२०८२, १७ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

जुम्लामा टुट्यो गठबन्धन, दलहरू एक्लाएक्लै प्रतिस्पर्धा गर्ने

२०७९, ११ बैशाख आईतवार ११:२८

वैशाख ११, जुम्ला | जुम्लामा गठबन्धन हुन नसकेपछि दलहरू आसन्न स्थानीय तह निर्वाचनमा एक्लाएक्लै प्रतिस्पर्धा गर्ने भएका छन् । ३० वैशाखमा  हुने स्थानीय तह निर्वाचनमा जुम्लामा  सत्तारुढ गठबन्धनमा आवद्ध दलहरूबीच तालमेल नहुने भएपछि एक्लाएक्लै चुनावी मैदानमा उत्रिने भएका हुन् । 

चुनावी गठबन्धन र भागबण्डाका लागि छलफलमा बसेका दलहरू आ-आफ्नो अडानमा रहँदा सहमति हुन नसकेको हो । यसअघि केन्द्रीय गठबन्धनको निर्णय र सर्कुलरअनुसार जिल्लामा पनि दलहरू छलफलमा जुटेका थिए। 

तर, सबै दलले आ–आफ्नो अडान कायम राखेपछि सहमति नभएको   माओवादी केन्द्रका अध्यक्ष विरबहादुर कुवँरले बताए । उनका अनुसार प्रदेश गठबन्धनको निर्णय एकीकृत समाजवादीले अस्वीकार गरेपछि गठबन्धन टुटेको हो । 

कांग्रेसले पनि हामी एक्लै चुनाव लड्ने भनेपछि गठबन्धन नहुने देखिएको उनले बताए । एकीकृत समाजवादी पार्टी अध्यक्ष तीर्थ बुढाका अनुसार समाजवादीको मागलाई बेवास्ता गरिएपछि गठबन्धन टुटेको हो । 

‘गठबन्धनमा तिला र सिंजा गाउँपालिकामा अध्यक्ष एकीकृत समाजवादीलाई छुट्याइयो । तर, हामीले गुठीचौर र हिमा गाउँपालिका मागेका हौँ । उनीहरूले दिन नमाने भएपछि गठबन्धन नहुने भयो,’ उनले भने । 

कांग्रेस पुर्व सभापति दीपबहादुर शाहीले तीन पार्टीमा भागबन्डा नमिल्दा गठवन्धन टुटेको बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
उच्च अदालत पाटनका दुई न्यायाधीशविरुद्ध अदातलको अवहेलना मुद्दा दर्ता प्रभू साह र रवि लामिछानेबीच भेटवार्ता- सरकारले मधेसलाई प्राथमिकता दिने एमालेको सचिवालय बैठक जारी संसद् सचिवालयद्वारा सर्वदलीय बैठक आह्वान सुनचाँदीको मूल्य बढ्यो मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक