२५ मंसिर २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मधुमेहका बिरामीले फलफूल खाने कि नखाने जानीराखाैं ?

१२ बैशाख २०७९, सोमबार ०६:३९

वैशाख १२, काठमाडाैं | मधुमेह वा डायबेटिज यस्तो रोग हो, जसलाई थोरै लापरवाही गर्दा पनि मुश्किल हुने गर्दछ । यो रोगका बिरामीका लागि सबैभन्दा खतरा खाना खाइसकेपछि जब ब्लडमा शुगरको मात्रा प्रभावित हुने गर्दछ तब धेरै खतरा रहन्छ ।

तर यसको खतरालाई कम गर्न सकिन्छ । यसको लागि तपाईंले जम्म १५ मिनेट छुट्याउनुपर्ने हुन्छ । मात्र तपाईंले खाना खाइसकेपछि १५ मिनेट हिँड्नु पर्दछ । एक अनुसन्धानले खाना खाने बित्तिकै १५ मिनेट हिँड्ने डायबिटिजका बिरामीमा शुगर बढ्ने खतरा कम हुन्छ ।

दिउँसोको खाना खाएपछि उत्पादन हुने इन्सुलिनको मात्रा दिनभरमा कम हुने गर्दछ । किनकि दिनमा धेरै हिँडडुल गर्नु पर्ने हुन्छ । तर रातको समयमा खाना खाएपछि हिँडडुल गरिँदैन र बसिरहँदा रगतमा ग्लुकोज बढ्ने सम्भावना धेरै रहन्छ ।

हिँडडुलको दौरान हाम्रो शरीरमा ग्लुकोजको खपत हुन्छ र यसले रगतमा शुगर बढाउने सम्भावना कम गर्दछ । यसले डायबिटिजका बिरामीका लागि शुगर नियन्त्रण राख्न मद्दत पुग्दछ ।

तर, कहिलेकांही सोधिन्छ- मधुमेहको समस्या भएका व्यक्तिहरु फलफूल खान त सक्छन् । तर, के उनीहरुले फलफूलको जुस पनि पिउनुहुन्छ ? यसको सरल जवाफ हो-हुँदैन । फलफलूलको जुसमा चिनीमात्र हुने भएकाले पनि यस्तो गर्नु हुँदैन । सुगर ब्यालेन्स गर्न त्यसमा फाइबर केही पनि हुँदैन । त्यसैले पनि मधुमेह भएका व्यक्तिहरुले जुस भन्दा फलफूलमा नै बढी जोड दिनुपर्छ ।

तर, केही फलफूल खाँदा पनि मात्रालाई ध्यान दिनुपर्छ । जस्तो कि अंगुर खाँदा एक मुठी अंगुरको आधाभन्दा धेरै खानु हुँदैन । त्यस्तै, तरबुजा पनि २ स्लाइसभन्दा धेरै खानु हुँदैन । आँप पनि मधुमेह भएका व्यक्तिहरुलाई ठिक हुँदैन । चिकित्सकहरु त दिनमा एक स्लाइसभन्दा धेरै आँप खान नहुने बताउँछन् ।

मधुमेह हुनेहरुले अर्को खानै नहुने फलफूल भनेको केरा हो । उनीहरुले केराको मात्रा अत्यन्त कम खानु पर्ने हुन्छ । दिनमा एउटा केराको आधा मात्र खाँदा उनीहरुलाई फाइदा हुन्छ ।

डायबिटिजका बिरामीहरुले फलफुल खाँदा धेरै सावधानी अपनाउनु पर्दछ । डायबिटिजका बिरामीले कुन फल कति मात्रामा खाने यस्तो भन्छ्न बिज्ञहरु :

१. धेरै पाकेको फलको तुलनामा कम पाकेको या काँचोमा सुगरको मात्रा कम हुन्छ । त्यसकारण धेरै पाकेको फल खाँदा विचार पुर्याउनुपर्छ । फलफूलको बोक्रामा फाइबरको मात्रा प्रचुर हुने भएकाले स्वादका लागि सबै फलका बोक्रा खानु राम्रो होइन ।

२. फललाई आफ्नो डाइटमा राख्नुपर्छ, राख्न आवश्यक पनि छ, तर सबै फल डायबिटिजका लागि स्वास्थ्यवद्र्धक हुँदैनन् । खरबुजा, आँप, कागती, चिकुजस्ता फल स्वास्थ्यका लागि निकै सहयोगी हुन्छन्, तर खाँदा मात्रामा ध्यान पुर्याउन निकै आवश्यक छैन ।

३. सुगरको मात्रा कम हुने फलफूलजस्तै नासपाती, आँप, अम्बाको सेवन गर्नुस् ।

४. फलको जुसभन्दा फल नै सेवन गर्न लाभलायक हुन्छ । त्यस्तै बजारमा पाइने डब्बामा प्याक गरिएका जुस बिल्कुलै नपिउनुहोस् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँले लुम्बिनीलाई दियो ११२ रनको लक्ष्य दोहोरो करमुक्ति सम्झौता खारेज भएका बारे मौरिससलाई औपचारिक जानकारी आप्रवासन नियममा कडाइ गरे पछि अमेरिकाद्वारा जनवरी देखि ८५ हजार भिसा रद्द वैदेशिक रोजगार विभागमा बिचौलियाको भूमिका खेलेको आरोपमा १३ जना पक्राउ ‘ढुवानीका लागि बाटो प्रयोग गरेकै आधारमा कर उठाउनु कानुनविपरीत’ नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट एनपिएलः काठमाडौँ गोर्खाज टस जितेर ब्याटिङ गर्दै विश्वविद्यालयको कुलपति प्राज्ञिक व्यक्तिलाई बनाउने गृहकार्य भइरहेको छः प्रधानमन्त्री कार्की पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड आंशिक बन्द गरेर विस्तार गरिँदै डिजिटल माध्यमबाट हुने हिंसा न्यूनीकरणका लागि सबै जुटौँः सञ्चारमन्त्री खरेल नागरिकको अपेक्षा र आवश्यकताअनुसार प्रदेश सरकारले काम गर्छ : मुख्यमन्त्री कँडेल ‘स्वस्थ मन, स्वस्थ जीवनः मानसिक स्वास्थ्य सचेतना अभियान’ शुभारम्भ एमालेको महाधिवेशनमा २४६३ जना प्रनिनिधि सहभागी हुने आफ्नो अनुभवलाई प्राधिकरणको हितमा खर्चिने कार्यकारी निर्देशक शाक्यको प्रतिबद्धता निर्धारित समयमा निर्वाचन सम्पन्न गराउन सहयोगका लागि प्रधानमन्त्रीको अनुरोध प्रतिनिधिसभा निर्वाचनलाई अझ मितव्ययी, पारदर्शी र प्रविधिमैत्री बनाउन सरकार लागिरहेको छ :प्रधानमन्त्री कार्की चीनको आवासीय भवनमा आगलागी, १२ जनाको मृत्यु भन्सार एजेन्टको आन्दोलनले जाँच‘पास’ रोकियो बढ्दो भ्रष्टाचारले मानव अधिकार सुनिश्चित गर्ने मार्गमा गम्भीर चुनौती थपेको छः उपसभामुख राना सुनचाँदीको मूल्य बढ्यो