१९ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

जागिरको पहिलो दिन झुण्डिएको अवस्थामा नर्स फेला, सामूहिक बलात्कारपछि हत्याको आरोप

१८ बैशाख २०७९, आईतवार १०:१८

वैशाख १८, काठमाडौं | भारतको उत्तर प्रदेशस्थित उन्नाव जिल्लाको एक अस्पतालमा १८ वर्षकी एक नर्सको शव पर्खालमा झुण्डिएको अवस्थामा फेला परेको छ।

पिडितका आफन्तले आफ्नी छोरीको सामुहिक बलात्कारपछि हत्या भएको मुद्दा चलाएको छ। प्रहरीले यो मामिलामा तीनजनाविरुद्ध उजुरी दर्ता गरेर घटनाको अनुसन्धान सुरु गरेको छ। यस्तै अस्पताल सील गरिएको छ।

अस्पतालमा नर्सको रुपमा उनको पहिलो दिन थियो। उन्नावको बांगरमउको दुल्लापुरवामा यो अस्पताल पाँच दिन अघि खुलेको थियो।

२५ अप्रिलमा इलाकाका विधायकले न्यू जीवन अस्पतालको उद्घाटन गरेको थियो । मृत युवती नजिकैको गाउँकी बासिन्दा थिइन्।

मृतकका मामाले संचारमाध्यमसँगको कुराकानीमा भने, ‘शुक्रबार बेलुका जब युवती अस्पताल गइन् तब त्यहाँ कुनै बिरामी थिएनन्। उनले नजिकै भाडामा एउटा कोठा लिएकी थिइन् र उनी आफ्नो कोठा फर्किइन्। अबेर राती करिब १० बजे उनलाई फोन गरेर पुनः नर्सिङ होम बोलाइयो जहाँ उनीलाई बलात्कार गरियो र त्यसपछि उनको हत्या भयो।’

सूचना पाएपछि युवतीकी आमा घटनास्थलमा पुगिन् जहाँ उनले अस्पतालको पर्खालमा छोरीको शव झुण्डिएको अवस्थामा भेटिन्।

आमाले भनिन्, ‘शनिबार बिहान अस्पतालबाट फोन गरेर छोरीले पासो लगाएर आत्महत्या गरेको भन्ने खबर आयो । अस्पताल पुग्दा छोरीको शव छतमा बनेको पिलरमा झुण्डिरहेको देखेँ । जागिरका कारण नै छोरीले दुई–तीन दिनअघि कोठा लिएकी थिइन्।’

आमाका अनुसार उनका आठ छोरीहरु छन्, मृत्यु भएकी छोरी उनकी चौथी छोरी हुन्। युवतीका तीनजना दिदीहरु पनि जागिर गर्छन्। पिताको मृत्यु १० वर्ष अघि भएको थियो। त्यतिबेलादेखि नै छोरीहरुले घर खर्च लगाउँदै आएका छन्।

आमाले भनिन्, ‘मेरी छोरीले आफैंले कमाएर नर्स पढेकी थिइन्।’ एजेन्सी

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार