१९ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

इजरायली प्रहरी र प्यालेस्टिनी बीचको झगडामा एक प्यालेस्टिनीको मृत्यु, ४० भन्दा बढी घाइते

१७ बैशाख २०७९, शनिबार ०९:०१

वैशाख १७, काठमाडौं । इजरायली प्रहरीसँगको भिडन्तमा प्यालेस्टिनीको मृत्यु भएको प्यालेस्टाइन सरकारले बताएको छ । शुक्रबार जेरुसेलमको पवित्र स्थलमा प्यालेस्टिनी पक्षबाट ढुङ्गा हानेपछि विवाद सुरु भएको थियो । त्यसपछि इजरायली प्रहरीले रबरको गोली चलाएको थियो ।

इजरायली प्रहरीले प्यालेस्टाइनीहरूले अल-अक्सा मस्जिद परिसर भित्र कडा सुरक्षामा राखिएको गेटमा ढुङ्गा प्रहार गर्न थालेको बताएको छ। जहाँ ढुङ्गा हानिएको थियो त्यहाँ यहूदीहरू प्रार्थना गर्छन् । सूचना पाएलगत्तै प्रहरी घटनास्थलमा पुगेपछि प्यालेस्टिनी र प्रहरीबीच झगडा भएको थियो । प्यालेस्टिनी र प्रहरीबीचको झगडा करिब एक घण्टापछि स्थिति नियन्त्रणमा आएको थियो ।

प्रहरीका अनुसार तीन जनालाई पक्राउ गरिएको छ । तीमध्ये दुई जना ढुंगा प्रहार गरेको र एक जनालाई भीडलाई उक्साएको आरोपमा पक्राउ गरिएको छ । प्यालेस्टिनी रेड क्रिसेन्ट आपतकालीन सेवाहरूद्वारा यो झडपमा ४० भन्दा बढी व्यक्ति घाइते भएको जानकारी दिइएको छ, जसमध्ये २२ जनालाई स्थानीय अस्पतालमा उपचारका लागि भर्ना गरियो |


अल-अक्सा मस्जिद इस्लामको तेस्रो पवित्र स्थल हो। यो स्थल पहाडको टुप्पोमा बनाइएको छ जुन यहूदीहरूको लागि सबैभन्दा पवित्र मानिन्छ । इजरायल–प्यालेस्टाइनबीच लामो समयदेखि द्वन्द्व चल्दै आएको थियो । इजरायली प्रहरी र प्यालेस्टिनीबीच विगत केही दिनमा पटक पटक झगडा भएको हुन्थो । इजरायली अधिकारीहरूले गाजामा शासन गर्ने लडाकु समूह हमासमाथि हिंसा भड्काएको आरोप लगाएका छन्।

अप्रिलको दोस्रो हप्तामा, हमास र गाजाका अन्य आतंकवादी समूहहरूले प्यालेस्टिनीहरूलाई सप्ताहन्तमा अल-अक्सा मस्जिदमा भेला हुन आह्वान गरे। प्यालेस्टाइनीहरूले लामो समयदेखि इजरायलले मस्जिद कब्जा वा विभाजन गर्ने योजना बनाएको बताउँदै आएका छन्।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार