पढ्न करिब 1 मिनेट लाग्छ

वैशाख १४, मोरङ | इजाजतपत्र नलिई क्लिनिक सञ्चालन गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा पथरी शनिश्चरे नगरपालिका–१ फिलिम हल लाईनस्थित श्री राम पाइल्स क्लिनिकका सञ्चालक २७ वर्षीय पर्सनजित बर्मन र सुन्दरहरैँचा नगरपालिका–३ गछिया चोकस्थितमा कल्पना आयुर्वेदिक क्लिनिकका सञ्चालक २९ वर्षीय सनोड मण्डल रहेका छन् ।

पक्राउ परेका दुवै जना भारतको दार्जिलिङका हुन् ।

चिकित्सा शिक्षा सम्बन्धी शैक्षिक योग्यता प्राप्त नगरेका तथा कानून बमोजिम नेपाल मेडिकल काउन्सिलबाट उपचार गर्नको लागि इजाजतपत्र प्राप्त समेत नगरी उनीहरुले क्लिनिक सञ्चालन गरेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनीहरूलाई पक्राउ गरेको हो । उनीहरूमाथि थप अनुसन्धान भइरहेको छ ।