भदौ १६, दोलखा । दोलखाको लामाबगर–४ छ्योत्छ्योत् भन्ने स्थानमा पहिरो झरी चार घर बगाउँदा दुइ जनाको मृत्यु भएको र पाँचजना नागरिक हराइरहेको प्रमुख जिल्ला अधिकारी पुष्पराज शाहीले जानकारी दिनुभएको छ । 

हराइरहेका सातमध्ये हालसम्म दुईजनाको श"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ १६, दोलखा । दोलखाको लामाबगर–४ छ्योत्छ्योत् भन्ने स्थानमा पहिरो झरी चार घर बगाउँदा दुइ जनाको मृत्यु भएको र पाँचजना नागरिक हराइरहेको प्रमुख जिल्ला अधिकारी पुष्पराज शाहीले जानकारी दिनुभएको छ । 

हराइरहेका सातमध्ये हालसम्म दुईजनाको श"/>

२०८३, १७ बैशाख बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पहिरोले चार घर बगाउँदा दुईको मृत्यु, पाँच वेपत्ता

२०७३, १६ भाद्र बिहीबार ०५:१०

भदौ १६, दोलखा । दोलखाको लामाबगर–४ छ्योत्छ्योत् भन्ने स्थानमा पहिरो झरी चार घर बगाउँदा दुइ जनाको मृत्यु भएको र पाँचजना नागरिक हराइरहेको प्रमुख जिल्ला अधिकारी पुष्पराज शाहीले जानकारी दिनुभएको छ । 

हराइरहेका सातमध्ये हालसम्म दुईजनाको शव पहिरोभित्रबाट निकालिएको छ । भेटिएका एकको शव २० वर्षीय जोतुले तामाङको रहेको र अर्कोको पहिचान नभएको बताइएको छ । पहिरोले स्थानीयवासीको घर बगाउँदा भएका सबै सम्पत्ति नष्ट भएको सशस्त्र प्रहरी बल लामाबगरले बताएको छ । गएराति अविरल परेको वर्षाका कारण करिब १०/११ बजे पहिरो झर्दा स्थानीयवासीलाई उद्धार गर्न समस्या परेको थियो । 

सो पहिरोबाट ५३ वर्षीय चिनियाँ नागरिक चि नामका पनि घाइते अवस्थामा भेटिएको बताइएको छ । उनको खुट्टा भाँचिएको छ भने एक स्थानीयवासीलाई पनि घाइते अवस्थामा प्रहरीले उद्धार गरेको बताएको छ । 

घाइतेलाई उपचार गर्न लैजान हेलिकप्टर मगाइएको र नआउँदा समस्या भएको सशस्त्र प्रहरी बलका प्रहरी नायब उपरीक्षक खेमबहादुर थापामगरले  बताए । अहिले पहिरोका कारण सिङगटी तामाकोसी क्षेत्रको बाटो अवरुद्ध भएको छ । अर्का घाइते मीनबहादुर ठकुरीलाई एम्बुलेन्समार्फत सदरमुकाम ल्याइँदै गरेको पनि बताइएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रोल्पामा भएको जिप दुर्घटनामा १७ जनाको मृत्यु सार्वजनिक बिदा परे तापनि भोलि सर्वोच्च अदालत खुल्ने, बन्दी प्रत्यक्षीकरणको सुनुवाइ हुने राष्ट्रपतिले जारी गरे सहकारीसम्बन्धी अध्यादेश हामी सबै नागरिक हौँ र सबैको बराबर अधिकार छ: बाबुराम भट्टराई सर्लाही–४ को विकास र आगामी जितका लागि म सधैँ साथमा रहनेछु: गगन थापा कक्षा १२ को परीक्षा केन्द्रहरूमा लापरवाही भएको भन्दै नेविसंघले बुझायो परीक्षा बोर्डलाई ध्यानाकर्षण पत्र विद्यार्थी बोकेको बस दुर्घटना हुँदा १३ जना घाइते महाधिवेशनसम्म जाँदा हामीले नयाँ नेतृत्वको टिम तयार पार्नुपर्छ भनेर प्रस्ताव राखेको मैले नै हो: प्रचण्ड एकै दिन दुई हजार ४८९ सवारी चालक कारबाहीमा, २२ लाख बढी राजस्व संकलन रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य घट्यो काठमाडौँ उपत्यकामा हावाहुरीसहित वर्षा प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित ओमानसँग नेपालको फराकिलो हार सरकारले घरबार विहीन सबै नागरिकको गास, बास, कपास र रोजगारीको अवसरबारे जिम्मेवारी लिन्छ: रवि लामिछाने सेयर बजारमा गिरावट उपसभामुख ठाकुर अस्पताल भर्ना सरकारलाई बहुमत प्राप्त सदनप्रति नै विश्वास छैन रहेछ: गगन थापा कांग्रेसले सिटाैलालाई राष्ट्रिय सभा दलको नेताबाट हटायो कांग्रेसले आह्वान गरेको विपक्ष दलको बैठक सुरु