२०८३, ७ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

लोसपाको प्रतिवद्धताः सात सहरमा आधुनिक क्रिकेट मैदान निर्माण, विवाह गर्ने महिलालाई ५१ हजार रुपैयाँ

२०७९, १६ बैशाख शुक्रबार ११:०६

वैशाख १६, काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), नेपालले आज स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै घोषणापत्र सार्वजनिक गरेको छ । घोषणापत्रमा लोसपाले २० वटा प्रतिवद्धता जनाएको छ । 

‘स्तरीय खानेपानी, अनवरत विद्युत प्रवाह र नियमित टोल, गाउँ र नगर सरसफाइका लागि आवश्यक व्यवस्था गरिने छ,’ लोसपाले घोषणापत्रमा प्रतिवद्धता जनाएको छ । 

केही महानगर र उपमहानगरपालिकामा धान्नै नसकिने घर भाडा र अन्य करहरुको बारेका पुनर्विचार गरिने र आवश्यकता देखिएमा करको दायार र दर कम गरिने प्रतिवद्धता पनि लोसपाले गरेको छ । 

हरेक पालिकामा प्याथोलोजी, प्रसूति गृह, मुटुसेवा र आपत्कालीन सेवा सहितको कम्तिमा २५ शैयाको उच्च प्रविधियुक्त गुणस्तरीय अस्पताल स्थापना गरिने र भएका अस्पताललाई आधुनिक बनाइने घोषणापत्रमा उल्लेख छ । 

‘उच्च माध्यमिक तहसम्म निशुल्क शिक्षाको भरपर्दो व्यवस्थापन गरिने छ,’ घोषणापत्रमा भनिएको छ । 

प्राथमिक शिक्षा मातृभाषामा पनि प्राप्त गर्न सकिने व्यवस्थालाई व्यावहारिक रुपमा नै सम्भव बनाइने प्रतिवद्धता लोसपाले गरेको छ । 

प्रसूतिको बेलामा हरेक महिलालाई आफ्नो र बच्चाको सही हेरचाहको लागि ५ हजार १०० रुपैयाँ प्रदान गरिने घोषणापत्रमा जनाइएको छ । 

‘स्नातकसम्म अध्ययन गरेकी र कमजोर आर्थिक अवस्था भएकी महिलालाई विवाहको बेलामा ५१ हजार रुपैयाँ प्रदान गरिने छ । यसले बालविवाह वा कम उमेरमा गरिने विवाहलाई निरुत्साहित गर्नेछ । साथै महिलालाई उच्च शिक्षाका लागि प्रोत्साहन दिनेछ,’ लोसपाले घोषणापत्रमा भनेको छ । 

लोसपाले विपन्न वर्गका गृहिणी तथा महिलाहरुलाई ग्याँसको चुलो र सिलिन्डर वितरण गरिने पनि जनाएको छ । 

‘कृषि आम्दानी कृषकको हातमा कम र बिचौलियाको हातमा धेरै जाने अवस्थाको अन्त्य गर्न कृषकको ढोकैमा उचित मूल्यमा कृषि उत्पादन खरिद गर्न सकिने व्यवस्था गरिने छ,’ लोसपाले प्रतिवद्धता जनाएको छ । 

मधेशको भूमिलाई मरुभूमीकरण हुनबाट बचाउन चुरे क्षेत्रलाई वृक्षारोपण कार्यक्रमको माध्यमबाट हरित बनाई भू–क्षय हुनबाट जोगाइने पनि लोसपाले जनाएको छ । 

‘विराटनगर, जनकपुर, वीरगन्ज, भैरहवा, पोखरा, नेपालगन्ज र धनगढीमा आधुनिक क्रिकेट मैदान निर्माण र स्तरोन्नति गरिने छ । त्यसमध्ये कुनै दुईलाई अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना गर्न सकिने स्तरको क्रिकेट स्टेडियमको रुपमा विकास गरिने छ,’ घोषणापत्रमा उल्लेख छ । 

लोसपाले घोषणापत्रमा सार्वजनिक लाभको पदमा रहेका कुनै पनि जनप्रतिनिधि वा पदाधिकारीलाई आफ्नो अधिकार र कार्यक्षेत्र भित्र सार्वजनिक रकम खर्च गरिने कुनै पनि ठेक्का वा त्यो प्रकृतिको व्यापारिक/व्यावसायिक कार्यमा संल्गन हुनबाट बन्देज लगाइने प्रतिवद्धता पनि जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक युवकको मृत्यु कक्षा ११ को पठनपाठन आगामी असार १ देखि दुर्गा प्रसाईलाई पक्राउ गर्नुको कारण पेस गर्न सर्वोच्चको आदेश विमानस्थलबाट ३७ थान राहदानीसहित एक जना पक्राउ हामी विरोध गरिरहन्छौँ, पाँचै वर्ष गर्छौँ: हर्कराज राई नेप्सेमा ३०.०८ अंकको वृद्धि निर्वाचनसम्बन्धी दुई विधेयक प्रस्तुत वैदेशिक रोजगारीको ठगी रोक्न प्रभावकारी रुपमा काम हुँदैछ : श्रममन्त्री यादव संसद्‌मा मर्यादित भएर प्रस्तुत हुन सभामुखको आग्रह श्रीमतीको हत्या आरोपमा श्रीमान् पक्राउ प्रतिनिधि सभाको बैठक शुरू सुनचाँदीको मूल्य घट्यो अब अनलाइन माध्यमबाटै प्रहरीमा उजुरी तथा गुनासो दर्ता गर्न सकिने यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु प्रधानन्यायाधीशको शपथ ६:१० बजे दुर्गा प्रसाईंविरुद्ध विद्युतीय कारोबार ऐन र राज्यविरुद्धको कसुरमा मुद्दा दर्ता मन्त्रीपरिषद बैठक सुरु नक्कली लालपुर्जा बनाएर जग्गा पास गराउन खोज्ने तीन जना पक्राउ विद्यार्थी संगठन खारेज गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्चमा रिट