१९ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

दमबाट पुरुषको तुलनामा महिलाको मृत्युको सम्भावना दोब्बर

१५ बैशाख २०७९, बिहीबार ०५:३३

काठमाडौँ | दमबाट पुरुषको तुलनामा महिलामा मृत्युको सम्भावना दोब्बर रहेको बेलायतको एउटा गैरसरकारी संस्थाले चेतावनी दिएको छ । अस्थमा प्लस लङ युकेका अनुसार पछिल्लो पाँच वर्षमा बेलायतमा दमका कारण हुने मृत्युमध्ये दुई तिहाइभन्दा बढी महिलाहरू छन् । ‘ठूलो स्वास्थ्य असमानता’ सम्बोधन गर्न अझै केही गर्नु पर्ने सो संस्थाले जनाएको छ । 

दम एक ब्रेदिङ डिसअडर हो जसअन्तर्गत श्वासनली साँघुरो हुन्छ, फुल्छ र धेरै खकार आउँछ । स्वा स्वा हुनु, श्वास फेर्न कठिनाई हुनु, छाती दुख्नु, खोकी लाग्नु यसका लक्षण हुन । अस्थमाले विश्वभर करिब १३ करोड ६० लाख महिलालाई असर गरेको छ । 

बेलायतमा पछिल्लो पाँच वर्षमा दमका कारण ५१ सयभन्दा बढी महिलाहरूको मृत्यु भएको छ । सोही अवधिमा २३ सयभन्दा थोरै पुरुषहरूको यो रोगबाट मृत्यु भएको छ । 

अध्ययनअनुसार महिला सेक्स हर्मोनहरूमा परिवर्तनहरूले दमको लक्षणहरू देखिने गरेको र त्यसबारे धेरै मानिसहरू अनभिज्ञ छन् । बाल्यअवस्थामा यो रोग बालकहरूमा बढी देखिन्छ । तर, यौवन अवस्थापछि स्थिति परिवर्तन हुन्छ र महिलाहरूमा दम अधिक देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार