२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

हेर्नुहोस आज २०७९ वैशाख १७ गतेको राशीफल

१७ बैशाख २०७९, शनिबार ०१:०९

वैशाख १७, काठमाडौँ | आजको पात्रो १७ बैशाख, २०७९ शनिबार । तद्नुसार अप्रिल महिनाको ३० तारिक २०२२ । बैशाखकृष्णपक्ष औशी, आज एक विशेष दिन हो । सनातन परम्पराअनुसार आज मातातीर्थस्नान, आमाको मुख हेर्ने दिन हो । आमा नभएकाहरुले काठमाडौंको मातातीर्थमा रहेको देवालयमा गएर स्नान र दर्शनका लागि आज विशेष मेला लाग्ने गर्दछ । आजको दिन आमाको सम्झनामा श्रद्रा, भक्ति गर्ने दिन पनि हो । आमाको बारेमा शास्त्रीय बचन छ, आफना सन्तानहरु जति कपुत्र, कुपुत्री भएपनि आमाबाट प्राप्त हुने माया कसैबाट पनि प्राप्त हुन सक्दैन । त्यसैले आजको दिन सबैले आफना आमालाई श्रद्रा, भक्ति गर्ने दिन हो ।

आज अश्विनी नक्षत्र, प्रिती योग, चन्द्रमा मेष राशिमा रहेको छ । आज विहान ५ः३६ मिनेटमा सूर्योदय हुनेछ भने ६ः३६ मा मात्र सूर्यास्त हुनेछ । आजको देवता विष्णु र ग्रहदेव बुध रहेको छ । आज विहान ८ः४४ देखि १०ः२३ सम्मको समय राहुकाल रहेको छ । ११ः३५ देखि १२ः२७ सम्मको समय अभिजित मुहूर्तको समय छ । राहुकाल भएको समयमा शुभकार्य निषेध गरेको छ । अभिजित मुहूर्तको समयमा शुभकार्य गर्न सकिन्छ ।

शनिवार, औशी पनि भएकाले आजको दिन देवालय, शिवालयको यात्रा फलदायी हुनेछ । औशीको दिन आफ्ना पितृदेवहरुको सम्झनामा जल अभिषेक र दान गर्नु उत्तम मानिन्छ ।

आजको राशिफल:

मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ)

आजको दिन व्यापार ब्यवसायबाट लाभ हुनेछ । परिवार र सन्तानबाट साथ सहयोग  पाउन सकिन्छ । तपाईको योजना सफलताको लागि आफन्तजनको सहयोग आवश्यक हुनेछ । आजको यात्राबाट तपाईलाई फाइदा हुनसक्छ । यात्रामा निस्कनु भन्दा पहिले कन्यालाई दक्षिण दिएर निस्कदा राम्रो हुनेछ । चन्द्रमाको साथ रहेको छ । त्यसैले विहान सूर्योदयको दर्शन गर्नुहोला ।  

वृष  (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो)

वृष राशिका जातकका लागि आजको दिन व्यापार ब्यबसायमा सोचेअनुसार नहुनसक्छ । ब्यापारको कामबाट फाइदा नहुँदा पनि त्यति निराश हुनु पर्नेछ । तपाईको सकारात्मक भएर आफनो नियमित काममा लाग्नुहोला । आजको दिन आफूभन्दा ठूला व्यक्तिसँग भेटघाट  गर्दा नयाँ कार्ययोजना तयार हुनसक्छ । आमाको आशीर्वादका लागि सम्मानित व्यक्तित्वसँग भेटवार्ता गर्नसक्नुहुनेछ ।   

मिथुन (क.कि.कु.घ.ङ.छ.के.को.ह)

आजको दिन तपाईको मनमा अनेक कुरा खेल्नेछ । परिवार र आफन्तजनहरुले तपाईमाथि अनेक आरोप लगाउन सक्नेछन् ।  मनमा निराशा उत्पन्न हुनसक्छ । त्यसैले आजको दिन सकारात्मक सोच राखेर काम गर्नुभयो भने मात्र खुसी हुनसक्नु हुनेछ। मिथुन राशिमा जातकको लागि आजको दिन मौन र अनावश्यक काममा घर बाहिर नजानु होला । मातृसेवा फलदायी हुनेछ ।    

कर्कट (हि.हू.हे.हो.डा.डि.डु.डे.डो)

पारिवारिक तनावका कारण तपाईलाई केही समस्या आउनसक्छ । कर्कट राशिका जातकले कसैसँग विवाद र झगडा नगर्नुहोला । आजको दिन कसैसँग विवाद भयो भने तपाई र तपाइँसग विवाद गर्ने दुवै व्यक्तिको हानी हुनसक्छ । यात्रा गर्नुभयो भने अनावश्यक खर्च हुनेछ । त्यसैले आजको शनिवार आफनो नियमित काममा ध्यान दिनु उत्तम हुनेछ । 

सिंह (मा.मि.मु.मे.मो.टा.टि.टु.टे)

आजको दिन सिंह राशिका जातकका लागि आफन्तजनबाट आर्थिक सहयोग प्राप्त हुनेछ । दाम्पत्य जीवनमा सुख प्राप्त हुनसक्छ । स्वास्थ्यमा समस्या देखिएको भएपनि क्रमिक सुधार हुनेछ । यात्राबाट खुसियाली छाउने छ । परिवारको साथ सहयोगले तपाईको मनमा प्रशसन्नता छाउने छ । कुनै नयाँ कामको शुरुवात पनि गर्न सक्नुहुनेछ । कसैलाई पनि दुःख दिने काम नगर्नुहोला ।  

कन्या (टो.प.पी.पू.ष.ण.ठ पे.पो)

आजदेखि तपाईको मनमा रहेको चिन्ता हटदै जानेछ । तपाईको कारण आफन्तसँग सम्बन्ध विग्रन सक्छ । अध्ययन अध्यापनबाट सफलताप्राप्त हुनेछ । कन्या राशिका जातकले आज स्त्रीजातिको साथ सहयोगबाट कार्य गर्दा सफलता प्राप्त हुन्छ । कुमारी कन्यालाई केही खानेकुरा र बस्त्र दान दिनु होला । देवीको मन्दिरको यात्राले तपाईलाई मनमा शान्ति प्राप्त हुनेछ ।    

तुला( रा.री.रु.रे.रो.ता.ती.तु.ते)

आजको दिन तपाईको यात्रा कार्यमूलक हुनेछ । कुनै कामको शुरुवात गर्नुभएको छ भने त्यो कामको सम्पादन पूरा गर्नका लागि मेहनतपूर्वक लाग्नु होला । कलाकारितामा र रचनात्मक काममा मन जानेछ । परिवारमा वा स्त्रीजातिहरुसँग विवाद हुनसक्छ, त्यसैले आजको दिन कार्य गर्दा तुला राशिका जातकले सोच विचार गर्नु उत्तम होला । महिलासँग विवाद हुने कार्य भरसक नगर्नुहोला ।   

वृश्चिक (तो.ना.नि.नु.ने.नो.या.यि.यु)

यात्राको अवसर र संभावना पनि छ । यात्रा गर्दा सूर्योदय भन्दा पछि र सूर्यास्त भन्दा पहिले यात्रा समापन गर्नुहोला । आजको दिन सकेसम्म कसैसँग विवाद हुने कुरा नगर्नुहोला । तपाईलाई विवादबाट हानी मात्र हुनेछ । आर्थिक हानी हुने संभावना छ । त्यसैले आजको दिन खर्च गर्नुभन्दा पहिले एक पटक सोच विचार गर्नुहोला । सकारात्मक सोच, र नियमित काममा समय खर्चनुहोला । 

धनु (ये.यो.भा.भी.भु.ध.फा.ढ.भे)

आजको दिन आकस्मिक धनलाभ हुनेछ । आजको दिन तपाईले सोचअनुसारको काम हुनेछ । सन्तानबाट सुख र स्त्रीजातिको साथ सहयोगले तपाईले राम्रो काम गर्नुहुनेछ । आफन्त र परिवारजनबाट साथ सहयोग हुनेछ । त्यसैले आजको दिन तपाईलाई आजको दिन मानसम्मान समेत मिल्नेछ । सामाजिक र अध्यात्मसेवाको कार्यमा लाग्नु होला ।

मकर (भो.जा.जी.जू.जे.जो.ख.खि.खु.खे.खो.गा.गी)

आजको दिन सरस्वतीको आरधनाले  तपाईलाई मनमा प्रसन्नता छाउनेछ । विगतदेखि गर्दै आएको कामबाट मान सम्मान प्राप्त हुनेछ । दुःखका कुरा कम र हर्षका कुरा बढी गर्नु होला । सकारात्मक सोच राखेर काम गर्नुहोला । तपाईको लागि अनावश्यक आरोप पनि लाग्न सक्छ । नियमित काममा मात्र लाग्नुहोला । नयाँ कामको थालनी नगर्नु बेश हुनेछ ।      

कुम्भ (गु.गे.गो.सा.सी.सु.से.सो.द)

सामाजिक सेवा गर्दा मानसम्मान मिल्नेछ । आजको दिन शनिदेवको मन्दिरमा पुगेर दर्शन गर्दा उर्जा प्राप्त हुनेछ ।  दाम्पत्य जीवनमा सुख, समृद्धि प्राप्त हुनेछ। सामाजिक सेवाका काम गर्नु उत्तम हुनेछ । परिवारका जेष्ठ सदस्यलाई उपहार दिएर आशीर्वाद लिनु उत्तम हुनेछ । बालकन्यालाई खानेकुरा र बस्त्र दान दिनेभयो भने तपाईलाई आशीर्वाद मिल्नेछ ।   

मीन(दी.दु.थ.झ.ञ.दे.दो.च.ची)

आजको दिन गृहस्थ जीवनको कार्यमा समय खर्च गरेर बस्नु भएकामा तपाईको हित हुनेछ । अध्ययन, अनुसन्धान र लेखनको काममा समय दिनु भयो भने उत्तम हुनेछ । तपाईको लागि यात्राको अवसर पनि आउनसक्छ । स्वास्थ्यमा ख्याल गर्नुहोला । देवालयको यात्रा र गुरुजनको आशीर्वादको लागि गुरुसेवा गर्दा फल प्राप्त हुनेछ । सेवामूलक कार्यका लागि समय खर्चनुहोला ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ