2026-09-19 12:13 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

स्वास्थ्य

स्थानीय तहको निर्वाचनका लागि रुपन्देहीबाट १ सय १३ जनाले लिए उम्मेदवारी फिर्ता

 वैशाख १७, भैरहवा | रुपन्देहीबाट स्थानीय तहको निर्वाचनका लागि मनोनयन दर्ता गराएका मध्ये १ सय १३ जनाले उम्मेदवारी फिर्ता लिएका छन् । आइतबार र सोमबार मनोनयन दर्ता गराएका उम्मेदवार मध्येबाट रुपन्देहीको १५ पालिकाबाट सो संख्यामा उम्मेदवारी फिर्ता भएको जिल्ला निर्वाचन कार्यालयले जानकारी दिएको  छ । देशव्यापी रुपमा पनि उम्मेदवारी फिर्ता शुक्रबार सम्पन्न भएको छ । 

रुपन्देहीबाट सबै भन्दा बढी बुटवल उपमहानगरपािलकाबाट २७ जनाले उम्मेदवारी फिर्ता लिएका छन । ४ जना प्रमुख, ४ जना उपप्रमुख र १९ जना वडाध्यक्ष तथा सदस्य पदमा मनोनयन गराएकाले उम्मेदवारी फिर्ता लिएका छन ।

त्यसैगरी, ओमसतियाबाट ३ जना अध्यक्षसहित २३ जनाले उम्मेदवारी फिर्ता लिएका छन । कंचनबाट ३ जना, कोटहीमाईबाट ५ जनाले, गैडहवाबाट २ जना, तिलोत्तमाबाट ९ जना र देवदहबाट १४ जनाले उम्मेदवारी फिर्ता लिएका छन । 

त्यसैगरि मायादेवी र रोहणिीबाट १–१ जनाले, लुम्बिनी सांस्कृतिक नगरपालिकाबाट २ जना, शुद्धोधनबाट ६ जना, सियारीबाट ६ जना, सैनामैनाबाट ४ जनाले उम्मेदावरी फिर्ता लिएका छन् ।

 भैरहवा सिद्धार्थनगरबाट पनि ६ जनाले उम्मेदवारी फिर्ता लिएका छन । सत्तारुढ गठबन्धनले अन्तिम समयमा आएर तालमेल गरेपछि नगर प्रमुखबाट एक जना, उपप्रमुखबाट २ जना र सदस्यबाट ३ जनाले उम्मेदवारी फिर्ता लिएका छन । 

यस्तै, सम्मरीमाईबाट पनि अध्यक्ष पदमा उम्मेदवारी दिएका स्वतन्त्रबाट ३ जनाले उम्मेदवारी फिर्ता लिएका छन । उम्मेदवारी फिर्ता लिनेमा निवर्तमान पालिका अध्यक्ष जितेन्द्रनाथ शुक्ला बब्लुकी श्रीमती पनि रहेकी छन । उनले स्वतन्त्र उम्मेदवारी दर्ता गराएकी थिइन । सम्मरीमाईबाट ४ जनाले उम्मेदवारी फिर्ता गराएका छन ।

उम्मेदवारी फिर्ता गराउनेमध्ये अधिकांश गठबन्धन र स्वतन्त्रबाट मनोनयन दर्ता गराएका छन । यसका अलावा अन्य पार्टीका केही उम्मेदवार पनि रहेका छन । उनीहरुमध्ये अधिकांशले हाल इच्छा नभएकोले स्वेच्छाले स्थानीय तह निर्वाचन ऐन २०७३को दफा २३को उपदफा १ बमोजिम नाम फिर्ता लिएका छन भने केहीले, नेपाली कांग्रेस केन्द्रिय कार्यालयको पत्रानुसार उम्मेदवारको सूचिबाट नाम हटाएका छन् । 

रुपन्देहीको १६ पालिका मध्ये मर्चवारीबाट कसैले उम्मेदवारी फिर्ता गरेको छैन । 

१ उपमहानगरपालिका, ५ नगरपालिका र १० गाँउपालिका रहेको जिल्लामा मेयर पदका लागि ८५ जनाले उम्मेदवारी दिएका छन ।  त्यस्तै, १२४ जनाले पालिका अध्यक्षमा,  ७० जनाले उपप्रमुख , ९५ जनाले उपाध्यक्ष , १०८९ जनाले वडाध्यक्ष र ३५४८ जनाले वडासदस्य गरी जम्मा ५ हजार ११ जनाले उम्मेदवारी दिएर प्रतिस्पर्धामा छन । जिल्लामा ५ लाख ३६ हजार ८ सय ५ जना कुल मतदाता रहेका छन ।

निर्वाचनमा सहभागी दल तथा स्वतन्त्र उम्मेदवारलाई निर्वाचन आयोगले आज चुनाव चिह्न प्रदान गर्नेछ । शुक्रबार अन्तिम नामावली प्रकाशन गरसँगै आयोगले आज साँँझ ५ बजेसम्म चुनाव चिह्न प्रदान गर्छ । चुनाव चिह्न पाएसँगै उम्मेदवारहरूले मौन अवधि सुरु हुनअघिसम्म निर्वाचनमा मतको लागि प्रचारप्रचार गर्न पाउछन । चुनावका लागि ७९ दलले उम्मेदवारी दर्ता गराएका छन् । त्यस्तै, स्वतन्त्र उम्मेदवारी दिनेको संख्या पनि बढी छ ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता