वैशाख १६, काठमाडौँ | नेपालले इन्टरनेट सेवामा लक्ष्यभन्दा बढी प्रगति हासिल गरेको छ। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका अनुसार चालू आर्थिक वर्षका लागि तय गरिएको इन्टरनेट ग्राहकको घनत्व, फिक्स्ड ब्रोडब्यान्ड सेवा विस्तार तथा मोबाइल ब्रोडव्यान्ड सेवा विस्तारजस्ता सूचकांकमा लक्ष्यभन्दा बढी उपलब्धि हासिल भएको हो। मन्त्रालयले सार्वजनिक गरेको त्रैमासिक प्रतिवेदनअनुसार असार मसान्तसम्ममा हासिल गर्नुपर्ने लक्ष्य चैत मसान्तअगाडि नै पूरा भइसकेको छ । मन्त्रालयका अनुसार चालू आर्थिक वर्षमा इन्टरनेट ग्राहकको घनत्व ९२ प्रतिशत पुयाउने लक्ष्य लिइएको थियो ।
गत आवसम्ममा ९० प्रतिशत रहेको घनत्व अहिले भने १२२.५१ प्रतिशत पुगिसकेको छ । फागुन मसान्तमै ११६.९१ प्रतिशत रहेको इन्टरनेट ग्राहकको घनत्वमा चैतमा ५.६ प्रतिशतले वृद्धि भएको छ। यस्तै, फिक्स्ड ब्रोडब्यान्ड सेवा तथा मोबाइल ब्रोडब्यान्ड सेवा दुवैमा उल्लेख्य सुधार आएको छ। फिक्स्ड ब्रोडव्यान्डतर्फ गत आवसम्ममा २५.०९ प्रतिशत रहेकोमा चालू आर्थिक वर्षमा यसलाई २७.८१ प्रतिशतमा पुर्याउने लक्ष्य रहेको थियो । तर, चैत मसान्तसम्ममा कुल जनसङ्ख्याको ३१.६२ प्रतिशतमा यो सेवा पुगेको छैन। आजको कारोबार दैनिकमा समाचार छ ।