१९ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रसुवा - RSW

आमाछोदिङमो गाउँपालिका: अध्यक्षमा एमालेका दुई जनाकाे उम्मेदवारी, दु्बैकाे मनाेनयन रद्द

१३ बैशाख २०७९, मंगलवार ०३:११

वैशाख १३, रसुवा । रसुवाको आमाछोदिङमो गाउँपालिका अध्यक्षमा नेकपा(एमाले)बाट दुई जनाकाे उम्मेदवारी परेकाे छ । तर, निर्वाचन अधिकृतकाे कार्यालयले दुबै जनाकाे उम्मेदवारी रद्द गरिदिएकाे छ ।

एमालेबाट गाउँपालिका अध्यक्षमा तेब्रल तामाङले सुरुमा मनोनयन दर्ता गराएका थिए । उनी यसअघि नयाँ शक्ति पार्टीमा छँदा समानुपातिक सांसदकाे बन्द सूचीमा नाम पठाइएकाे थियाे । तर, निर्वाचन आयाेगले स्थानीय तहकाे जनप्रतिनिधिमा उम्मेदवारीका लागि बन्द सूचीबाट नाम हटाउन भनिए पनि उनकाे नाम हटेकाे थिएन ।

हाल एमाले नेता रहेका तामाङलाई पार्टीले उम्मेदवार बनाए पनि निमानुसार नभएपछि निर्वाचन अधिकृतकाे कार्यालयले उम्मेदवारी रद्द गरिदिएकाे हाे ।

तामाङको उम्मेदवारी रद्द भएपछि एमालेले फुर्पूसिंगी तामाङकाे नाममा मनाेनयन दर्ता गराएकाे थियाे । 

तरः नेकपा एमालेको तर्फबाट गाउँपालिका अध्यक्ष पदमा दुई वटा उम्मेदवार पेश भएको र राजस्व रसिदबाट उम्मेदवार मनोनयन भएको भन्दै उनकाे उम्मेदवारी पनि रद्द गरिएकाे छ ।

उम्मेदवारी रद्दकाे सूचना निर्वाचन अधिकृत शान्तिप्रसाद लुईंटेलले जारी गरेका छन् ।

'एमालेले नै एउटै पदमा दुई वटा उम्मेदवारीलाई आधिकारीकता दिएको देखिन्छ, एक जनाको त समानुपातिकको बन्द सूचीमा छ,' आमाछोदिङमो मुख्य निर्वाचन अधिकृत राजेन्द्र नेपालले भने, 'दुई उम्मेदवार एकैपटक आएको भनेर प्रविष्टबाट बाहिर निकाल्ने भनेका छौँ, प्रतिवेदन तयार पारी निर्वाचन आयोगमा पठाउँदैछौँ, आयोगको निर्देशन बमोजिम अघि बढ्छौँ ।' 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार