप वर्तमान सरकारले काम गर्दै आएको जानकारी गराएका थिए भने भूकम्पपछिको पुनःनिर्माण तथा आर्थिक विकासका प्रयासबारे राज्यमन्त्री किसाइले जिज्ञासा राखेको पनि उक्त मन्त्रालयले जनाएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा पशुपति क्षेत्रमा हर्क साम्पाङको श्रमदान मरेको ब्रोइलर कुखुराको मासु खाएर दुई बालकको मृत्यु एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं गाँजाको तेलसहित विमानस्थलबाट एक अमेरिकी नागरिक पक्राउ असनमा आजदेखि हरेक शनिबार सवारी निषेध सर्वोच्चले दियो गगनकुमार थापा नेतृत्वको कांग्रेसलाई नै आधिकारिकता दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु १२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ: सुनिता डङ्गोल प्रधानमन्त्री बालेनलाई अवहेलना मुद्दामा वारेस अनुमति सर्वोच्चको आदेशमा हिरासतबाट छुटेका खड्का अस्पतालबाट पनि डिस्चार्ज भए संसदीय समितिका सभापतिहरूको शपथ ४ बजे बालेनविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकियो म गल्ती गर्ने कसैलाई छाड्दिनँ: गृहमन्त्री गुरुङ