२०८२, १७ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रसुवा - RSW

आमाछोदिङमो गाउँपालिका: अध्यक्षमा एमालेका दुई जनाकाे उम्मेदवारी, दु्बैकाे मनाेनयन रद्द

२०७९, १३ बैशाख मंगलवार ०३:११

वैशाख १३, रसुवा । रसुवाको आमाछोदिङमो गाउँपालिका अध्यक्षमा नेकपा(एमाले)बाट दुई जनाकाे उम्मेदवारी परेकाे छ । तर, निर्वाचन अधिकृतकाे कार्यालयले दुबै जनाकाे उम्मेदवारी रद्द गरिदिएकाे छ ।

एमालेबाट गाउँपालिका अध्यक्षमा तेब्रल तामाङले सुरुमा मनोनयन दर्ता गराएका थिए । उनी यसअघि नयाँ शक्ति पार्टीमा छँदा समानुपातिक सांसदकाे बन्द सूचीमा नाम पठाइएकाे थियाे । तर, निर्वाचन आयाेगले स्थानीय तहकाे जनप्रतिनिधिमा उम्मेदवारीका लागि बन्द सूचीबाट नाम हटाउन भनिए पनि उनकाे नाम हटेकाे थिएन ।

हाल एमाले नेता रहेका तामाङलाई पार्टीले उम्मेदवार बनाए पनि निमानुसार नभएपछि निर्वाचन अधिकृतकाे कार्यालयले उम्मेदवारी रद्द गरिदिएकाे हाे ।

तामाङको उम्मेदवारी रद्द भएपछि एमालेले फुर्पूसिंगी तामाङकाे नाममा मनाेनयन दर्ता गराएकाे थियाे । 

तरः नेकपा एमालेको तर्फबाट गाउँपालिका अध्यक्ष पदमा दुई वटा उम्मेदवार पेश भएको र राजस्व रसिदबाट उम्मेदवार मनोनयन भएको भन्दै उनकाे उम्मेदवारी पनि रद्द गरिएकाे छ ।

उम्मेदवारी रद्दकाे सूचना निर्वाचन अधिकृत शान्तिप्रसाद लुईंटेलले जारी गरेका छन् ।

'एमालेले नै एउटै पदमा दुई वटा उम्मेदवारीलाई आधिकारीकता दिएको देखिन्छ, एक जनाको त समानुपातिकको बन्द सूचीमा छ,' आमाछोदिङमो मुख्य निर्वाचन अधिकृत राजेन्द्र नेपालले भने, 'दुई उम्मेदवार एकैपटक आएको भनेर प्रविष्टबाट बाहिर निकाल्ने भनेका छौँ, प्रतिवेदन तयार पारी निर्वाचन आयोगमा पठाउँदैछौँ, आयोगको निर्देशन बमोजिम अघि बढ्छौँ ।' 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने एमालेले बोलायो संसदीय दलको बैठक अध्यक्ष ओलीको गिरफ्तारीविरुद्ध एमालेले वैशाख १२ गते काठमाडौँमा विरोध प्रदर्शन गर्ने आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ गृहमन्त्री गुरुङद्वारा सशस्त्र प्रहरीका अधिकारीहरूसँग छलफल सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल उच्च अदालत पाटनका दुई न्यायाधीशविरुद्ध अदातलको अवहेलना मुद्दा दर्ता प्रभू साह र रवि लामिछानेबीच भेटवार्ता- सरकारले मधेसलाई प्राथमिकता दिने एमालेको सचिवालय बैठक जारी संसद् सचिवालयद्वारा सर्वदलीय बैठक आह्वान सुनचाँदीको मूल्य बढ्यो मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले