२०८३, ७ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बिरालोलाई लात हान्दा १० वर्ष जेल सजाँय !

२०७९, २१ बैशाख बुधबार ०५:२१

बैशाख २१, काठमाडौँ । इभिया टापुको समुद्री किनारको रेस्टुरेन्टमा तीन जना मानिस बाहिर खाना खाइरहेका छन् । दुई ओटा बिरालाका बच्चा उनीहरू नजिकै आएर खानेकुरा माग्छन् । तीमध्ये एक जनाले एउटा माछोलाई झुन्डाएर बिरालोलाई नजिक आउन लोभ्याउछ । जब बिरालो छेउमा आउछ, अर्का व्यक्तिले लात्तीले हानेर समुद्र किनरमा खसालिदिन्छन् । 

लगत्तै, दोस्रो बिरालो त्यहाँबाट उम्किन्छ र एक महिला हाँसेको भिडियोमा सुन्न सकिन्छ । तत्कालै स्थानीयले बिरालोलाई पशु चिकित्सककहाँ पु¥याउछन् । धन्य बिरालोलाई खासै चोट लागेको हुँदैन । यो घटना हो ग्रीसको एउटा रेस्टुरेन्टको । 

रेस्टुरेन्टमा बिरालाको बच्चालाई लात हानेर समुन्द्रमा हानेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन् । पशु दुव्र्यवहारको आरोप लागेर दोषी  ठहर भएमा उनलाई १० वर्ष जेल सजाय र ५० हजार युरो जरिवाना हुनेछ ।

उक्त भिडियोले ग्रीसमा सामाजिक सञ्जालमा आक्रोश मच्चाएपछि ती व्यक्तिलाई पक्राउ गरिएको थियो । ग्रीसका प्रहरी मन्त्रीले ‘जन्तु विरुद्धको हिंसा अस्वीकार्य’ भन्दै दोषीलाई कारबाही गर्ने चेतावनी दिएका छन् ।‘म यस विषयमा जनताको ध्यानाकर्षण गराउनेहरूलाई हार्दिक धन्यवाद दिन्छु’, टाकिस थिओडोरिकाकोसले भने । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कक्षा ११ को पठनपाठन आगामी असार १ देखि दुर्गा प्रसाईलाई पक्राउ गर्नुको कारण पेस गर्न सर्वोच्चको आदेश विमानस्थलबाट ३७ थान राहदानीसहित एक जना पक्राउ हामी विरोध गरिरहन्छौँ, पाँचै वर्ष गर्छौँ: हर्कराज राई नेप्सेमा ३०.०८ अंकको वृद्धि निर्वाचनसम्बन्धी दुई विधेयक प्रस्तुत वैदेशिक रोजगारीको ठगी रोक्न प्रभावकारी रुपमा काम हुँदैछ : श्रममन्त्री यादव संसद्‌मा मर्यादित भएर प्रस्तुत हुन सभामुखको आग्रह श्रीमतीको हत्या आरोपमा श्रीमान् पक्राउ प्रतिनिधि सभाको बैठक शुरू सुनचाँदीको मूल्य घट्यो अब अनलाइन माध्यमबाटै प्रहरीमा उजुरी तथा गुनासो दर्ता गर्न सकिने यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु प्रधानन्यायाधीशको शपथ ६:१० बजे दुर्गा प्रसाईंविरुद्ध विद्युतीय कारोबार ऐन र राज्यविरुद्धको कसुरमा मुद्दा दर्ता मन्त्रीपरिषद बैठक सुरु नक्कली लालपुर्जा बनाएर जग्गा पास गराउन खोज्ने तीन जना पक्राउ विद्यार्थी संगठन खारेज गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्चमा रिट भगवानको रक्षा गर्नुपर्ने बेला भएको छ : सांसद खरेल सरकारको नीति गरिब होइन, गरिबी भगाउने हुनुपर्छ: विष्णुमाया बिक