भदौ १५, काठमाडौँ । शिक्षामन्त्री धनिराम पौडेलले विज्ञान र प्रविधिको विकाससँगै प्रविधिमैत्री पुस्तकालयको विकास गर्नुपर्ने &nbs"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ १५, काठमाडौँ । शिक्षामन्त्री धनिराम पौडेलले विज्ञान र प्रविधिको विकाससँगै प्रविधिमैत्री पुस्तकालयको विकास गर्नुपर्ने &nbs"/>
२३ चैत्र २०८१, शनिबार
काठमाडौँ - KTM

प्रविधिमैत्री पुस्तकालयको विकास गर्नुपर्छ: मन्त्री पौडेल

१५ भाद्र २०७३, बुधबार ०८:०५

भदौ १५, काठमाडौँ । शिक्षामन्त्री धनिराम पौडेलले विज्ञान र प्रविधिको विकाससँगै प्रविधिमैत्री पुस्तकालयको विकास गर्नुपर्ने  बताएका छन् । 

नवौँ पुस्तकालय दिवसका अवसरमा आज आयोजित कार्यक्रममा मन्त्री पौडेलले पुस्तकलाई सुरक्षित बनाउन त्यसलाई सफ्टवेयरमा विकास गर्नुपर्नेमा जोड दिँदै ज्ञानको फैलावट गर्न पुस्तकालयको महत्व रहेको  बताए । 

उनले भने– “पुस्तकालय ज्ञानको असीमित भण्डार हो, ज्ञानको दायरा विश्वव्यापी रुपमा फैलिएको हुन्छ । त्यसैले पुस्तकलाई दिगो र भरपर्दो बनाउन प्रविधिमा ध्यान दिनुपर्छ ।” 

नेकपा (संयुक्त) का अध्यक्ष गणेश साहले देशमा सबै जनताको पहुँचमा पुग्ने गरी पुस्तकालय विकास गर्नुपर्नेमा जोड दिए । 

निमित्त शिक्षा सचिव डा डिल्लीराम रिमालले सभ्यताको प्रतीक तथा ज्ञानको थलोका रुपमा पुस्तकालय स्थापित भएको बताउँदै सरकारी तथा गैरसरकारी संस्थाको सहकार्यबाट देशभर पुस्तकालयको विस्तार गर्न आवश्यक रहेको उल्लेख गरे । 

शिक्षा मन्त्रालयका सहसचिव हरि लम्साल, सिटीइभिटीका उपाध्यक्ष डा कुलबहादुर बस्नेत, रिड नेपालका प्रतिनिधि चिनकाजी श्रेष्ठ, पुस्तकालय विकासका अभियन्ता अशोक थापा, दशरथ मिश्रलगायतले पुस्तकालयको विकासका लागि आवश्यक कानुन निर्माण गर्नुपर्नेमा जोड दिँदै सफल पुस्तकालयको हुनका लागि सदस्य सङ्ख्या क्रमिकरुपमा बढाउँदै जानुपर्ने विचार व्यक्त गरे । 

सो अवसरमा पुस्तकालयको विकासमा योगदान गरेका विभिन्न सङ्घ संस्था तथा व्यक्तिलाई सम्मान गरिएको थियो । विसं २०६५ देखि प्रत्येक वर्ष भदौ १५ गते पुस्तकालय दिवस मनाउन थालिएको छ । यस वर्षको नारा ‘जीवनपर्यन्त शिक्षाका लागि पुस्तकालय’ भन्ने रहेको छ । अहिले देशभर करिब ४० हजार पुस्तकालय रहेको बताइएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आज चैत्र शुक्ल अष्टमी: चैते दसैँ तीनकुने घटनाको छानबिन जारी छ: आयोग मध्यरातमा रास्वपाको बैठकले गर्यो बिभिन्न चार निर्णय रवि लामिछानेलाई पक्राउ गर्न गएका डिएसपीले अन्तिम इच्छा भनेपछि… रास्वपाको चितवनमा हुने ‘जनयात्रा उद्घाटन’ नरोकिने, नेताहरु चितवन जाँदै तनहुँको भानुमा बस दुर्घटना ट्रकको ठक्करबाट एक बालिकाको मृत्यु अफर ल्याउँदा अनियन्त्रित भिड जम्मा भएपछि अल्टिमाको साइनबोर्ड प्रहरीले हटायो प्रधानमन्त्री ओलीले भेटे बैँककमा भारतीय प्रधानमन्त्री मोदीलाई आइतबार सार्वजनिक बिदा म्याद नाघेका अश्रुग्यास प्रहार नभएको आईजीपी थापाको दावी तीनकुने घटनामा सरकारको पूर्वतयारी के थियो ? माओवादी सांसद पाण्डेको प्रश्न जनमोर्चाका अध्यक्ष चित्रबहादुरले गणतन्त्र र लोकतन्त्र सुरक्षित छैन, सबै चनाखो हुनुपर्ने बताए कुलमानले म हतोत्साहित र उत्तेजित भएको छैन भने नवलपुरका किशोरीहरुले मुख्यमन्त्रीलाई बुझाए ध्यानाकर्षण पत्र आज काठमाडौँमा वायु प्रदूषण घट्यो सुनचाँदीको मूल्य एकैदिन धेरै अन्तरले घट्यो अमेरिकामा छोराले गोली हानेर मारे आफ्नै आमा आज सागसब्जी र फलफूलको मूल्य कति छ ? सरकार निजी क्षेत्रलाई सहज हुने गरी कानुन निर्माणमा लागेको छ: मन्त्री खड्का