२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

हेर्नुहोस् आजको राशिफल, वृषलाई लामाे यात्राकाे अवसर, कन्यालाई व्यापारबाट लाभ

२१ बैशाख २०७९, बुधबार ०२:५४

वैशाख २१, काठमाडाैं | २१ वैशाख २०७९, बुधबार । तद्नुसार मे महिनाको ४ तारिख २०२२ । वैशाख शुक्लपक्ष चर्तुर्थी, गर करण, मृगशिरा नक्षत्र, अतिगण्ड योग, चन्द्रमा बृष राशिमा छ । आजका देवता र ग्रहदेव चन्द्र हुन् ।

आज १२ः०१ देखि १ः४१ सम्म राहुकाल छ । राहुकाल रहेको समयमा कुनै पनि शुभ कार्य गरिँदैन । बुधबार घर, गृहस्थसम्बन्धी काम गर्दा शुभ हुनेछ । आज बिहान सूर्योदय ५ः२३ मा भएकाे छ भने सूर्यास्त ६ः४० मा हुनेछ ।

मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ) : आज मानसम्मान मिल्नेछ । मेष राशिका जातकले आजको दिन गरेको काममा सफलता प्राप्त हुनेछ । आजको दिन देवालयमा पुगेर गरिव र भोका व्यक्तिलाई केही खानेकुरा दिनुभयो भने मनमा प्रसन्नता छाउने छ ।

वृष  (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो) : दिन त्यति अनुकुल छैन । मनमा चिन्ता, असन्तुष्टि रहन सक्छ । लामो यात्राका लागि अवसर आउने छ । धार्मिक क्षेत्रको यात्रा गर्ने अवसर छ भने अघि बढ्नु बेस हुनेछ । यात्रामा निस्कनु भन्दा पहिले नजिकै रहेको कुनै पनि देवीदेवताको दर्शन गरेर मात्र यात्राको सुरुवात गर्नु शुभ हुनेछ । चन्द्रमाको साथ रहेको छ । आज बिहान सूर्योदयको दर्शन गर्नुहोला ।  

मिथुन (क.कि.कु.घ.ङ.छ.के.को.ह) : मिथुन राशिका जातकाका लागि आजको दिन आफन्तजनबाट सहयोग मिल्नेछ ।  मित्र र आफन्तलाई दिनुभएको सहयोग राशि फिर्ता हुनसक्छ । परिवारका सदस्यबाट तपाईंले गरेको कामको प्रशंसा हुनेछ । यात्राको अवसर आएका आजको दिन बिहान सूर्योदयको दर्शनपछि यात्रा गर्नुपर्नेछ ।

कर्कट (हि.हू.हे.हो.डा.डि.डु.डे.डो) : नयाँ वस्त्र खरिद गरेर परिवारका सदस्यलाई दिनुभएमा खुसी छाउने छ । नयाँ कार्ययोजना बनाउनुहोस सफलता मिल्नेछ । दाम्पत्य जीवनमा सुख र सहयोग प्राप्त हुनेछ । सामाजिक मानसम्मान समेत मिल्नेछ । आजको दिन कसैसँग पनि मनोभाव हुने कुरा नगर्नुहोला ।  

सिंह (मा.मि.मु.मे.मो.टा.टि.टु.टे) : मनमा प्रसन्नता छाउने छ । आजको दिन मौन रहनु नै बेस हुनेछ । एकाग्रताको आवश्यकता भएको हुनाले आफूले गरेको काममा दत्तचित्त भएर लाग्नु नै बेस हुनेछ । आजको दिन परिवारका सदस्यसँग वादविवाद नगर्नु राम्राे हुनेछ । सकारात्मक सोच राखेर काम गर्नुहोला। 

कन्या (टो.प.पी.पू.ष.ण.ठ पे.पो) : व्यापारबाट लाभ हुनेछ । अध्ययन अध्यापनमा सफलता प्राप्त हुनेछ भने रचनात्मक र कलाकारितामा मन जानेछ । तपाईलाई सन्तानबाट प्राप्त हुने सुखले मनमा खुसीयाली छाउने छ । अध्ययनअध्यापनको क्षेत्रका कार्य गरिहनु भएको सफलता मिल्नेछ । दाम्पत्य जीवनमा सुख र समृद्धि हुनेछ ।

तुला( रा.री.रु.रे.रो.ता.ती.तु.ते) : व्यापारबाट केही फाइदा हुने काम हुनेछ । मनमा चिन्ता र भय हटेर जानेछ । आत्मबल बलियो बनाउनु पर्नेछ । देवालय र शिवालयको नामस्मरण गर्नुहोला। आजको दिन तपाईले सोच अनुसारको काम हुनेछ । विहान सूर्योदयको दर्शन गरेर कामको शुरुवात गर्नुहोला । मौन रहन उत्तम हुनेछ ।   

वृश्चिक (तो.ना.नि.नु.ने.नो.या.यि.यु) : छोटो यात्राले मनमा खुसी छाउने छ । शत्रुले समेत कार्यप्रशसा गर्ने छन् । समयले साथ दिएको छ, आजको दिन घर र व्यापारको नयाँ काम गर्दा पनि उत्तम हुनेछ । सकारात्मक सोच राख्नै असक्तहरुलाई भोजन र वस्त्र दान गर्नु निकै राम्रो हुनेछ ।

धनु (ये.यो.भा.भी.भु.ध.फा.ढ.भे)  : मित्र र आफन्तलाई आजको दिन भेट गर्दा सकारात्मक उर्जा भरिने छ । मन्दिर वा घरका जेष्ठ सदस्यलाई केही उपहार दिनुभयो भने प्राप्त हुने आशीर्वादले उर्जा थपिने छ । आजको नयाँ वस्त्र खरिद गरेर परिवारका सदस्यलाई उपहार खरिद गर्दा खुसियाली छाउने छ ।

मकर (भो.जा.जी.जू.जे.जो.ख.खि.खु.खे.खो.गा.गी) : आजको दिन भोका, गरिवलाई केही खानेकुरा दान गर्नु उत्तम मानिछ । कन्यालाई केही नयाँ उपहार दिनुभयो भने मनमा प्रसन्नता छाउने छ । देवालय र शिवालयमा नाम स्मरणले मात्र  मनमा हर्ष छाउने छ । गौमाता र भोका जनावरलाई केही खाना दिनु भयो भने फाइदा पुग्नेछ ।  

कुम्भ (गु.गे.गो.सा.सी.सु.से.सो.द) : स्वास्थ्यमा ध्यान दिनुपर्ने र यात्रा गर्नुभन्दा पहिले पूर्वतयारी गरेर मात्र यात्रा गरे बेश हुनेछ । आजको दिन  अनावश्यक खर्च, समयको दुरुपयोग हुँदा मनमा आफूले गरेको गल्तीको महसुस हुनसक्छ । त्यसैले कुम्भ राशिका जातको लागि आजको दिन अनुकुल देखिदैन । आर्थिक हानी हुनसक्नेछ ।

मीन(दी.दु.थ.झ.ञ.दे.दो.च.ची) : सन्तान र परिवारबाट सुख प्राप्त हुनेछ । आफन्त र मित्रमण्डलीको साथ सहयोग प्राप्त हुने भएकाले तपाईको मनमा उत्साह थपिने छ । अध्ययन अध्यापनको क्षेत्रमा पनि तपाईलाई आजको दिन सफलता मिल्नेछ । घर व्यवहारको लागि चाहिने सामान खरिद गर्न सक्नुहुनेछ। मेहनत अलि बढी गर्नुपर्नेछ ।   

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह