२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

माओवादीबाट चन्दनको मेयरमा उम्मेदवारी दिएका जीवन बुढ्थापा को हुन् ?

१८ बैशाख २०७९, आईतवार १२:२६

वैशाख १८, जुम्ला | चन्दननाथ नगरपालिका-२ निवासी जीवन बुढ्थापा माओवादी केन्द्रका युवा नेता हुन् । उनले मेयर पदमा लागि उम्मेदवारी दिएका हुन् । बुढ्थापा २०५६ सालमा माओवादी युद्ध तातिएको समयमा काठमाडौंमा विद्यालयमा कक्षा ८ मा अध्ययन गर्दै जाँदा माओवादी निकट विद्यार्थीमा आबद्ध भएका थिए । 

सोही विचारका आधारमा युवा नेता बुढ्थापा कक्षा १० पढेको समयमा माओवादी विचारमा लागेको भन्दै २०५९ सालमा काठमाडौंमा नेपाली सेनाले गिरफ्तार गरेका थिए ।

वि.सं. २०५९ साल असार ३ गते गिरफ्तारी परेर नेपाली सेनाले ४४ दिनपछि नेता बुढ्थापालाई हनुमान ढोकामा जिम्मा लगाएको थियो । बुढ्थापाका अनुसार २२ दिन हनुमानढोका परिसर हुँदै १३ महिना जेल जीवन बिताएका थिए ।

त्यस्तै, शान्ति प्रक्रियापछि माओवादीको विभिन्न पदमा आबद्ध हुँदै आएका बुढ्थापाले काठमाडौंको जिल्ला कमिटी,नेकपा माओवादी केन्द्रको केन्द्रीय आयोजक कमिटी, राष्ट्रिय महाधिवेशन प्रतिनिधि, नेकपाको जिल्ला कमिटी हुँदै राजनीतिक क्षेत्रमा कार्यरत हुनुहुन्छ ।

उनी यसअघि कर्णाली माद्यामिक विद्यालय अनामनगरको विद्यालय व्यवस्थापन समितिको अध्यक्ष हुँदा पनि लोकप्रिय काम गरेको दाबी गरे । उनी व्यवस्थापन समितिको अध्यक्ष हुँदा त्यो विद्यालय नमुना विद्यालय बन्न सफल भएको थियो । यसअघि बुढ्थापाले गरेका सामाजिक क्षेत्रका कार्यले गर्दा मेयर पदमा उम्मेदवारी दिँदा नगरवासीले ठूलो अपेक्षा गरेका छन् ।  बुढ्थापाले भने, 'यस पटक पार्टीले युवालाई दिएको जिम्मेवारीको पूर्ण पालना गर्ने छु । यस कारण नगरवासीले आफूलाई मत दिने आशा र अनुरोध पनि गर्छु ।' 

नेपाली कांग्रेस र माओवादीको रोचक प्रतिस्पर्धा हुने 

यस पटक  चन्दननाथ गरपालिकाका नेपाली कांग्रेस र माओवादीको रोचक प्रतिस्पर्धा हुने देखिन्छ । माओवादी र कांग्रेसको मात्रै होइन नेपाली कांग्रेसका बलिया नेता राजुसिंह कठायतको स्वतन्त्र उम्मेदवारी परेपछि कांग्रेसमा तरंग छाएको छ । 

त्यस्तै नेकपा माओवादी केन्द्रको तर्फबाट चन्दननाथ नगरपालिकामा नगरप्रमुखका उम्मेदवार जीवन बुढ्थापा मैदानमा उत्रिएका छन् । नगर उपप्रमुखमा पूर्णिमा विक रचनाको उम्मेदवारी परेको छ । माओवादीले युवा नेता बुढ्थापालाई प्राथमिकता दिएपछि नगरपालिकामा चर्चा परिचर्चा हुन थालेको छ ।

स्थानीय तह २०७४ को निर्वाचनमा मेयर नेपाली कांग्रेस र उपमेयर नेकपा माओवादी केन्द्रले विजयी हासिल पारेको थियो । माओवादीले युवा नेता बुढ्थापालाई नगरप्रमुखको टिकट दिएर मैदानमा उत्रेपछि नगरपालिकामा आफ्नो नेतृत्वको माओवादी केन्द्र पार्टी विजय हुने उनको दाबी  छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह