2026-07-25 09:08 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘बलात्कार हुनेबित्तिकै चिच्याउनुपर्छ’ भनेपछि अभिनेता रमेश उप्रेती विवादमा

वैशाख २२, काठमाडौं | एक अन्तर्वार्तामा बलात्कारको विषयलाई लिएर टिप्पणी गरेपछि अभिनेता रमेश उप्रेती विवादमा तानिएका छन् ।

मंगलबार एक टीभी कार्यक्रममा कुराकानी गर्दै उप्रेतीले बलात्कार हुने बित्तिकै चिच्याउनुपर्ने र कराउनुपर्ने आशयको टिप्पणी गरेका थिए । उप्रेतीको यस्तो अभिव्यक्तिलाई लिएर केही अभिनेत्रीहरुले सामाजिक सञ्जालमार्फत विरोध गरिरहेका छन् ।

उप्रेतीले भनेका थिए, ‘पहिलो कुरा त बलात्कार हुने बित्तिकै तत्काल या त कराउनुपर्‍यो, चिच्याउनुपर्‍यो वा भोलिपल्टै पुलिसमा गएर उजुरी दिनुपर्‍यो ।’ पल शाह प्रकरणलाई लिएर उप्रेतीले यस्तो टिप्पणी गरेका हुन् ।

उक्त अन्तवार्तामा उप्रेतीले पल शाह पीडक नभएको दाबी गरेका छन् । अदालतमा मुद्दा विचाराधीन भइरहेको बेला अभिनेता उप्रेतीको यस्तो विवादित बयान आएको हो ।

उप्रेतीको यस्तो बयानलाई लिएर अभिनेत्रीद्वय बेनिशा हमाल र स्वस्तिमा खड्काले भने आपत्ति जनाएका छन् । भिडियो क्लिप इन्स्टाग्राम स्टोरीमा सेयर गर्दै उनीहरुले बलात्कार सम्बन्धी यस्तो सोच गलत रहेको बताएका छन् ।

उप्रेतीले आफ्नो अभिव्यक्ति पल शाह प्रकरणसँग मात्र लक्षित रहेको बताए । ‘मेरो स्टेटमेन्ट पल शाहको केसमा मात्र लक्षित हो । बलात्कारसम्बन्धी मुलुकका अन्य घटनाबारे लक्षित होइन,’ उनले भने, ‘मान्छेले नबुझेर, टिकटकमा काटकुट पारेर भिडियो राखेका छन् । म कानुनको विद्यार्थी पनि होइन । मलाई फरक पर्दैन ।’

बलात्कार पीडितले घटनापछि तत्कालै कानुनको सहारा लिने वा प्रतिक्रिया जनाउनेबारेको आफ्नो अडान रहेको भन्दै उप्रेतीले यो अभिव्यक्तिलाई बलात्कारका अन्य केससँग जोड्न नहुने बताए ।पछिल्लो समय अभिनेता उप्रेती एक नयाँ फिल्मको निर्माणमा जुटिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक