भदौ १६, जुम्ला । गएराति जुम्लाको बुम्रमाडीचौर गाविसबाट अत्याधुनिक हतियारसहित पाँचजना लुटेरालाई प्रहरीले पक्राउ गरेको छ । 

प्रहरीले एसएमजी एक थान, सात राउन्ड गोली, एक थान चाइनिज पेस्तोल र तीन राउन्ड गोली, ३०० केजी वन लसुन र रु ७० हजा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ १६, जुम्ला । गएराति जुम्लाको बुम्रमाडीचौर गाविसबाट अत्याधुनिक हतियारसहित पाँचजना लुटेरालाई प्रहरीले पक्राउ गरेको छ । 

प्रहरीले एसएमजी एक थान, सात राउन्ड गोली, एक थान चाइनिज पेस्तोल र तीन राउन्ड गोली, ३०० केजी वन लसुन र रु ७० हजा"/>

२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

हतियारसहित पाँच लुटेरा प्रहरी फन्दामा परेपछि स्थानीयवासी खुसी

१६ भाद्र २०७३, बिहीबार ०६:०१

भदौ १६, जुम्ला । गएराति जुम्लाको बुम्रमाडीचौर गाविसबाट अत्याधुनिक हतियारसहित पाँचजना लुटेरालाई प्रहरीले पक्राउ गरेको छ । 

प्रहरीले एसएमजी एक थान, सात राउन्ड गोली, एक थान चाइनिज पेस्तोल र तीन राउन्ड गोली, ३०० केजी वन लसुन र रु ७० हजार नगदसहित पाँचजना लुटेरालाई पक्राउ गरेको हो । 

जनपथ तथा सशस्त्र प्रहरीको संयुक्त अपरेसनको १६ दिनपछि लुटेराहरु पक्राउ परेको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायब उपरीक्षक विष्णुहरि कोइरालाले जानकारी दिए । प्रहरी नायब उपरीक्षक कोइरालाका अनुसार गोठीचौर, पातारासी, छुमचौर र डिल्लीचौरमा पनि अपरेसन तीव्र बनाइएको छ । 

पक्राउ परेका पाँचजनामाथि अनुसन्धान थालिएको उनले जानकारी दिए । यसअघि जिल्लाको पातारासी गाविसका जनक बुढा र पृथ्वीबहादुर ऐडीको घरबाट धनमाल र रु छ लाख नगद लुट्नेलाई डाँकाको मुद्दा चलाइरहेका बेला पुन पाँचजना लुटेरालाई प्रहरीले समात्न सफल भएको हो ।

 प्रहरीले लुटेरालाई खोजतलास कार्य तीव्र बनाएपछि स्थानीयवासी खुसी भएका छन् । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ महाधिवेशनबाट २० प्रतिशत युवा केन्द्रीय कमिटीमा ल्याउनुपर्छः उपाध्यक्ष पाण्डे आसन्न निर्वाचनमा सशस्त्र प्रहरी दोस्रो घेरामा परिचालित हुने